छोटकरीमा : दशैंभरका पठनयोग्य सामग्रीहरू

दशैं अवधिभर सन्चारका विभिन्न माध्यमहरूमा दशैंसँग सम्बन्धित लेख-रचना, विचार-विमर्श, अन्तर्वार्ताहरू प्रकाशित भएका थिए। त्यसबाहेक यस अवधिभर समसामयिक राजनीतिक एवं प्राज्ञीक बहसहरू भएका छन् । तपाइँले कुनै छुटाउनु पो भयो कि ? यहाँ सम्पूर्ण सामग्रीहरू राखिएको छ । (अडियो, भिडियो देखि पत्रिकासम्म)



यतिखेर इतिहास र मिथकहरूको चिहान खनेर निकालिएका समानान्तर विमर्शसँग आँखा जुधाउने हिम्मत गर्नु छ । दुर्गा (स्त्रीशक्ति) को आदर्शीकरण गर्दा उनका दुश्मनका रूपमा व्याख्या गरिएका असुर नेताको राक्षसीकरणले पोलेको घाउ बिसाउनु छ । मलाई भारतीय (नेपालीसमेत) मूलनिवासीहरूले आफ्ना नायक मानेका महिषासुरमार्फत सम्पूर्ण उत्पीडित समुदायसँग माफी माग्नु छ ।



नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो किताब ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ ।



एउटा अंग्रेजी शब्द छ– एक्रोनिम । सटीक नेपाली छैन यसको । यसरी बुझाऊँ— जंगबहादुर राणालाई जबरा भन्नु एक्रोनिम हो, एब्रिभिएसन पनि नभनिहालौं । यही एक्रोनिम र संयुक्ताक्षर भन्ने संस्कृतको परम्परा अवचेतन मनमा फ्युजन हुन पुगेर घरी नेमा मुनि जोड्ने घरी पाल जोड्ने गरेर हाम्रा अतीतका अग्रजहरूले धेरै कागजको भार थपे ।



केही दशकसम्म मतवालीको पुर्पुरोमा ठप्पा ठोकिएको मदिरा नेपालका सबै कथित पवित्र समुदायको पनि कुनै न कुनै रूपमा बेसी या कम लतको रूपमा वा बेला–मौकाको फुर्माइसी संस्कृति बनिसकेको छ ।



सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् ।



संशोधन–मण्डल कहिले वेगले दौडियो, कहिले बिस्तारै । यसको कामको सराहनाभन्दा निन्दा ज्यादा भए पनि आफ्नै शक्तिमा उभिएर बौद्धिक अभ्यास गरिरह्यो । मुख्यतः यसले मुलुकको शिक्षापद्धतिमै हस्तक्षेप गर्न खोज्यो । एक व्यक्तिको परिकल्पनाअनुसार झन्डै ७० वर्षसम्म संस्था निरन्तर चलेको छ । मुलुकमा यति लामो समयसम्म यसरी काम गर्ने अर्को संस्था छैन ।



मनुजबाबु मिश्रले देवकोटालाई मुटुमा, भैरव अर्याललाई आँखामा र तारानाथ शर्मालाई जिब्रोमा राखेको भान हुन्छ । यति भएर पनि उनका निबन्धमा रगत उनको आफ्नै छ । रगतको प्रवाह पनि आफ्नै ।



यथार्थ नबुझी हल्लाकै भरमा कसैको मृत्युको समाचार फिँजाइदिन्छौँ । अरू काम ढिलो–ढिलो गरे पनि कसैलाई श्रद्धाञ्जली व्यक्त गर्नचाहिँ हामी निकै हतारिन्छौं ।



महाभारत भीष्मपर्वको एउटा अंश हो– गीता अर्थात् भागवतगीता । तर, अधिकांश विद्वान् गीतालाई स्वतन्त्र रचना मान्छन् । आजसम्म थाहा भएअनुसार, इसाको सातौं शताब्दीमा गीता महाभारतको अंश भइसकेको थियो । सातौं शताब्दीअघि नै गीता अस्तित्वमा थियो भन्ने अर्को एउटा प्रमाणचाहिँ ह्वेनसाङको यात्रा वर्णन हो ।



डेढ हप्ताअगाडि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल अकस्मात् झैं तर सार्वजनिक जानकारीसहित नेपाल आएर प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग गोप्य विमर्श गरेर फर्किए । विदेशी राजदूतले नेपालको मन्त्रीका अगाडि उपरखुट्टी लगाएको फोटो देख्दा त झस्किने भैसकेको नेपाली समाजको मन यस घटनाबाट तरंगित नहुने कुरै आएन ।



अष्ट बहिनी, तपाईंलाई म लामो समयदेखि चिन्छु । शिखरकला उद्योगका सम्पन्न साहूकी छोरी । तपाईं भूमिगत हुँदा पार्टी वृत्तमा निकै चर्चा भएको थियो । सानो तर प्रभावशाली पार्टी थियो कोके (कोअर्डिनेसन कमिटी) त्यतिखेर । भर्खरै उद्गमस्थलबाट प्रवाहित भएको स्वच्छ अनि कञ्चन नदीजस्तो, जहाँ दुर्गन्धित नाला, धमिला खहरे, खोलाजस्ता विजातीय तत्त्वहरू मिसिएका हुँदैनन् ।



दुई द्वन्द्वरत प्रतिद्वन्द्वी र महत्त्वाकांक्षी देशहरूबीच धेरै सन्तुलन मिलाउनुपर्नेमा ओलीले धेरै विलम्ब गरे । गोयलको आगमन त्यसैले सांकेतिक छ । त्यो संकेत सार्वजनिक जानकारीमा पुगोस् भन्न नै उनी छर्लंगै देखिने गरी आएका हुन् ।



केन्द्रीकृत वा जनवादी केन्द्रीयता वा सामूहिक नेतृत्वबाट राजनीतिक दलहरू सञ्चालन हुँदासम्म लोकतन्त्रले गति लिन सक्दैन । संविधानले दिएको व्यवस्था भनेको संसदीय प्रणाली हो, यससँग बेमेल अभ्यासहरूलाई क्रमश: छोड्दै जानु नै युक्तिसंगत बाटो हो।



डा. गोविन्द केसीको पछिल्लो सत्याग्रह २६औं दिनमा सरकारसँग आठबुँदे सहमति गरी अन्त्य भयो । विगतमा उहाँको सत्याग्रहले देशको चिकित्सा शिक्षामा धेरै परिवर्तन भएका छन् । तर, यसअघिका पटकपटकका सम्झौता सरकारले बेवास्ता गरेका कारण सत्याग्रहले १९औं पटक पुनरावृत्त हुन पर्‍यो ।



नयाँ वर्षकै छेका कोरोना महामारी देखिएपछि नियन्त्रणका लागि सरकारी कदमलाई साथ दिँदै ‘स्प्रिङ फेस्टिभल’ को उल्लास स्थगित गरेकैले चिनियाँहरुले अक्टोबर १ तारिखदेखिको आठदिने ‘गोल्डेन बिदा’ खुला आकाशमुनि मनाउन पाएका छन् ।



नेपाल सानो सानै छ । क्षेत्रफलले पनि, जनसंख्याले पनि र अर्थतन्त्रले पनि । नामले पनि, पहिचानले पनि र उद्यमले पनि । बौद्धिक सामर्थ्यले पनि, नैतिक शक्तिले पनि र दैनिक आचरणले पनि । तर अचम्म छ, यो सानो–सानो नेपालमा कम्निस्ट नामक जीवात् कतिबिधि हुन् ! यिनको संख्याको विशालताबारे सुन्दैमा त्यसैत्यसै भनन्न रिँगटा लागेर आउँछ ।



‘नेपाली फिल्म हलमा पैसा खर्च गरेर हेर्नु र ?’


‘म त खासै नेपाली फिल्म हेर्दिनँ ।’


‘एक महिना कुरौँ न, युट्युबमा आइहाल्छ नि ।’


‘टिकट र पपकर्न किनिदिने हो भने चैँ जान्छु, लान्छस् ?’


नेपाली फिल्म हेर्न जाऔँ भन्यो भने मेरा अधिकांश साथीको जवाफ यस्तै हुन्छ ।



ब्रायन मोक्तानको नाम मैले पहिलोचोटि सुनेको कहिले हो, भन्नुस् त ? तपाईं छक्क पर्नुहुन्छ । जसको गीत गुनगुनाउँदै म हिँड्थेँ, उनै गायकको नाम मैले पहिलोचोटि सुनेको, उनले टिस्टामा हाम फालेपछि नै हो ।



विरगन्जबाट राजविराज पुग्ने ‘स्वस्तिका ट्राभल्स’ चढेँ । मेरो छेउमा बस्ने यात्रीलाई एकजना कुर्ता–सुरुवाल लगाएकी महिलाले सोधिन्, ‘कहाँ जानुहुन्छ ? टिकट लिनुभयो ?’ ती यात्रीले भने, ‘छैन ।’ महिलाले पुनः भनिन्, ‘त्यसो भए भाडा दिनुस् ।’ ती महिला देखेर मलाई अचम्म लाग्यो । किनकि, यतिका वर्षसम्म मधेसी महिला कन्डक्टर मैले कहिल्यै देखेको थिइनँ । बस राजविराजतिर हुइँकिइरह्यो । उनी यात्रुको टिकट चेक गर्दै, पैसा उठाउँदै अगाडि बढिन् । 



२० औँ शताब्दीकी अंग्रेजी साहित्यकी एक आधुनिक लेखिका भर्जिनिया वुल्फले स्पष्ट रूपमा भनेकी छन्, ‘महिलालाई रचनात्मक क्रियाकलापका लागि आफ्नै कोठा चाहिन्छ ।’ विश्वप्रसिद्ध निबन्ध ‘एउटा आफ्नै कोठा’ मा उनले कुनै महिला लेखक बन्न चाहन्छिन् भने उनीसँग एउटा आफ्नै कोठा र केही पैसा हुनुपर्छ भन्ने कुरालाई विशेष जोड दिएकी छन् ।



२५ वर्षीया पूजा राईले लामो समय सडकलाई नै घर बनाइन् । किनकि, उनकी आमाको घर पनि सडक नै थियो । खुला आकाशमुनि पसलेले फ्याँकेका मोटा कागजहरू खप्टाएर बनाइएका बिस्तरामा पाँच सन्तान हुर्काइन्, उनकी आमाले । बुबाको अत्तोपत्तो थिएन । पूजाकी आमाले अरूको घरमा काम गरेर सबै सन्तानलाई आफ्नो पेट आफैँ पाल्न सक्ने बनाइन् । 



ती विगत मेरा सम्झनामा ताजै छन् । विगतप्रति बेइमान बनेर आफैँप्रति कृतघ्न बन्न चाहिनँ मैले । मैले आफूप्रति न बेइमानी गर्न रुचाएँ, न कृतघ्न रहन नै । कृतघ्नता बेइमानीको पराकाष्ठा मानेँ । त्यसैले बेइमानी गर्न चाहिनँ । बेइमानीको बाटो छोटो हुन्छ । अदृश्य हुन्छ । कुइरोभित्रको कागजस्तो त्यो बेइमानीको रूपै हुन्न । बेइमानीको स्वरूप हुन्न, आकार हुन्न ।



उमेरले सयको संघारमा हिँडिरहेका बलबहादुर बस्नेत बाग्लुङ गलकोट नगरपालिका–५ भैँसेमा वि.सं. १९७९ मा जन्मिएका हुन् । उनको बाल्यकाल गोठालो गएर बित्यो । उनले कहिल्यै विद्यालय टेक्न पाएनन् । १६ वर्षकै उमेरमा उनी गलकोटबाट गल्लाको पछि लागेर ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन पुगे । खाली खुट्टा, कछाड र दौरा लगाएर गोरखपुर पुगेका उनी दोस्रो विश्वयुद्धमा होमिए । त्यसवेला आफू मरिन्छ भन्ने एकरत्ति पनि नसोचेको उनी सुनाउँछन् । 



साउनको एक साँझ कपिलवस्तुको गोरुसिंगेबाट नाइट बस चढ्दा आकाश रोइरहेको थियो । मचाहिँ हाँसिरहेको थिएँ । 

 

साल : २०५७

 

गन्तव्य : राजाको गाउँ 

 

मिसन : उच्च शिक्षा 

 

त्यसैको प्रतिच्छाया अनुहारमा अवतरित थियो । तर के पढ्ने, काँ पढ्ने, के गरेर पढ्ने ? थापत्तो नाइँ । तैपनि टिन–एजरवाला सपनालाई खोपडीमा खाँदखुँद पारेर हिँडेको थिएँ ।



उत्तरी छिमेकी मुलुक चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । आगामी फागुन ७–१० का लागि निर्धारण गरिएको महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका लागि नेताहरु आ–आप्mनै तरिकाले आन्तरिक तयारीमा अगाडि बढिरहेका छन् ।



चुराको आवाजले बल्थ्यो चुला 

चुलाको आगोले कहिले पोल्थ्यो लुगा

कहिले पोल्थ्यो औँला

चुरा बजाउँदै आगोमा पोलिँदै 

माया पकाउँथिन् उनी गहिरो कसौँडीमा

कहिले डढाइनन् त्यो माया 

कहिले उमालेर पोखिनन् त्यो माया 

खै कसरी पकाउँथिन् पकाउँथिन्

न स्वादमा कमी हुन्थ्यो न बासनामा, न रङको मिठासमा



मृथुलक्ष्मी रेड्‍डीलाई महिला उन्‍नतिका क्षेत्रमा धेरै पहल गर्ने समाजसेवीका रुपमा चिनिन्छ । उनी पहिलो सर्जन, भारतकी प्रथम महिला विधायक र मद्रास विधान परिषदकी पहिलो महिला उपाध्यक्ष बनेकी थिइन् ।



 जनआन्दोलनमा हुँदा पनि उसले मलाई लुट्ने मनसुवा राखेको हो । सधैँजस्तै पहिले त फकायो, धेरै नै फकायो तर मैले मानिँन । धम्क्यायो, मैले टेरिनँ । हाम्रो कम्पनीको कमिसारसम्म पुगेको हो यो कुरा । र उसले आत्मालोचना गरेर फुर्सद पाएको हो ।



लकडाउनको वेला घर फर्किएका नेपाली अहिले धमाधम भारत फर्किरहेका छन् । दशैंमा पनि यो क्रम रोकिएन, दशैंपछि त झन् सिमानामा भिड उर्लिएको छ, यो परिदृश्यले देशको कस्तो तस्बिर प्रस्तुत गर्दछ ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद् अधिवेशन बोलाउनुपर्ने आवाज उठेको छ । कतिपय नेताले यसका लागि पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह पनि गरेका छन् । प्रमुख प्रतिपक्षी दललाई यतिवेला किन संसद्को खाँचो महसुस भयो ? यसबारे के प्रगति हुँदै छ ? नयाँ पत्रिकाकर्मी किरण दहालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसँग गरेको कुराकानी : 



भारत र अमेरिकाबीच गत मंगलबार नयाँदिल्लीमा भएको टु प्लस टु वार्ताको तेस्रो चरण पूरा भएको छ । पहिलो वार्ता सन् २०१८ मा भएको थियो भने दोस्रो सन् २०१९ मा सम्पन्न भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका–भारत सम्बन्धमा जस्तो खाले तीव्रता देखिएको छ, त्यसमा यो वार्ताको महत्वपूर्ण भूमिका छ ।



जनकपुरमा नवरात्र प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भिड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।



दशैं-तिहारको बिदाले नेपालीका लागि विशेष महत्त्व राख्छ । अरूबेला कामको चापले सास फेर्न फुर्सद नपाउनेले पनि दशैं-तिहारमा छुट्टी पाउँछन् । निजी तथा सरकारी कार्यालयहरू (अत्यावश्यक सेवाबाहेक) प्रायः सबै बन्दै हुन्छन् । सामान्यत: सरकारी कार्यालय दशैंमा पाँच दिन बिदा हुँदै आएको छ ।



स्वस्ति श्रीमद्‍राजकुमार कुमाररात्मज श्री प्राइम्‌मिनिष्टर याण्ड कम्यांडर इनचिफ जनरल जङ्गबहादुर कुँवर राणाजीबाट संवत् १९०६ सालमा तजविज गर्नु भयाको अंग्रेज पात्साहाको र हाम्रो सीवाना जोरियाको छ, यिनको फौज, पल्टन, खजाना, हातहतियार, मुलुक, दौलथ, आमदानी खर्च, थिति, बन्दोबस्त क्या रहेछ, पात्साहि तखत बेलाइत कहाँ रहेछ, लण्डन शहर कस्तो रहेछ,..



‘सम्पदा लडाइँ’ सम्पदा संरक्षणका लागि भएका लडाइँहरूको दस्ताबेज हो । विभिन्‍न व्यक्ति, निकाय तथा संस्थाहरूको स्वार्थका कारण सम्पदा मासिँदै र मिचिँदै गएकामा चिन्ता र दुःख व्यक्त गर्दै सम्पदा संरक्षणका लागि गरिएका प्रयासहरूको इतिवृतान्त सम्पदा लडाइँमा पाइन्छ । सम्पदा बनाउन र बचाउन उपत्यकाका नेवार समुदायले गर्दै आएको मिहिनेतको पनि पुस्तकभित्र खुलेर प्रशंसा गरिएको छ । 



 जनआन्दोलनमा हुँदा पनि उसले मलाई लुट्ने मनसुवा राखेको हो । सधैँजस्तै पहिले त फकायो, धेरै नै फकायो तर मैले मानिँन । धम्क्यायो, मैले टेरिनँ । हाम्रो कम्पनीको कमिसारसम्म पुगेको हो यो कुरा । र उसले आत्मालोचना गरेर फुर्सद पाएको हो ।



हामी लामो समयदेखि चाबहिल (बोलिचालीमा चाबेल) क्षेत्रमा बस्दै आएका हौँ । चाबेल सांस्कृतिक रूपमा सम्पन्न ठाउँ पनि हो । त्यसैले चाडपर्वका समयमा चाबेलमा आफ्नै किसिमको रौनक रहन्छ । चाबेल गणेस्थान मन्दिर र चारुमति विहारका कारण पनि त्यस क्षेत्रमा समयसमयमा विभिन्‍न जात्रा र पूजापाठ हुँदै आएको छ । झनै गुह्‍येश्‍वरी, पशुपतिनाथ र जयबागेश्‍वरी यही क्षेत्रमा पर्ने भएकाले पनि चाडपर्वमा चाबेलमा रौनक बढ्नु आफैंमा महत्त्वपूर्ण हो ।



आज धेरै दिनपछि मौसम बदलियो । मन पनि बदलिएको छ । घरदेशबाट टाढा परदेशमा छु । दसैं शुरु भएको छ । युट्युवबाटै मालश्री धुन सुन्दैछु । मनमस्तिष्क नोस्टालजिक भएको छ ।



पहिलेपहिलेका दशैंमा हुने रौनक अचेल हराएको छ । जब म जीवनका केही कुरा बुझ्‍न सक्ने भएँ त्योबेला दशैंको रौनक अर्कै थियो । अहिले सबै निमिट्यान्‍न भएर मेटिएको छ, नमेटिएको त केवल सम्झनाका पाटाहरु मात्रै हुन् । ती पाटाहरु मैले चाहेर पनि बिर्सन सक्ने अवस्था छैन । जुन दिन ती सम्झनाहरु हराउँछन्, त्यो दिन हाम्रो जीवनको अन्तिम दिन हुनेछ, सायद !



सात दशकअघिको कुरा हो । विसं २००७ साल कात्तिक तेस्रो सातासम्म आइपुग्दा नेपालमा राणा विरोधी आन्दोलनले उग्ररुप लिइसकेको थियो । यही क्रममा राजा त्रिभुवन सपरिवार काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिन पुगे । राणाहरुको सातोपुत्लो उड्यो ।



सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहनेमा पर्छन्। लकडाउनपछि उनले 'वनको वैभवः जनावरको मनदेखि यौनसम्म’ देखि २०७६ को मदन पुरस्कार विजेता कृति 'महारानी' सम्म किने। साहित्य, इतिहास, दर्शन, पर्यावरण, संस्मरण, नियात्रा, शिक्षा लगायतका विधामा रुची भएको बताउने कविनले पुरानो किताबमा विश्वेश्वरप्रसाद कोइरालाका 'आत्मवृतान्त’, ’जेल जर्नल’ अनि भैरव अर्यालको ’राजीनामा’ र केही कविता सङ्ग्रह पनि किने।



विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ। 



दोस्रो विश्वयुद्धको सुरूवातमा मुसोलिनीले एक कडा अभिव्यक्ति दिएका थिए, ‘यदि म लडाइँको मैदानबाट पछि हटेँ अथवा पराजित भएँ भने मलाई गोली हानिदिनू।’ मुसोलिनीको यो अभिव्यक्तिको उनका विरोधीहरूले फाइदा उठाए र त्यसको अक्षरसः पालना गरे।



घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्। आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन। उहिले-उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो। त्यस्तै हामी आजकल तारा हेर्दैनौं। तर, उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन। समयको संकेत पनि थियो। 



यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,

त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !

त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?



१७ औँ शताब्दीको एउटा चित्रकला पटक पटक चोरिने चित्रकलामा परेको छ । चित्रकलाका लागि स्वर्णयुगका रूपमा मानिने त्यस अवधिका सिद्धहस्त चित्रकार फ्रान्स हाल्सको चित्रकला नेदरल्यान्ड्सको एक म्युजियमको भित्तोबाट नै हालै चोरी भएपछि यो तेस्रो पटक चोरिने चित्रकला बनेको हो ।



दशैं र खलबल (भाग-१ )



अचानकको दशैं



दशैं बदलिएको कि हामी ?



प्रिय माम्खा



भूपिनको दशैं र तिहार



बिहेको समाजशास्त्रीय परिभाषाबारे न मलाई कुनै चासो छ न कुनै जिज्ञासा । मैले प्रस्तुत गर्ने बिहेको समाजशास्त्रीय विश्लेषण केवल गैरएकेडेमिक र चलेको भाषामा भन्दा अवलोकननीय र अनुभवजन्य विश्लेषण मात्र हो ।



वंशावलीहरूमा पृथ्वीनारायण शाह सम्बन्धी अनेक ऐतिह्य तथा कथाहरूको वर्णन पाइन्छ । ती मध्ये केही ता यो पुस्तकमा ठाउँ–ठाउँमा परेका छन् । यो अध्यायमा यसता केही अरू कथाहरूको संग्रह गरियेको छ । इन बाट पृथ्वीनारायण शाहका व्यक्तित्वका विषयका पनी धेर थोर प्रकाश हुनाले ई कुराको आफ्नै अनुपम मूल्य छ ।



त्यसबेला म किशोर नै थिएँ र मैले आफ्नो जीवनको बाटो खोज्न बाँकी नै थियो । एक साँझ मलाई न्युयोर्कका एकदमै दानी र धनी व्यक्तिको घरमा रातिको खाना खाने निमन्त्रणा आयो । खाना खाएपछि हामीलाई निमन्त्रणा गर्ने महिलाले आफ्नो घरको विशाल ड्रइङ रुममा लगिन् । कैयौँ अतिथिहरु अझै पनि आइरहेका थिए । त्यहाँको भव्य वातावरण देखेर त मलाई पसिना नै आयो ।



देशको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ, मुलुकले समृद्धिको दिशामा फड्को हान्छ, मुलुकमा कायापलट हुन्छ : आम जनअपेक्षा यो हो । विगतमा भोगिएका पटक पटक राजनीतिक अस्थिरताले मुलुक भड्खालोको दिशातिर जाकिँदै जाँदा आमजनताले भोगेको अनुभूति पनि हो यो । तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको पूर्ण बहुमतको सरकारले यो मान्यताको विपरीत नतिजा दिएको छ ।



काभ्रेपलाञ्चोक बनेपाकी ११ वर्षीय गरिमा अधिकारी कक्षा-६ मा पढ्छिन् । लकडाउनले गर्दा विगत सात महिनादेखि विद्यालय खुलेको छैन । बालबालिका घरमै बसेर अनलाइन क्लास पढिरहेका छन् । अनलाइन क्लास पढेपनि विद्यार्थीहरूको दिउँसो र बिहानको धेरै समय फुर्सदमा नै रहन्छन् ।



अविनाशले कतारबाट फोन गर्यो, ‘बाबा, म घर आउने भएँ दसैंमा ।’

घनश्याम खुसी भयो । छोरो अविनाश गाउँ नआएको पनि पाँच वर्ष भइसकेको थियो । कान्छो विवेक बुहारीसहित बिर्तामोडमा थियो । बुहारी दुई जीउकी छे, यो पालि दसैंमा घर आउन सक्दैनौं भनेर समाचार पठाएको थियो ।



त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो ।

विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ होला ।



बाहिर झरी परिरहेको छ । झरीको अविराम संगीत र बा’को खोकी यसरी समवेत सुनिइरहेको छ मानौं कुनै शास्त्रीय संगीतको जुगलबन्दी भइरहेको छ ।



पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेउछेउमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन ! ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए ।



यो मन्दिर परिसर कुनै क्यानभासजस्तो लाग्छ । यहाँ अनेक पात्रहरू अनेक रङ पोतिरहन्छन् । थपिँदै जान्छ रङ, कोरिँदै जान्छ एक गतिशील चित्र । समयजस्तो कुनै अर्को चित्रकार, अहँ सायद छैन ।



सरकारले खरिद गरेको छ

देवकोटाको घर

महाकवि लक्ष्मीप्रसाद

देवकोटाको पुरानो घर

बिक्री भएतापनि

त्यसमा सामेल छैन

उनको विपुल काव्य

..



युद्ध जितेर फर्किएको

भीम मल्ललाई काटेर

उनकी युवा रानीलाई घिसार्दै

बागमतीको चितामा पुर्‍याउने

हातहरू जन्माउने देश !

विष खुवाएर रानीको छोरालाई मारेको

दोष थुपारेर आत्महत्या गर्न

बाध्य पारिएका भीमसेन थापाको देश !

पराजित, सार्वभौम नागरिकको

नाक–कान काट्ने देश !



यातनाका अजस्र पहाडहरू नाघ्न सक्छ्यौ तिमी

तिमीलाई अरू यातना दिन मन छ- फेरि एकचोटि

चाहूँ त –

अहिल्यै हत्या गर्न सक्छु म तिम्रो

छुरी रोप्न सक्छु तिमीलाई

आगो या तेजाबले नुहाइदिन सक्छु

फकाउँदै लगेर

कुनै भीरको टाकुराबाट हुत्याइदिन सक्छु

डोहोर्‍याउँदै लगेर

गुडिरहेको गाडि अघिल्तिर धकेल्दिन सक्छु

तर, कसोकसो हत्यारा यी हातबाट..



अखडा भनेको फटाहा, बदमास लुक्ने ठाउँ होजस्तो लाग्थ्यो । चोरहरूले चोर्न सल्लाह गर्ने कुनै गुप्तस्थान, बदमासहरूले कुनै उपद्रो गर्न योजना बनाउने एकान्तस्थान होलाजस्तो लाग्थ्यो ।



म पाँचथरमा जन्मे–हुर्केको मान्छे । लिम्बू बहुल भए पनि पाँचथर मिश्रित आवादी भएको ठाउँ हो । केटाकेटी छँदा मिठो–मिठो (मासुभात) खान पाइने, नयाँ लुगा लाउन पाइने भनेर मैले दसैं मानें । पछि यो बाध्यात्मक हो भन्ने थाहा पाएँ । तर, हाम्रो मिश्रित बनोटको समाजमा परस्पर सद्भाव कायम राख्नैपर्ने हुन्छ । त्यसका लागि सहिष्णुता आवश्यक पर्छ । त्यसैले नेपालीको पर्वका रुपमा मैले दसैं मान्दै आएको छु ।



८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ ।



नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछिपरेको देखिन्छ । समाजमा घरलुहिंसा, बाल हिंसा, छुवाछुत, दलित हिंसा, बलात्कार, एसिड आक्रमण जस्ता सामाजिक घटनाले पराकाष्टा नै नाघेको देखिन्छ । पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका घटना एकदमै बढेका छन् ।



अहिले उत्तरतर्फ हुम्ला जिल्लास्थित अन्तर्राष्ट्रिय सिमाना अतिक्रमण गरी केही भवन छिमेकी राष्ट्र चीनले निर्माण गरिसकेको र भारतले लिम्पियाधुरा क्षेत्रमा ३७२ किमि नेपाली भूभाग अतिक्रमण गरेको विवाद सतहमा आएको छ । यसमा नेपाल सरकारले भारतसँग वार्तागरेर समस्याको समाधान गर्नचाहँदा भारतीय पक्षबाट चासो नदिएकाले आफ्नो भूभागमा दाबी कायम राखी समस्या समाधानका लागि प्रयास गर्दैजाने अभिप्राय थियो । त्यसैले नयाँ राजनीतिक नक्सा जारी गरी सो नक्सालाई विद्यालय स्तरका पाठ्यक्रममा समावेशगर्ने योजना थियो । तर प्रधानमन्त्रीबाट उक्तनक्सा पाठ्यपुस्तकबाट हटाउने निर्देशन भएकाले यी दुवै विषयले चर्चा पाइराखेको छ ।



सहाना प्रधान र पुष्पलाल दिल्लीमा थिए । त्यसैबीच पुष्पलाल बिरामी परे । उनी लरतरो बिरामी पर्दा टेरपुच्छरै लगाउँदैन थिए । त्यसैले बिरामी परेका बेला पनि उनले दौडधुप गर्ने काम छाडेका थिएनन् । ‘आराम गर्नु नि ! शारीरिक यन्त्रले पनि कतिन्जेल थाम्छ ?’ आफ्ना पतिको खिइँदो अवस्था देखेर त्यतिखेर सहानाले भनेकी थिइन् । ‘अन्नपानीको शरीर हो, कहिलेकाहीँ यस्तै हुन्छ’ भनेर पुष्पलालले आफ्नी पत्नीलाई जवाफ फालेका थिए । बिरामी भएर सुत्तै, बस्तै उठ्तै गर्दा पुष्पलाललाई केही आराम भएजस्तै भएको थियो । अनि उनी अर्ध बिरामी शरीर लिएर दरभङ्गामा हुने कम्युनिस्टको सभामा भाग लिन गएका थिए । त्यस बखत सहानाले जति जोड गरे पनि उनी रोकिएका थिएनन् । उनका लागि जिउभन्दा कर्तव्य ठूलो मानिन्थ्यो ।



आफुभन्दा होचा टाकुराहरुमा

सेता हिउँ जस्ताको तस्तै रहँदा

निर्वाचित सरकार

आफ्नो दुई वर्षको कार्यकाल पुरा गर्दा नगर्दै

नैतिकता गुमाएर सर्वाङ्ग नाङ्गो भए जस्तै

नैतिकताको सेतो टोपी

बिहानीको घाममा टलक्क टल्काएर मुस्कुराउने साइपाल..



चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको पासो, जाँघमा धोतीको परिधान— कथावाचक बाजे राडी ओछ्याइएको व्यासासनमा जमेर बसेका छन् ।



अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ त्यसलाई अतिक्रमण भनिन्छ ।” बाजेको यो वचन मेरा कानमा गुनगुनाइरहँदा मलाई पिताजीको शय्या दानमा हामीले गरेको अतिक्रमणको सम्झना भयो । पिताजीहरू दश भाइ हुनुहुन्थ्यो र ती दश भाइकी एकमात्र चेली थिइन्— हाम्री एकमात्र फुपू । फुपूकी छोरी साह्रै गरिब थिइन् । हाम्रो घरमाथिको बाँदर खेल्ने पहराको फेदीमा दुम्सी लुक्ने दुलो थियो । त्यही दुलानेर एकलासमा थियो उनको रामझुपडी । के पुरोहितलाई दिइने शय्यादान हाम्री दिदीका खसमलाई दिए हुन्छ ? कसको मथिङ्गलमा हो मलाई थाहा छैन, एउटा उपकारी विचारले जन्म लियो । हुन्छ— हाम्रो परिवारको सर्वसम्मतिले भन्यो । काकाले हाम्रो विचारको समर्थन गर्नुभयो । तर काइँला बडीवाले क्रोधले गर्जिँदै भन्नुभयो, “बरु काले दमाइलाई देओ !” तैपनि बडीवाको क्रोधको पर्वाह नगरी दिदीकै घरमा दान भित्र्याउने कुरामा हाम्रो जिद्दी कायम रह्यो ।



गुरुप्रसाद मैनाली नेपाली कथा साहित्यमा आधुनिकता ल्याउने साहित्यकार हुन् । उनको जन्म विसं १९५७ मा धनकुटामा भएको तर पुख्र्यौली घर भने काभ्रे जिल्लाको कानपुर हो । उनी पिता काशीनाथ मैनाली खरदार (तत्कालीन समयका जिल्ला तहका हाकिम ?) भएर धनकुटा गएको समयमा माता काशीरूपाको कोखबाट जन्मिएका हुन् । गुरुप्रसाद मैनालीका बाउबाजे शिक्षित परिवार भएका हुनाले उनले पनि घरैमा शिक्षा आर्जन गरेका थिए ।



सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नु हुन्छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका घर्तीले ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ शीर्षकमा २०६० सालमा विद्यावारिधि गरेका हुन् । विशेषगरी समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका उनका ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ २०६६, विजय मल्लका उपन्यास सन्दर्भ र विमर्श २०६७, साहित्य पठनका विविध आयाम २०६८ पुस्तकाकार कृतिहरू हुन् । गरिमा, समकालीन साहित्य, प्रज्ञा, वाङमय लगायत पत्रपत्रिकामा थुप्रै समालोचनात्मक लेखहरु प्रकाशित छन् । विजय मल्ल स्मृति ग्रन्थ लगायतका कृति सम्पादन पनि गरेका छन् । नेपाली साहित्यमा मनोविज्ञानबारे समालोचक दुर्गाबहादुर घर्तीसँग रातोपाटी संवाददाताले गरेको कुराकानीको सार सङ्क्षेप ।



उत्तर, दक्षिण, पश्चिमपट्टि तीनै दाउ खुला

च्याँखे उत्तिकै वैरिन्छन् कुनै साना, ठूला

आलाकाँचा पत्रकारको ढाँचाकाँचा देख्ता

कोजाग्रत पूर्णिमामा गुप्त जूवा मारे झैँ लाग्छ..



मानिसको नाम जगत‍्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता प्रकट हुने माध्यम पनि त उसको नामै हो । तर हाम्री आमा अनाम हुनुहुन्थ्यो । अनाम र यस अर्थमा एकदमै परिचयविहीन पनि । मनमा उध्धुमै विझाउने गरी मलाई यस कुराको चेत तब भयो जब आमा बित्नुभो ।



“श्री गणेशाय नमः”— यातना पुराणको तेस्रो अध्यायको द्वार खुल्यो । गरुड नामक पात्रको यम–मार्ग छिचोलेर यमालयमा पुगेको प्रेत–मनुष्यले कस्तो यातना भोग गर्छ भन्ने प्रश्नको उत्तरमा श्री भगवान् नामक पात्र भन्न थाले, “हे कश्यवंशीय गरुडजी ! बहुभीति नामक अत्यन्तै डरलाग्दो सहरदेखि अगाडि चवालीस योजन ठूलो धर्मराज नगर छ, जहाँ ‘हा, हा, मर्‍यौँ !’ भन्ने हाहाकारले युक्त भएको पातकी चिच्याउन लाग्दछ । त्यसले कराएको सुनी यमराजका आठपहरियाहरू ‘ए ! यस्तो पापी आइपुग्यो भनी ढोकेलाई सुनाउँछन् ।”



सहाना प्रधान हरेक कुरामा चाख राख्ने गर्थिन् । उनका लागि रुचि नभएको कुनै विषय नै थिएन । उनलाई कला, संस्कृति, इतिहास, भूगोल, विज्ञान, राजनीति, अर्थशास्त्र आदि विषयको ज्ञान थियो । तर अत्याधिक रूपमा चाहिँ उनी शिक्षा र राजनीतिप्रति मुखरित थिइन् । नाटकदेखि घोडचढीसम्म र यात्रादेखि भाषण गर्नसम्म उनको सोखको विषय थियो । त्यही क्रममा उनले २०१० सालमा नाटकमा पनि अभिनय गरेकी थिइन् । नाट्यसम्राट् बालकृष्ण समको निर्देशनमा त्यस बेला उनले केटाको भूमिकामा अभिनय गरेकी थिइन् । उनी नाच्न पनि सिपालु थिइन् । पार्टीका कार्यक्रमहरूको सांस्कृतिक कार्यक्रममा उनी नाच्ने पनि गर्थिन् । साथै शान्ति मास्केको निर्देशनमा पनि उनले आफ्नो अभिनय देखाएकी थिइन् ।               • 



भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासाको प्रत्युत्तरमा भगवान् नामक उनै पात्र भन्दै गए— यमलोकको बाटो यति दुःखदायी छ, पापीले यात्रामा भोग्नुपर्ने अकथनीय कष्टको कथा सुनेर पापीका त के कुरा भक्तहरूसमेत पनि काम्न थाल्छन् । बाटामा न वृक्षहरूको छाया छ, न विश्राम गर्ने ठाउँ । न अन्न, न पानी । तिर्खाले प्याक्प्याकी भएको प्रेतरूपी पुरुष पानी नपाएर काकाकुलझैँ तड्पिन्छ । बाटामा उसलाई बाह्रवटा सूर्यको तापले पोल्छ । पक्राउ परेर घिसारिएको पापी कतै मुटु ठिहिर्‍याउने हावाको प्रहारमा पर्छ, कतै भालासमानका काँडाले घोचिन्छ, कतै विषालु सर्पको डराइले मर्माहत हुन्छ । सिंहले दार्नु, कुकुरले टोक्नु र आगाले पोल्नु त मामुली कुरा भइहाले ।



मौसममा उग्र प्राकृतिक उष्णता व्याप्त छ, मेरो भग्न चित्तमा पराजयबोधबाट उत्पन्न सन्तापको उष्णता व्याप्त छ । यो कोल्टो र ऊ कोल्टो फेर्दाफेर्दै मेरा कोल्टाहरू थकित र गलित भइसके । दिउँसो रणचण्डीको रूप धारण गरेर ममाथि खनिने क्रोधी र कर्कशा नारीको गर्जनले मेरो चैतन्य अझै आक्रान्त छ । को होलिन् तिनी ? के होला तिनसँगको मेरो नाता ? कुन प्रेरणा र कसको प्रभावले उनलाई “तिमी” भन्दै ममाथि आइलाग्ने त्यत्रो उर्जा प्रदान गर्‍यो होला ? दिदी–बहिनीलाई उनको परिचय सोधूँ लागेको थियो । तर उनको गर्जन–तर्जनको प्रसङ्ग उठ्ला र त्यसले उनीहरूको आहत मानकितामा थप घात पर्ला भनेर मैले ओठ जाम गरेँ ।



साहित्यकार अमर त्यागीद्वारा खगेन्द्र बस्यालको सहयोगमा २०७७ साल जेठ २ गते प्रवर्तित `बाछिटा´हालसम्मको लघुत्तम तथा कान्छो विधाको रुपमा स्थापित हुँदैछ। साहित्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूदेखि लिएर नवप्रतिभाहरूसम्मको विशाल साहित्यानुरागी पंक्तिलाई यो विधाले आकर्षण गरिरहेको छ। 



हिन्दु कर्मकाण्डको छत्रछायामा हाम्रो परिवार चार जातमा विभाजित भयो । पुरोहित बाजे दाइहरूले पकाएको समेत पनि नखाने उच्च तहका शुद्ध ब्राह्मण भए । टुप्पीयुक्त चिन्डे टाउका लिएर आमाको काजक्रिया गर्न एउटै कोठामा कैद भएका दाइहरू मध्यम तहका ब्राह्मण अर्थात बाजेका दृष्टिमा क्षेत्री सरह भए । दाइहरूलाई पानी नचल्ने दिदी–बहिनीहरू मैले छोएको खान नमिल्ने बैश्य भए । र, कपाल खौरेर, लगौँटी भिरेर, टुप्पी हल्लाउँदै, पुरोहित बाजेका गोडामा ढोग्दै कोरामा बस्न इन्कार गर्ने म शूद्र भएँ । पुरोहित बाजेका दृष्टिमा दाइहरू अछूत, दाइहरूका दृष्टिमा दिदी–बहिनीहरू अछूत, र यी तीनै थरीका दृष्टिमा म अछूत ।



तपाईं दशैं कसरी मनाउनुहुन्छ?यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि?

म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत सनातनसँग गरिने एक प्रकारको लाचार सम्झौता हो । गृहस्थ जीवनको पन्छाउनै नसकिने कठोर बाध्यता ।..



प्राध्यापक डा. लोकराज बराल झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारप्रति जनताले राखेका आशा, अपेक्षा विस्तारै वितृष्णामा परिणत हुन लागेको बताउँछन् । खासगरी कम्युनिस्ट भनिएको सरकार जनताप्रति उत्तरदायी बन्न नसक्नु, नयाँ दृष्टिकोण र नवीन योजना ल्याउन नसक्नु तथा प्रमुख प्रतिक्ष सत्तापक्षसँगको उठबसमै रमाउँदा जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र पुराना शासन व्यवस्थामा कुनै भिन्नता पाउन नसकेको बरालको विश्लेषण छ । ‘झण्डै दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट नेतृत्वको सरकार त बन्यो तर यो पार्टी वा नेतामा नयाँ दृष्टिकोण देख्न सकिएन । पुरानै शैली, व्यवाहार, सामन्ती सोच, व्यक्तिवादी सोच, हुकुमीतन्त्र मात्रै देखिन्छ,’ प्राध्यापक बराको भनाइ छ । वर्तमान सरकारको कार्यशैली, प्रमुख प्रतिपक्षको भूमिका तथा समाजवाद र सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसको कार्यान्वयनबारे प्राडा बरालसँग रातोपाटीका फणिन्द्र नेपालले कुराकानी गरेका छन् । प्रस्तुत छ, प्राडा बरालसँग गरिएको कुराकानीको सम्पादित अंश : 




 स्तम्भ​ को सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । प्राज्ञ तथा पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीको विचार :



मुलुकभरका साढे तीन सयभन्दा धेरै केबल व्यवसायीहरुले कात्तिक ८ गतेदेखि विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नुपर्ने सरकारको निर्णयलाई आत्मसात् गरेका छन् । खासगरी केबल टेलिभिजनहरुले यसलाई लागू गर्छन् कि गर्दैनन् भन्‍ने आशंका कायमै थियो । २०७६ कात्तिक ७ देखि एक वर्षे समय दिएर कार्यान्वयन गरिएको यो व्यवस्थाले आगामी केही वर्षभित्रै विज्ञापन बजार दोब्बर हुन्छ भन्ने चर्चा सुन्‍न पाइन्छ । त्यो कसरी हुन्छ ? हुन्छ या हुँदैन भन्‍ने आम चासोको विषय छ । 



अघिल्लो साता दिवंगत रेवतीमरण खनाल कुनै समय कट्टर कम्युनिस्ट थिए तर राजदरबार पो पुगे । खनालले यु–टर्न गरेको बाटो अनि उनले देखे–भोगे–लेखेको राजनीतिक पाटोपात्र र प्रवृत्ति :  



बीपी कोइराला सुन्दरीजल जेलबाट छुटेर क्यान्सरको उपचारका लागि अमेरिका पुगे । बीपी जेलमा रहँदा पेरिसमा रहेकी उर्मिला गर्गसँग बीपीको पत्र-संवाद थियो । उर्मिला सन् १९७० को दशकमा पेरिसबाट नेपाल फर्किएकी थिइन् । त्यसअघिको एउटा स्मरण उनलाई अझै ताजा छ । ०१६ सालमा प्रधानमन्त्री रहँदा बीपीले काठमाडौंमा उनको ‘सोलो पेन्टिङ एक्जिविसन’ (एकल कला प्रदर्शनी) पेन्टिङको प्रदर्शनी उद्घाटन गरेका थिए । त्यो क्षण उनी कसरी बिर्सन सक्थिन् र ?



 स्तम्भ​ को सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् ।

निर्देशक तथा अभिनेता शाहसित पञ्चायती व्यवस्थाको ३० वर्ष र त्यसपछिको ३० वर्षका सिनेमाबारे  बहस :



 स्तम्भ​ को सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् ।

‘नेपालमा गुठीव्यवस्था', ‘इतिहासका थप पृष्ठहरू’ जस्ता दर्जनौँ कृतिका लेखक डा. गोविन्द ‘टण्डनसित पञ्चायती व्यवस्थाको ३० वर्ष र त्यसपछिको ३० वर्षका संस्कृतिबारे  बहस :



बिहार विधानसभा निर्वाचनमा यसपटक अनौठो संयोग देखापरेको छ । त्यो के भने लालुप्रसाद यादव बिहार निर्वाचनको केन्द्रमा छैनन् । ७२ वर्षे यादव पछिल्लो समय जेलमा छन् । अर्का पाका नेता राम विलास पासवानको भर्खरै निधन भयो । र, ६९ वर्षे नेता नितिश कुमार आफ्नो राजनीतिक करिअर जोगाउन यो निर्वाचनमा होमिएका छन् । 



पाँच वर्ष अगाडि फ्रेन्च म्यागजिन चार्ली हेब्डोले प्रोफेट मोहम्मद सम्बन्धी कार्टुन छाप्दा मुस्लिम मुलुकहरुमा व्यापक विरोध भयो । त्यतिमात्र होइन, चार्ली हेब्डोकै कार्यालयमा पनि आक्रमण भयो । पाँच वर्षपछि पनि त्यही कार्टुनले अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मचाउने अपेक्षा कसले गरेको थियो होला र ? तर भयो, त्यस्तै । 



पछिल्लो वर्षहरूमा रुसलाई अमेरिकादेखि यूरोपका अन्य मुलुकहरूको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । हुनपनि रुस पछिल्लो समयमा निकै सक्रिय बनेको देखिएको छ । भ्लादिमिर पुटिन नेतृत्वको रुसले क्रिमियालाई आफुमा बिलय गरायो । सिरियाबाट अमेरिकालाई बाहिर धकेल्यो । रसियन भाडाका सिपाही भेनेजुएलादेखि अफ्रिकासम्म पुर्‍याएको छ ।



गत वर्षको मन्त्रिपरिषद्को निर्णयका आधारमा सांसद् र मन्त्रीहरुले यस वर्ष पनि दसैँ भत्ता लिने विषय बहुविवादित बन्यो । कोभिड-१९ संक्रमितहरुको उपचार सरकारले गर्न नसक्ने निर्णय गरे पनि मन्त्रिपरिषद्ले सांसद्, मन्त्रीहरुको दसैँभत्ता कटौतीको निर्णय भने गरेनन् । सार्वजनिक आलोचना हुनुअघि सांसद् र मन्त्रीहरुले कोरोना महामारीको समयमा हामी भत्ता लिदैनौं भनी केहीबाहेक धेरैले स्वेच्छिक त्याग गर्न सकेनन् । चौतर्फी आलोचनापछि प्रधानमन्त्री, मन्त्री, प्रमुख विपक्षी कांग्रेस र अन्य सदस्यले कोराना कोषमा राख्ने निर्णय लियो ।



कोरोना भाइरस महामारी (कोभिड-१९) ले सामाजिक उद्यमशीलतालाई एउटा अपरिहार्यतामा रुपान्तरण गरेको छ । कोभिड-१९ ले विश्वव्यापी बदलावलाई तीव्र बनाएको छ । यसले डिजिटल अर्थतन्त्र सर्वव्यापी बनाउँदै जबर्जस्त रुपमा नयाँ प्रचलनहरु भित्र्याइरहेको छ । समाजिक असमानताहरु र असुरक्षालाई अझै चर्काएको छ ।



संस्मरण-आत्मकथाहरु फुटकर वा किताबका रुपमा बग्रेल्ती छापिइरहेका छन् । यस्ता धेरैमा मपाइँत्व हुन्छ भन्ने आरोप पनि छ । हामी यो कन्फेसन स्तम्भमा आफ्ना कमी-कमजोरी केलाइएका, आफ्ना भूल-भ्रम स्वीकार गरिएका पाठ-लेख-वार्ता प्रकाशन गर्नेर्छौं । सार्वजनिक पद धारण गरेका गन्यमान्य मात्र हैन, यसमा सबैका कन्फेसन छापिनेछ । सहभागिताका लागि हामी यहाँहरुलाई आह्वान गर्छौं ।



उनी छ महिना पहिले क्युवामा भएको सशस्त्र क्रान्तिका नायक थिए। क्युबामा क्रान्तिकारी सरकार गठन भएलगत्तै राष्ट्रपति फिडेल क्यास्ट्रोले उनलाई तेस्रो विश्वसँग सम्बन्ध कायम राख्नका लागि जिम्मेवारी सुम्पिए। क्युबाली क्रान्तिको दुत बनेर उनले केही देशको यात्रा गरे। भारत सरकारले त उनलाई विशेष निम्तो नै दिएको थियो। क्युबाली क्रान्ति लगत्तै फिडेल क्यास्त्रोको नेतृत्वमा बनेको क्रान्तिकारी सरकारलाई भारतले तुरुन्तै मान्यता प्रदान गरेको थियो।



दिनहरू खासै रमाइला थिएनन् । आफैँलाई खर्लप्प निल्लाजस्तो उदासी थियो तर समय यस्तो थियो, उदास हुने फुर्सद पनि थिएन । घरमा जतिबेलै कामहरू छरिइरहेका हुन्थे ।

अपार काम ! असीमित थकान ! 



“बाँच !”, उनले भनिन्, “तर अनन्तसम्म झुन्डिएर !”, यो कथा टुङ्गिन्छ, त्यहींबाट अर्को यथार्थ शुरु हुन्छ । 

तिम्रो मीत अधुरो, तिम्रो गीत अधुरो, तिम्रो स्वर अपुरो, नेपाली स्वर संसार अधकल्चो । तिमीले आफू सँगसँगै धेरैधेरै पूर्णता लिएर गयौ– यहाँ केवल अधुरा, अपूरा, अधकल्चा र आधा छोडेर । 



‘प्रत्येक रुखको पात हरियो हुन्छन तर प्रत्येक हरियो फरकफरक हुन्छन् । एउटै रूखको पात पनि टुप्पाको पात र फेदको पातको हरियो फरकफरक हुन्छन् । ऋतुअनुसार पनि तिनको हरियो फरकफरक हुन्छन् । संसारको सबैभन्दा महान् चित्रकार प्रकृतिमा हरियो नै हजार किसिमका होलान् । प्रत्येक हरियोलाई शब्दमा भन्न सकिँदैन । किनभने प्रत्येक हरियोको नामै छैन,’ उनी भन्छन्, ‘शब्दले भन्न नसकेको कुरा रङले भन्न सक्छ । चित्रपटमा रङको सुन्दर बगैँचा बनाउने कुशल चित्रकारले भन्न सक्छ । कतिपय शब्दमा अव्यक्त कुरा चित्रमा र चित्रमा अव्यक्त कुरा शब्दमा व्यक्त गर्न सकिन्छ । त्यसैले साहित्य र चित्रकला साक्खै दिदीबहिनी हुन् । या तपाईं साक्खै दाजुभाइ पनि भन्न सक्नुहुन्छ ।’



चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।



पैताला मेरो मनले खाएको मनप्रिय पुस्तक हो । किनभने यसलाई एउटा जोगीले लेखेको हो । 

जोगीले लेखेको यो पुस्तकलाई मैले केही वर्षयता बर्थ–डे–बुक बनाएको छु । यो पुस्तक ‘जन्मदिनको उपहार’ भएको छ । कहीँ–कतै–कुनै हितैषी एवम् प्रियजनको जन्मदिन हुँदा–पर्दा पैताला अघि सार्ने गरेको छु । 



कलाकारितामा आउनुअघि अभिनेता बुद्धि तामाङले अनेक संघर्ष गरेका छन् । कहिले इट्टा बोक्ने काम गरेका छन् त कहिले बदाम बेच्ने, कहिले पत्रिका बाड्ने त कहिले गेष्ट हाउसमा भाडा माझ्ने ।

संघर्षले खारिएका यिनै बुद्धिलाई सूत्रन्यूज डटकमले आफ्नो अफिसियल युट्युब सूत्र टिभीको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’ को दोश्रो एपिसोडका लागि भक्तपुरस्थित एक इट्टाभट्टा लिएर गयो । जहाँ उनी आफ्ना पुराना दिनहरु सम्झिएर ‘नोस्टाल्जिक’ भए ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक