छोटकरीमा : आज - २०७७ कार्तिक १४, शुक्रबार

आज संसदीय समितिका निर्देशन कार्यान्वयनमा समस्या, देहरादूनको घटनाप्रति सरकार गम्भीर, राष्ट्रिय फूटबल टिमका ४ खेलाडीलाई कोरोना, इन्स्टाग्राममा चार घन्टा लाइभ गर्न मिल्ने सुविधा थपिँदै, चीनको महत्वाकांक्षी पञ्चवर्षीय योजना सार्वजनिक लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।



शुक्रबार ३,५१७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,६८,२३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ९२० पुगेको छ। हालसम्म नेपालमा १,२८,९५८ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १४,९८९ => Recovered Today: ४,०९६

सम्बन्धित :

  •  काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । 
  • कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।


म्याग्दीस्थित बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैंकै बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो । 



संघीय संसद्का समितिहरूले दिएका निर्देशन सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड– १९ पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायलाई दिएको निर्देशन सरकारले पालना नगरेको पाइएको छ । 

समितिले जनताको पिसिआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधि, नियमित स्वास्थ्य जाँच उपचारलगायतका विषयमा दिएको निर्देशन पनि सरकारले पालना नगरेको पाइएको हो ।



सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । 

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए ।



 म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।



प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट मात्र भएको भनेर टिप्पणी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा अत्यावश्यक कानुनहरू निर्माणमा समेत बेवास्ता गर्दै आएका छन् । प्रहरीसम्बन्धी कानुनहरू लामो समयदेखि मन्त्रिपरिषदमा थन्किएका छन् ।



बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका छन् । 

सुनवल नगरपालिका– १२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराएका हुन् । 



 यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ ।

तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।



नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको जनाएको छ । 



 फ्रान्सको निस सहरको एउटा चर्चमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने व्यक्ति केही दिनअघि ट्युनिसियाबाट आएको खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती आक्रमणकारी २१ वर्षीय ब्राहिम एइसोई हुन् । उनी सेप्टेम्बरमा डुङ्गाबाट इटालीको ल्याम्पेडुसा टापुमा आइपुगेका थिए । 



 लामो समयको प्रतिक्षापछि टिभी सिरिज ‘मिर्जापुर २’ हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । रिलिज पश्चात नै सामाजिक सञ्‍जालदेखि सञ्‍चारमाध्यमसम्म चर्चा भइरहेको छ । यसैबीच यसको एक सिनलाई लिएर निर्माता टिम विरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोप लागेको छ । 



 कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार 'बस्टन'मा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । 'मह जोडी'सँग उनले चर्चित टेलीश्रृंखला 'लालपूर्जा', 'चिरञ्‍जीवी', 'भकुन्डे भुत' लगायतमा अभिनय गरेकी थिइन् । 



अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेट उमेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा भविष्यमा चिनियाँ सामग्रीमा लगाइने करका विषयमा मुख्य सहयोगी राष्ट्रहरुसँग तत्काल परामर्श गर्ने उनका वरिष्ठ सल्लाहकारले बताएका छन् । चीनविरुद्ध आफूलाई बलियोरुपमा स्थापित गर्न 'सामूहिक लाभ' का बारेमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने सल्लाहरकारले बताएका हुन्छ । 



 बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट दैनिक झन्डै एक लाख मानिस संक्रमित भइरहेको एउटा अध्ययनले देखाएको छ ।इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले बेलायतमा महामारीको गति तीव्र रुपमा बढिरहेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । 



फोटोहरू राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने भएको छ । 

यसअघि एक घन्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोराले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु 'लगभग केही पनि नभएको' बताएका छन् । 

उनले बिहीबार फक्स न्युजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिकाभर बिहीबार एकैदिन एक हजार ४९ कोरोना संक्रमितको मृत्यु भउको कोभिड ट्र्याकिङ प्रोजेक्टले जनाएको छ । 



चीनले महत्वाकांक्षी नयाँपञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् ।

पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक