काठमाडौं महानगर लाग्यो देवीनगरतिर, अतिक्रमित संरचना हटाउँदै

काठमाडौं महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ ।

सम्बन्धित सामग्री

देवीनगरका अतिक्रमित संरचना हटाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।