छोटकरीमा : आज - २०७७ कार्तिक ०६, बिहीबार

आज मुख्यत : नेपालमा कोभिड-१९ निको हुनेको स्नाख्या १ लाख नाघ्यो, प्रधानमन्त्री ओली र 'रअ' प्रमुखको भेटले उठाएको प्रश्न, मन्त्रीपरिषदद्वारा २४ अर्ब ऋण स्वीकार, नेकपाको सपथ ग्रहण कार्यक्रममा झडप, सेना र कराँची प्रहरीबीच भिडन्त लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।



बिहीबार ३,६३७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,४८,५०१ पुगेको छ भने मृत्यु हुनेको संख्या ८१२ पुगेको छ। हालसम्म नेपालमा १,०२,८२० जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १२,२५५ => Recovered Today: ३,२१५

सम्बन्धित :

  • नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ ।


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 



प्रदेश १ सभाका मुख्य प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले कानुनविपरीत दसैँ भत्ता दिने र लिने सबैलाई कारबाही हुनुपर्ने माग गरेका छन् । कानुनमा दसैँ भत्ता लिने प्रावधान नभएकाले भत्ता फिर्ता गरेकै भरमा लिने र दिनेलाई उन्मुक्ति दिन नहुने र दुवैलाई कानुनी कारबाही हुनुपर्ने मुख्य प्रतिपक्षी दल कांगेसका प्रमुख सचेतक कार्कीले माग गरेका हुन् ।  



कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।



मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २०० मिलियन अमेरिकी डलर अर्थात् करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गरेको छ। त्यस्तै, बैठकले उत्पादनशील उद्योगका लागि विदेशी कामदार ल्याउनका लागि अनुमति दिने निर्णय गरेको छ। 



 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा बिहीबार दुई पक्षबीच झड्प भएको छ । झडपमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



काठमाडौंस्थित गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन गायब भएकाे छ। पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् २ किलोभन्दा बढी सुन घटेकाे पाइएकाे हाे। 



स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिए ।



सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए । 



ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले दसैँ पर्वको समयमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका वेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन् । 



 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटलाई लिएर साझा पार्टीले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले प्रश्न गरेको छ, 'के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?'



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेड हाइ डिपेन्डेन्सी युनिटको व्यवस्था गरिरहेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार विनियोजन गरी पठाइएको बताए।



छिमेकी मुलुक भारतले बिहीबारदेखि आफ्नो सम्पुर्ण सीमानाकाहरु खोलेको छ। कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ बिमारीको प्रकोप रोकथाम तथा नियन्त्रणको लागि भारत सरकारले बन्द गरेको नेपालसहितका सम्पुर्ण सीमानाकाहरु खोलेको हो। 

सम्बन्धित :

  • नेकपा नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।




राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेकी हुन्।



 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचार नगर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । उनले कोरोना संक्रमितको उपचार निशर्त, भेदभावरहित र निः शुल्क हुुनुपर्ने बताएका छन् ।



एकसिंगे गैंडा, बाघ र गिद्ध संरक्षणका उपलब्धि र चुनौतीबारे गफिन रुचाउने पिठौलीका संरक्षणकर्मी डीबी चौधरी यसपटक निराश भेटिए । निकुञ्ज प्रशासनले वन्यजन्तु संरक्षणमा समुदायलाई अग्रसर गराउन चासो नदिएकामा उनको मुख्य असन्तुष्टि थियो ।



काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामलाई चरणबद्ध रूपमा अगाडि बढाउने भएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्ध रूपमा निर्माण गरिने बताए । 



पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दशजना सुरक्षाकर्मीको मृत्यु भएको छ। सेनाका जवानहरूले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुवै पक्षबीच भिडन्त भएको हो।



अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यसपटक पनि डोनाल्ड ट्रम्पलाई विजयी गराएर राष्ट्रपतिका रूपमा सहन नसकिने बताएका छन् । यसकारण डेमोक्रेटिकका उम्मेदावर जो बाइडेनलाई राष्ट्रपति चुन्न उनले मतदातालाई आग्रह गरेका छन् ।



अमेरिकी गुप्तार निकायका अधिकारीहरुले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न डेमोक्रेटिक मतदाताहरुलाई डर धम्की देखाउँदै इमेल पठाएको आरोप लगाएको छ। न्यासनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले ती इमेल चरण दक्षिणपन्थी ट्रम्प समर्थक समूहबाट अमेरिकामा अस्थिरता पैदा गराउनका लागि पठाइएको दाबी गरे। 



अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यसपटक पनि डोनाल्ड ट्रम्पलाई विजयी गराएर राष्ट्रपतिका रूपमा सहन नसकिने बताएका छन् । यसकारण डेमोक्रेटिकका उम्मेदावर जो बाइडेनलाई राष्ट्रपति चुन्न उनले मतदातालाई आग्रह गरेका छन् ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक