नेपाली कांग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने, संसद सचिवालयमा पठाइयो पत्र

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुको दशैं भत्ता कोरोना रोकथाम तथा उपचारमा खर्च गर्न संसद सचिवालयमा पत्र पठाएको छ। कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भत्ता पठाइदिन कांग्रेसका तर्फबाट पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलले भत्ता नलिने निर्णय गरेको हो। सचिवालयले बिहीवार नै सांसदहरुलाई दशैंको भत्ता वापतको रकम बैंक खतामा पठाएको थियो। महामारीका बेला सांसदहरुलाई भत्ता दिएको भन्दै आलोचना भएपछि सांसदहरुले धमाधम फिर्ता गरेका थिए।

कांग्रेसले पनि सांसदहरुको भत्ता फिर्ता गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरुको भत्ता कोरोना उपचार तथा रोकथाममा पठाउन कांग्रेसले पत्र पठाएको हो। सांसदहरुको तलव सुविधा सम्बन्धी ऐनमा दशैं भत्ताको ब्यवस्था छैन। गत वर्षको दशैंमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर सांसदहरुलाई भत्ताको ब्यवस्था गरेको थियो।

सम्बन्धित सामग्री

नेकपा सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टद्वारा दशैँ भत्ता फिर्ता

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो ।  विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको ब...

उज्यालो अनलाइन

कांग्रेसका सबै सांसदले दसैँ भत्ता फिर्ता गर्ने

नेपाली कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई

नयाँ पत्रिका

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदहरुलाई देउवाको निर्देशन

नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी सभापति एवम् कांग्रेस संसदीय दलका नेतासमेत रहेका शेरबहादुर देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम ...

नेपाल आज

कांग्रेस सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता …

अनलाइनखबर

दसैँ भत्ता फिर्ता लिन आग्रह गर्दै भीम रावलले संसद सचिवालयलाई पत्र पठाए

नेकपा नेता एवं सांसद भीम रावलले संसद सचिवालयलाई पत्र पठाएर दसैँ भत्ता वापत आफ्नो खातामा हालेको रकम कट्टा गर्न

नयाँ पत्रिका

दशैँ भत्ता फिर्ता गर्न नेता रावलकाे संसद् सचिवालयलाई पत्र

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ ।  आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिनुभएको हो । साथै उहाँले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताउनुभएको...

उज्यालो अनलाइन

संसद सचिवालयलाई भीम रावलको पत्र : मेरो दसैँभत्ता फिर्ता लिनुस्

२ कात्तिक, काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् । संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका …

अनलाइनखबर