दशैं भत्ता फिर्ता गर्दै प्रकाशमानले भने : भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सांसदलाई बद्नाम गर्ने दुराशय राख्यो

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले दशैं भत्ता फिर्ता गरेका छन्। कोभिड महामारीका बेला भत्ता लिएको भन्दै सांसदहरुको आलोचना भइरहेका बेला प्रकाशमानले पनि फिर्ता गर्ने जानकारी गराएका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता सिंहले भत्ता फिर्ता पार्टीका सबै सांसदलाई आग्रहसमेत गरेका छन्।

एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उनको भनाई छ।

'आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ,' उनले विज्ञप्तिमा भनेका छन्।

महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्नेमा उनको जोड छ।

सम्बन्धित सामग्री

बजेटमा नलिनु भनेको ३५ लाख भत्ता सांसदले लिए

१० फागुन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि खर्च जुटाउन भन्दै रोकेको बैठकभत्ता, पारवाहनभत्ता सांसदहरुले लिएको पाइएको छ । कोरोना रोग नियन्त्रमा पहिलो पंक्तिमा रहेर काम गर्नेहरु बाहेकको सबै प्रकारका भत्ताहरु …

अनलाइनखबर

दसैँ भत्ता खारेज गर्न जसपाको माग

३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको जसपाका नेता …

अनलाइनखबर

दशैँ भत्ता फिर्ता गर्ने कांग्रेस संसदीय दलकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु...

उज्यालो अनलाइन

दसैँ भत्ता : संघीय सांसदले छोडेनन्, प्रदेश सांसदले लिएनन्

३ कात्तिक, विराटनगर । कोरोना महामारीले देश आक्रान्त भइरहेको अवस्थामा संघीय सांसदले दसँं भत्ता बुझे । महामारीमा भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् । संघीय सांसद भत्ता विवादमा मुछिदा प्रदेश १ …

अनलाइनखबर

सरकारले सांसदलाई पनि आफूजस्तै बदनाम गराउन खोज्यो : प्रकाशमान

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । सांसदहरुको खातामा दशैंभत्ता पठाइदिएर सरकारले …

अनलाइनखबर

मन्त्री र सांसदलाई 'दशैँ भत्ता' दिने निर्णयको बचाउ

सङ्घीय सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीदेखि सङ्घीय सांसदलाई चाडपर्व भत्ता दिने सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्।

बीबीसी नेपाली