असोज महिनाभर कोरोनाको संक्रमणदर कस्तो रह्यो ? महिनाभर रदेशबाहिर के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण जानकारीहरू एकसाथ एकैठाउँमा थाहा पाउनुहोस्।
असोज महिनाभित्र विश्वभर कोरोना महामारीका कारण के-कस्ता प्रभावहरू देखिए ? कुन-कुन उच्च पदस्थ राजनीतिक व्यक्तिहरू तथा सिने जगतका हस्तीहरू कोरोनाको चपेटमा आए ?समग्रमा महिनाभर कोरोनाले वैश्विक जगतमा के-कति क्षति पुर्यायो ? सम्पूर्ण खबरहरू एकसाथ यहाँ पढ्नुहोस् ।
असोज महिनाभर देश बाहिर के-कस्ता राजनीतिक, न्यायिक, शैक्षिक गतिविधिहरू भए ? सम्पूर्ण खबरहरू एकसाथ एकैठाउँमा पाउनुहोस् ।
चीनको दक्षिण पश्चिममा पर्ने चोङचिङ नगरपालिकाको कोइला खानीमा आइतबार बिहान भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो।
विवादित भूभाग नागोर्नो-कारबखको विषयमा तनाव बढ्दै गएपछि अर्मेनियाले अजरबैजानको एक सैन्य हेलिकोप्टर खसालेको छ।अर्मेनियाले अजरबैजानले हवाई र सैन्य आक्रमण सुरु गरेपछि त्यसको प्रतिकार गरेको बताएको छ। त्यसैगरी अर्मेनियाले मार्सल कानुनको घोषणा गर्दै पूर्ण सैन्य परिचालन गरेको छ।
भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ। मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ ।
चीनको उत्तरपश्चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा धेरै ठूलो हिरासत केन्द्रहरुको नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। अस्ट्रेलियन थिंक ट्यांकका अनुसन्धानर्कताहरुले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएका छन्। तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ।
बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन्। नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो। बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले स्पेनिस ला लिगामा लामो समयसम्म टिकिरहने विश्वास व्यक्त गरेका छन्। एट्लेटिको म्याड्रिडमा पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुआरेजले म्याड्रिडको दोस्रो इनिङ्स पनि सानदार हुने स्पष्ट पारेका हुन्।
थाइल्यान्डको पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक बस रेलसँग जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
थाई प्रहरीका अनुसार बसमा रहेका यात्रुहरू बौद्ध मन्दिरतर्फ गइरहेका थिए । घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा दुर्घटनापछि बस उत्तानो परेको तथा यात्रुहरूका समान वरिपरि छरिएका देखिन्छ ।
श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ। यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।
बलिउड अभिनेत्री ऋचा चड्डाले सोमबार अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी अभिनेत्री पायल घोषविरुद्ध मानहानिको मुद्दा दर्ता गरेकी थिइन । साथै रिचाले १.१ करोड रुपैंया क्षतिपूर्तिको माग पनि गरेकी थिइन् ।
ऋचाको यही मुद्दाको सुनुवाईको क्रममा बुधबार अदालतले पायल घोषलाई बयान फिर्ता लिने बारेमा सोधेको छ ।
बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५:३० बजे भायखला जेलबाट रिहा भएकी हुन् ।
बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन ।