टोकियो । जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रहेको रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त दुर्घटनामा अन्य […]
बनेपा (काभ्रे), २५ असोज । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजगारी र प्राकृतिक प्रकोप पनि हो। बिरामी हुन नदिन र भएका बिरामीलाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। परिवारमा आइपर्ने जटिल समस्याहरू आपसी समझदारीमा समाधान गर्न सकिन्छ, त्यसैले त्यसको बोझ एक जनामा मात्र पर्न दिनु हुँदैन।