बन्द फ्ल्याटबाट २३ किलो सुन बरामद : नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न ! (भिडियो रिपोर्टसहित)

फ्रन्ट पेज प्रिन्ट संस्करण

बन्द फ्ल्याटबाट २३ किलो सुन बरामद : नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न ! (भिडियो रिपोर्टसहित)

२०७७ कार्तिक २ आइतबार ०५:०८:००

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद सुनको मूल्य करिब १८ करोड रुपैयाँ छ । 

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको उनको भनाइ छ । सुन दराजभित्र राखिएको अवस्थामा बरामद भएको हो । 

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरी आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगन्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । मान्छे पक्राउ नपरेकाले सुनको स्रोतबारे केही भन्न नसकिने एसपी पन्त बताउँछिन् । ‘केही सुन चीनबाट आएजस्तो देखिन्छ,’ उनले भनिन्, ‘मान्छे पक्राउ परेपछि यसबारे थप पत्ता लाग्नेछ ।’ 

कुन सुन कति ?
शनिबार दिउँसो १ बजेको समयमा एसपी पन्तको कमान्डको टोलीले विशेष सुराकीको आधारमा फ्ल्याटमा ताला तोडेर सुन बरामद गरेको हो । बरामद भएको सुनमा एक किलोको १३ वटा टुक्रा छन् । त्यस्तै, मझौला आकारको ४६ वटा टुक्रा छन् जुन ८ केजी पाँच सय ७६ ग्राम छ । एक सय ग्रामको १० वटा टुक्रा तथा ६ सय ८१ ग्रामको सुनका गहना पनि बरामद भएको छ । 

चाँदीको गरगहना तथा थाललगायतका भाँडाकुँडा दुई किलो दुई सय ६२ ग्राम बरामद भएको प्रहरी उपरीक्षक पन्तले बताइन् । उनका अनुसार सुन बरामद भएको फ्ल्याटमा बस्दै आएका सिन्हा केही समयदेखि नआएको जानकारी प्राप्त भएको छ । ‘सिन्हाको फ्ल्याटबाट केही कागजातहरू पनि बरामद भएको छ,’ पन्त भन्छिन् । यस विषयमा अहिले अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने उनको भनाइ छ । बरामद भएको समयदेखि फ्ल्याटधनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

ठूलो मात्रामा कहाँबाट भित्रिएको थियो वीरगन्जमा सुन

पर्सा प्रहरीको तथ्यांकअनुसार पर्सामा अहिलेसम्मको इतिहासमा २३ किलो सुन पहिलोचोटि बरामद भएको छ । ठूलो मात्रामा बरामद भएको सुन भारतमा तस्करीका लागि वीरगन्जमा भित्र्याइएको स्रोतले जनाएको छ । नेपालमा भन्दा भारतमा सुन महँगो भएकाले यसरी तस्करी हुने गरेको छ । ठूलो मात्रामा अवैध सुन ओसारपसारमा नेपाली पनि संलग्न हुन सक्ने आशंका भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोरोना महामारीमा नेपाल सरकारले कात्तिक मसान्तसम्मका लागि सिमानाका सिल गरेको छ । सीमा बन्द हुँदा नै सो सुन लामो समयसम्म सो फ्ल्याटमा राखिएको स्रोत बताउँछ । 

भिडियो हेर्नुहोस्>>>

#२३ किलो सुन # सुन तस्करी

सम्बन्धित सामग्री

एक सय ४६ केजी गाँजा र सात लाख रुपैयाँबराबरको औषधि बरामद

मोरङमा नेपालबाट भारतर्फ तस्करी गर्दै गरेको गाँजा र झापामा भारतबाट भन्सार छलेर ल्याएको औषधि प्रहरीले बरामद

नयाँ पत्रिका

भारततर्फ लैजादै गर्दा १९१ ‘कार्टुन’ अवैध मदिरा बरामद

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ। भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। तस्करको समूहले ट्र्याक्टरमा लोड

पहिलो पोस्ट

तस्कर पक्राउ गर्न हवाइ फायर : ३० क्विन्टल केराउ बरामद

प्रहरीले हवाइ फायर गरेर ईशनाथ नगरपालिका ४  मठियाबाट एकजना भारतीयलाई तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा

नयाँ पत्रिका

काँकडभिट्टामा तस्करकाे गिरोह सक्रिय, साढे ११ लाखको सुपारी बरामद

भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी भारत तस्करी हुन थालेको पाइएको छ। केही समय बन्द भएको सुपारी तस्करी फेरि ठूलो परिणाममा भारत तस्करी हुन थालेपछि तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अभियान सुरु थालेको छ। यसै क्रममा प्रहरीले काँकडभिट्टाबाट ठूलो परिणाममा सुख्खा सुपारी बरामद गरेको छ...

थाहा खबर

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ : अध्यक्ष दाहाल

काठमाडौं : काठमाडौंबाट प्रहरीले ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५० लाख भारु बरामद गरेको हो।  नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। विशेष सूचनाको अाधारमा नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बत...

थाहा खबर