छोटकरीमा : असोज - राजनीतिक गतिविधिहरू

असोज महिनाभर नेपाली राजनीतिक वृतमा के-कस्ता घटनाहरू घटे ? महिनाभरका सम्पूर्ण राजनीतिक गतिविधिहरू एकसाथ यहाँ पाउनुहोस् ।



सोमबार प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रियसभामा मनोनित गर्ने काम गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएको थियो। गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय र मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने निवेदनमा दावी थियो। 



नेकपा सचिवालयको जारी बैठक मंगलबार सक्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनसहित सचिवालयमा प्रस्तावित एजेन्डाबारे ओली र प्रचण्डबीच सोमबार छलफल भएको हो। सोमबारको बैठक स्थगित गरेर ओली र प्रचण्डबीच छलफल भएको थियो।



नेकपाले लामो समयदेखिको पार्टी र सरकार समन्वयको विवाद यसपटक व्यवस्थापनको कोसिस गरेको छ। ७९ औं दिनमा सकिएको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनको सिलसिलामा बसेको सचिवालय बैठकमार्फत नेकपाले पार्टी र सरकारबीच समन्वयको कोसिस गरेको हो। यद्यपि निर्णय व्यवहारमै कार्यान्वयनको पाटो भने टुंगिन बाँकी छ। 



सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको थियो। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको थियो।



भारतको माथिल्लो सदन राज्यसभामा नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौताबारे प्रश्न उठेको थियो। मध्यप्रदेशको ग्वालियरबाट हालै राज्यसभामा निर्वाचित भएका सांसद ज्योतिराधित्य सिन्धियाले पारवहन सन्धिबारे भारत सरकार जानकार भए–नभएको तथा यसबाट नेपाल–भारत सम्बन्धमा के प्रभाव पर्छ भन्दै प्रश्न गरेका हुन् ।



राप्रपा अध्यक्षत्रयको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।



परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी र नतिजामुखी क्षेत्रीय संगठनको रुपमा बनाउनु पर्नेमा जोड दिएका छन्। भर्चुअल माध्यममा भएको संयुक्त राष्ट्र संघको ७५ औं महासभामा सार्क मन्त्री स्तरीय भएको साइडलाइन वार्तामा मन्त्री ज्ञवालीले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्‍न सकिने परिवर्तन ल्याउनु पर्ने बताएका हुन्।



प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर, पुनर्गठन गर्न गृहकार्य थालेका छन्। पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै दुईघण्टा छलफल चलेको थियो।



गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र गएका हुन्।



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र दर्ता गराएको छ। ज्ञापनपत्रमा महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका निर्णय सच्चाउन माग गरिएको छ।



आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। ०७४ फागुनमा यो सरकार बनेपछि मन्त्रीहरूको सम्पत्ति एकपटक मात्र सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठन हुँदा थपिएका १२ जना मन्त्रीको सम्पत्ति त एकपटक पनि सार्वजनिक भएको छैन।



राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार विदाई भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।



भर्चुअल माध्यमबाट आयोजना भएको नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक सम्पन्‍न भएको छ। दुई देशबीच पारवाहन ढुवानी सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयन, व्यापार सहजीकरण, सीमा नजिक रहेका सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकासमा सहयोगलगायत विषयमा सहमति भएको बताइएको छ।



बैठकमार्फत् रसुवाको टिमुरेमा जाँच स्टेसन-सुख्खा बन्दरगाह निर्माण गर्ने, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य वस्तुलाई चीनले नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्ने सहमति दिएको छ। यस्तै नेपालमा वनस्पति तथा पशुजन्य वस्तु जाँच गर्न चिनले सघाउने पनि भएको छ। सोही अवसरमा स्याफ्रुबेसी–रसुवा सडक स्तरोन्नतीमा चीनले सघाउने सहमति दिएको छ।



सत्तारुढ दल नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्‍न अयोग्य रहेको भन्दै दायर रिटमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज संवैधनिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।



काठमाडौं-तराईमधेश द्रुतमार्गमा दुईवटा सुरूङ बनाउन कुल ४३ कम्पनी इच्छुक भएका छन्। छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको खन्डको सुरूङ तथ पुल बनाउन २१ वटा र धेद्रेखोलादेखि लेनडाँडासम्मको सुरूङ तथा पुल बनाउन २२ कम्पनीले बोलपत्र दाखिला गरेका हुन्। आयोजना निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ।



सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को विशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो।नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो ।



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्। तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।



राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका केन्द्रीय सदस्य महेश आचार्य, मीनेन्द्र रिजाल र शेखर कोइरालाबीच बोलचालसमेत नहुने गरेको दृष्टान्त, व्यक्तिगत गुट अनि समूहको विवादका कारण नेतात्रयले तीनतिर मुख फर्काएको बुझाइ आमकार्यकर्ताको बुझाइ छ 




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । यद्दपी  प्रदेश ५ सरकारले आफ्नो राजधानी देउखुरीलाई बनाउने प्रस्ताव गरेपछि त्यसको विरोधमा रुपन्देहीमा विरोध शुरु भएको छ ।



प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो।



५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानीसम्बन्धी प्रस्तावमाथि आगामी सोमबारबाट प्रदेश सभामा छलफल हुने बताएका छन् । प्रदेश सरकारले अर्घखाँचीको शीतगंगा नगरपालिका तथा दाङको राप्ती र गरुडा गाउँपालिकाभित्र पर्ने गरी भालुवाङमा प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै पोखरेलले सोमबारबाट प्रदेश सभामा छलफल अघि बढ्ने जानकारी दिएका हुन् ।



प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ । रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । 



प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसका जिल्ला, नगर,जिल्लामा रहेका प्रदेश सांसद र निर्वाचनका प्रत्यासी नेताको सहभागितामा बसेको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँच नम्बर प्रदेश संसदीय दलले दाङको भालुवाङ राजधानी तोक्न ह्विप लगाएको छ । शनिबार बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश र दाङको भालुवाङ मुकाम तोक्ने प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको हो । दाङ राजधानी तोक्ने सन्दर्भमा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासीका करिब १४ जना सांसद्ले नोट अफ् डिसेन्ट, अर्थात् निर्णयमा विमति राखेको प्रदेशसभा सदस्य बैजनाथ चौधरीले जानकारी दिए ।



संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । 



नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो ।



प्रदेश-५ को राजधानी र नामाकरण टुंगाउने क्रममा तेस्रो हप्ता राजनीतिक वृतमा निकै विवाद देखियो । यस अलवा यस साता राप्रप्रा एकीकरण, वामदेव गौतम मुद्दा सुनुवाई, सचिवालय प्रस्तावित एजेन्डाकेन्द्रित नेकपा छलफल प्रमुख रुपमा देखे परे । यी सब घटनाहरूको सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



सर्वोच्च अदालतले चीनले हुम्लामा नेपाली भूमि मिचेको भन्दै दायर रिटमा सरकारसँग जवाफ माग गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

निवेदकले माग दाबी गरेको कुरामा किन आदेश जारी गर्नुनपर्ने हो सोबारे १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश गरेको छ । 



चौथो हप्ता नेपाली राजनीतिक वृतमा के-कस्ता घटनाहरू घटे ? हप्ताभरका सम्पूर्ण राजनीतिक गतिविधिहरू एकसाथ यहाँ पाउनुहोस् ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक