छोटकरीमा : असोज - कोरोना प्रभाव

असोज महिनाभित्र देशभर कोरोना भाइरसको प्रभाव के- कस्तो रह्यो ? राजनीतिज्ञ एवं कलाकारहरू को-को कोरोना संक्रमित बने ? असोजमहिनाभर देशमा कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू एकै ठाउँमा पढ्नुहोस्।



कोभिड संक्रमण भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिस देखिन थालेको रिपोर्टहरू सार्वजनिक हुन थालेका छन्। विशेषगरी कोभिड संक्रमण निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्या देखिन थालेको हो। 



पोखरा पर्यटन परिषदको पोखराका होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ लगायत अन्य पर्यटकीय गतिविधिहरु सुचारु भएको जनाएको थियो।नेपाल सरकारले तोकेका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि जिल्ला प्रशासन कार्यालय कास्कीको असोज १ मा जारी गरेको सूचनाको पूर्ण पालना गर्दै पर्यटकीय गतिविधि सुरु भएको परिषद्ले जनाएको हो।



राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ। सरकारले लामो दुरीको सवारीसाधन चल्न दिएपछि र उपत्यका छिर्ने सर्वसाधारणको संख्यामा पनि वृद्धि आउँदा यस अस्पतालमा दिनहुँ सयौँको संख्यामा परीक्षण गराउन आउनेको भिडभाड हुन थालेको हो।



नेपालमा कोरोना संक्रमण निको भएको लामो समय(तीन हप्ता)सम्म पनि लक्षण देखिएको पाइएको छ। परिषदले सातै प्रदेशमा कोरोना निको भएका १८ वर्षभन्दा माथिको उमेसमूहका ५५२ जनमा अध्ययन गरेको थियो। उनीहरुको शारीरिक, मानसिक र सामाजिक अवस्थाको स्थितिको अध्ययन गरेको थियो। 



काठमाडौं र ललितपुरका तीनजना मेयर–उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको थियो। ललितपुर र गोदावरी नगरपालिकाका मेयर तथा काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयरलाई शुक्रबार संक्रमण पुष्टि भएको हो। 



नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका थिए। उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएइको थियो।



६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ। कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ।



उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन्। यसबीच काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा शुरु गरिएको छ।



कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोड-१९ (कोरोना) संक्रमण भएको छ । ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्‍जालमार्फत जनाएका छन् । 



नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआमा कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आजै कोभिड १९ को रिपोर्ट आएको जानकारीका साथ आफू कोरोना संक्रमित भएको बताएकी हुन्।



प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।



बुढानिलनण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । खरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।



तेस्रो हप्ताको कोरोना भाइरसको प्रभाव यहाँ पढ्नुहोस् ।



चौथो हप्ताको कोरोना भाइरस प्रभाव यहाँ पढ्नुहोस् ।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक