न्यूजिल्याण्डको आम निर्वाचनमा प्रधानमन्त्री जसिन्डाको पार्टीलाई ऐतिहासिक सफलता

विश्व डिजिटल संस्करण

न्युजिल्यान्डको आमनिर्वाचनमा प्रधानमन्त्री जसिन्डाको पार्टीलाई ऐतिहासिक सफलता 

२०७७ कार्तिक १ शनिबार २२:२५:००

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले ऐतिहासिक विजय हासिल गरेकी छिन् । 

कोरोना संकटकै बीच न्युजिल्यान्डमा सम्पन्न आमनिर्वाचनमा जसिन्डाको लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनको सम्पूर्ण परिणाम आउन भने अझै बाँकी छ । 

न्युजिल्यान्डको राजनीतिक इतिहासमा यसलाई ऐतिहासिक विजयको रूपमा हेरिएको छ ।

विपक्षी राजनीतिक दल मध्य दक्षिणपन्थी नेसनल पार्टीले भने जम्माजम्मी २७ प्रतिशत मत प्राप्त गरेको छ । नेसनल पार्टीले निर्वाचनमा पराजय भएको कुरा स्वीकार गर्दै मतदातालाई धन्यवाद दिइसकेको छ । 

गत सेप्टेम्बरमा हुने भनिएको आमनिर्वाचन कोरोना महामारीका कारण अक्टुबरमा सारिएको थियो । पछिल्लो परिणामअनुसार लेबर पार्टीले ४९ प्रतिशत, नेसनल पार्टीले २७ प्रतिशत, एक्ट न्युजिल्यान्ड र ग्रीन पार्टिजले ८ प्रतिशत मत पाएका छन्।

पछिल्लो परिणामप्रति उत्साहित हुँदै लेबर पार्टीकी नेतृ आर्डनले न्युजिल्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको प्रतिक्रिया दिएकी छिन्, ‘सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्ने छैनौँ। म न्युजिल्यान्डका हरेक बासिन्दाका लागि शासन गर्ने पार्टीको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जनताले व्यक्त गरेको विश्वासलाई वास्तविक परिणामतर्फ रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्डनले भविष्यमा समेत जनताले सधैँ विश्वास गरिरहने किसिमले काम गर्ने बताएकी छिन् । उनलेभनेकी छिन्, ‘तीन वर्षको समय धेरै होइन, यो आँखा झिमिक्क पार्दा बित्छ, तर हामी राम्रो काम गर्नेछौँ र फेरि आउनेछौँ ।’
आर्डनको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्‌मा बहुमतका लागि पर्याप्त हुनेछ।

सन् १९९६ मा न्युजिल्यान्डमा मिक्स्ड मेम्बर प्रोपोसनल रिप्रेजेन्टेसन (एमएमपी) प्रणाली लागू भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन।
 

#जसिन्डा आर्डन # न्यूजिल्याण्ड

सम्बन्धित सामग्री

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

१ कात्तिक, काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल, लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । र, आर्डर्नको दलले ६४ सिट ल्याउने …

अनलाइनखबर

आमनिर्वाचनमा न्यूजिल्यान्डकी प्रधानमन्त्रीलाई सफलता

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचामा सफलता हासिल गरेकी छिन्। सत्तारुढ लेबर पार्टीले करिब ४९ प्रतिशत मत प्राप्त गरि ऐतिहासिक विजय हासिल गरेको बीबीसीले उल्लेख गरेको छ। संसदमा उनको दलले बहुमत ल्याउने अनुमान गरिएको छ। विपक्षी न्याश्नल पार्टीले भने २६ प्रतिशत मत प्राप्त गरेको छ। यस्तै, एटिसी न्यूजिल्यान्ड र ग्रीन

पहिलो पोस्ट

न्युजिल्यान्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।

नागरिक दैनिक

न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।

गोरखापत्र

न्युजिल्याण्डकी प्रधानमन्त्रीको रोचक जीवनशैली

न्युजिल्याण्डका बासिन्दालाई आफ्नो व्यक्तिगत जीवनको बारेमा नयाा नयाा कुरा खुलासा गरेर अचम्मित पार्ने गर्छिन्, प्रधानमन्त्री जसिण्डा आर्डर्न । सन् २०१८ को जुन महिनामा आर्डनले आफू गर्भवती भएको घोषणा गरिन् । जबकी त्यतिबेलासम्म उनीको औपचारिक विवाह …

अनलाइनखबर

विश्वकै कान्छी प्रधानमन्त्रीका सुन्दर १० तस्वीर

काठमाडौँ । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ ...

नेपाल आज

जसिन्डा आर्डन : पदमै रहँदा आमा बन्ने विश्वकै दोस्रो प्रधानमन्त्री

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन आमा बनेकी छिन् । उनले आफूले छोरीलाई जन्म दिएको कुरा सामाजिक सञ्जाल इन्स्टाग्राममाफर्त सार्वजनिक गरेकी छिन् । यसका साथै जसिन्डा आर्डन प्रधानमन्त्रीको पदमा रहँदा आमा बन्ने विश्वकै दोस्रो नेता बनेकी छिन् । यसअघि सन् १९९० मा पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो आमा बनेकी थिइन् । ...

उज्यालो अनलाइन