अष्ट्रियामा नेपाली महिलाद्वारा तीन सन्तानको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन्।  

घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले नागरिक न्यूजलाई बताए। 'प्रहरीले ति महिला नेपाली भएको बताएको छ', उनले भने, 'हामी प्रहरीको सम्पर्कमा छौं।'

आफ्नै आमाले हत्या गरेका तीन छोरीको उमेर उमेर ८ महिना, नौं वर्ष र तीन वर्ष रहेको छ। 

प्रहरीले महिलाको परिचय खुलाएको भने छैन।  हत्या पछि ती महिलाले आत्महत्याको प्रयास गरेकी थिइन्।

ती महिलाले अष्ट्रियाको समय अनुसार शनिबार बिहान ५ बजे र २० मिनेटमा प्रहरीलाई आफैले खबर गरेकी थिइन्।  

प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षिया एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगे पछि निधन भएको बताएको छ। महिलाका श्रीमान पनि अष्ट्रियामा नै बस्दै आएका छन्। घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए छ।

 

 

प्रकाशित: १ कार्तिक २०७७ २०:३८ शनिबार

अष्ट्रिया हत्या

सम्बन्धित सामग्री

अष्ट्रियामा नेपाली महिलाले गरिन् तीन नाबालक सन्तानको घाँटी दबाएर हत्या

काठमाडौं :  अष्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी छन्। स्थानीय अनलाइनले जनाए अनुसार ३१ वर्षकी ती नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी हुन्। ३ र ९ वर्षका दुई छोरी र ८ महिनाका छोराको उनले हत्या गरेकी हुन्। पहिलो अटोस्पी रिपोर्टले उनीहरुको हत्या भएको देखाएको हो।

पहिलो पोस्ट

जसले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरिन्

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

नागरिक दैनिक

हब एजुकेसनले अष्ट्रेलियन शैक्षिक मेला गर्ने

काठमाडौं : हब इन्टरनेसन एकुसेनले अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई जानकारी होस् भन्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ। १३ जनवरीमा हुने यो फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीले सम्पूर्ण जानकारी पाउन सक्ने हबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। १४ वर्षदेखि अष्ट्रेलियन शिक्षाबारे नेपा...

थाहा खबर

श्रीमतीद्वारा श्रीमानकाे हत्या!

काठमाडौं- अष्ट्रेलियामा एक नेपाली मूलका युवाको हत्या भएको छ। सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति सन्तोष गौतमको हत्या भएको हाे। ग्रानभिलमा वर्कसप चलाइरहेका गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी ...

नेपाल आज

ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन्

सन् २०१८ मा रुसमा आफ्नै सन्तानको हत्या गरेको अभियोगमा ३३ जना महिलामाथि मुद्दा चलाइयो। विज्ञहरू भन्छन्, यसरी आफ्नै बच्चाको ज्यान लिने महिलाको सङ्ख्या आठ गुणाभन्दा बढी हुन सक्छ।

बीबीसी नेपाली

कृष्ण अष्टमीको अवसरमा आफ्नो बच्चालाई बाँसुरी किनिदिँदै एक महिला

कृष्ण अष्टमीको अवसरमा आफ्नो बच्चालाई बाँसुरी किनिदिँदै एक महिला। तस्बिरः नारायण महर्जन

सेतोपाटी

अष्ट्रेलियामा नेपाली सेफलाई २३ वर्ष जेल

१८ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको …

अनलाइनखबर

ग्राहकको हत्या गरेको आरोपमा नेपाली सेफलाई अष्ट्रेलियामा जेल सजाय

११ जेठ, सिड्नी । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् । ५१ वर्षीय सेफ हरिप्रसाद ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ । उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ …

अनलाइनखबर

सन्यासको संघारबाट अष्ट्रेलियाको टेस्ट कप्तानसम्म

करिब ६ महिनाअघि टिम पेन आफ्नो विकेट किपिङ पञ्जा सदाका लागि छोडेर क्रिकेट सामग्री बनाउने एक कम्पनीमा काम गर्न मनस्थितिमा थिए। अष्ट्रेलियाको सबैभन्दा सानो राज्य तास्मानियाको टिममा पनि छनौट हुन नसकेपछि उनले खेल जीवनबाट सन्यास लिने सोच बनाएका थिए। तर तास्मानिया क्रिकेट बोर्डका सिइओ टिम कमिन्सले उनलाई हतारमा निर्णय नगर्न सुझाए। पेनले कमिन्सको सुझाव माने। …

सेतोपाटी