कोरोना प्रभावितलाई रोजगारी दिने रणनीति : डोजर र स्काभेटरले गर्ने काम स्थानीयलाई

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानीयहरुलाई श्रमिकहरुलाई लगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो । विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानीय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना सञ्चालन गरेको उहाँकाे भनाइ छ । 

श्रममा आधारित योजनाले कोभिड-१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगारी पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताउनुभयो ।

अब बंगलाचुलीका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटर बिनै काम गर्नु पर्ने छ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनु भयो ।

 

 

सम्बन्धित सामग्री

‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु उद्यान बनाइँदै

जङ्गली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन् । पर्यटन विकासका लागि हिंस्रक जङ्गली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा यहाँको मादी गाउँपालिकाले भने ‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु पार्क निर्माण शुरु गरेको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वडा नं ६ को तप्राङमा एक हजार ७०० रोपनी क्षेत्रफलमा ‘तप्राङ खुला वन्यजन्तु पार्क’ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी गत आर्थिक वर्ष २०७६÷७७ बाट निर्माण प्रक्रिया शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताउनुभयो । उहाँका अनुसार सो पार्कमा देश तथा विदेशमा भएका चिडियाखानामा जस्तो जङ्गली जनावरल्याई थुनेर व्यवस्थापन गर्ने भन्दा भिन्नरुपमा तोकिएको क्षेत्रभित्र अहिंस्रक र जोखिममुक्त जनावरलाई खुला छाडेर उनीहरुको ‘इकोसिस्टम’ प्रकृतिबाटै हुने गरी प्राणी उद्यानको विकास गरिनेछ ।

गोरखापत्र

विपन्नलाई आवास निर्माण

दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि ‘आवास निर्माण’ गरेको छ । गाउँपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि तीन करोडको लागतमा घरहरू निर्माण गरेको हो । संघीय सरकारको विशेष अनुदानअन्तर्गत दुई करोड ६४ लाख र गाउँपालिकाको ३६ लाख रुपैयाँबाट गत वर्ष बंगलाचुली गाउँपालिकाको चार वडाको पाँच स्थानमा दुई कोठे ३० वटा घर (प्रिफेब) निर्माण गरिएको बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले बताए । “विपन्न समुदायका लागि आवास निर्माण गरेका छौं,” उनले भने, “निर्माण भएका आवासमा मानिस बस्न सुरु गरेका छन् ।”

कारोबार दैनिक

गाउँमा डोजर पस्यो, युवाहरु काम खाेज्न भारत छिरे

डोटी । गाउँमा सडक खन्न डोजर भित्रिएपछि श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन प्रयोग गरेर सडक निर्माण गरिरहेकाले श्रमिकहरु …

समयमै आयोजना सम्पन्न गर्न जनप्रतिनिधिको ताकेत

असारे विकासको अन्त्य गर्न जिल्लाको नरहरिनाथ गाउँपालिकाले स्थानीय तहमा सञ्चालन भएका योजनाहरु समयमै सम्पन्न गर्न अनुगमनलाई कडाई गरेको छ । विकास आयोजना समयमै सक्न गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउने अभियान थालेको छ । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता र अनुगमन थालेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेको हो ।

गाउँमै योजना सम्झौता र बैंक खाता सञ्चालन

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीमा सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुँदा स्थानीयलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंक खाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको वडाअध्यक्ष गुणखर अधिकारीले बताए । “वडामा गाउँभेलामार्फत बनेका ३३ वटा योजनाको उपभोक्ता समितिहरुले सम्झौता र खाता सञ्चालन गरेका छन्, अब योजनाको काम सुरु हुन्छ, ।,” वडाअध्यक्ष अधिकारीले भने ।

एउटै उपभोक्ता समितिलाई ११ योजना

सरकारी बजेट उपभोक्ताले पनि खर्च गर्छन् । विगतदेखि नै उपभोक्ता समितिले सरकारी बजेट खर्च गर्दै आएका हुन् । तर, कमिसनको भरमा काम गर्नु, समितिहरू नै दलीय भागबण्डामा चयन गरिनु, हरहिसाब फेहरिस्त नराख्नु र फस्र्योट नगर्नु उपभोक्ता समितिका साझा दुर्गुण हुन् । संघीयतामा स्थानीय तह नै पंगु हुनेगरी भ्रष्टाचार बढेको सरकारी निकायले बताउँदै आएका छन् । यस्तै, भ्रष्टाचारलाई प्रश्रय दिने गरी खोटाङको जन्तेढुंगा गाउँपालिकाले एउटै उपभोक्ता समितिलाई ११ योजना सुम्पेको छ ।

कारोबार दैनिक

ठेक्का प्रक्रियाका योजना अब उपभोक्ता समितिबाट मात्रै

संखुवासभा : जिल्लाको विकट उत्तरी क्षेत्रमा रहेको  शिलिचोङ गाउँपालिकाले  ठेक्का प्रक्रियालाई खारेज गरेको छ। गाउँपालिकाले विकास निर्माण तथा भौतिक योजनाहरू उपभोक्ता समितिबाट मात्रै सञ्चालन गर्ने भएको छ। शिलिचोङ गाउँपालिकाको बैठकले विकास निर्माणका काममा उपभोक्ता समितिमार्फत मात्र प्रक्रिया अघि बढाउने निर्णय ग...

थाहा खबर

फोहोरमैला व्यवस्थापनका लागि डेढ करोड बराबरको जग्गा प्रदान

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकाको भवन, फोहोरमैला व्यवस्थापन क्षेत्र र आर्यघाट निर्माणका लागि जग्गा निःशुल्क प्राप्त भएको छ। गाउँपालिकाले निःशुल्क जग्गा प्राप्ति सम्बन्धी सूचना प्रकाशन गरेपछि सात जना जग्गा धनिहरुले मिक्लाजुङको मुडेगाउँमा २१ रोपनी जग्गा दिएका हुन्। चल्तिको मूल्यअनुसार गाउँपालिकालाई प्राप्त भएको जग्गाको ...

थाहा खबर