छोटकरीमा यस हप्ता : असोज २५ गतेदेखि कार्तिक ०१ गतेसम्म (राष्ट्रिय)

यस हप्ता देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। यस हप्ता मुलुकभर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



पछिल्लो सातदिन भित्र देशभर कोरोनाले प्रभाव कस्तो रह्यो ? राजनीतिज्ञ एवं कलाकारहरू को-को कोरोना संक्रमित बने ? यस हप्ताभर नेपालभर कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू एकै ठाउँमा पढ्नुहोस्।



यस साताभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।



यस हप्ता नेपाली राजनीतिक वृतमा के-कस्ता घटनाहरू घटे ? हप्ताभरका सम्पूर्ण राजनीतिक गतिविधिहरू एकसाथ यहाँ पाउनुहोस् ।



जाजरकोटको भेरी नगरपालिका– ४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको गत १० जेठमा हत्या अभियोगमा जिल्ला अदालतको आदेशउपर उच्च अदालत सुर्खेतमा परेको निवेदनमा घटनामा संग्लन रहेका आरोपितलाई छाड्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको छ । मुख्यन्यायाधीश कुमाल चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । 



सार्वजनिक जग्गामा सरकारी संरचना निर्माण गर्न थालेपछि रामेछापका दुई वटा कार्यालय भवनको निर्माण कार्य रोक्न स्थानीय प्रशासनले निर्देशन गरेको छ । वाग्मती प्रदेश सरकारअन्तर्गत जिल्ला पूर्वाधार कार्यालय र खानेपानी डिभिजन कार्यालयका भवनहरुको ठेक्का भई निर्माण थालिएको थियो । 



चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । तत्कालीन सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गुल्म (राजस्व भन्सार सुरक्षा गुल्म) खारेज भएसँगै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो



आफूले तोकेको प्रकाशनगृहको पाठ्यपुस्तक प्रयोग नगरेको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धनगढी नगर समितिले विद्यालयहरूबाट जरिवाना असुल्न थालेको छ । नगर समितिले पत्र पठाउँदै तोकिएका पाठ्यपुस्तक प्रयोग नगर्ने प्याब्सन आबद्ध निजी विद्यालयलाई १० देखि ५० हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ ।



बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । 



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गत भदौ १८ गते जग्गाको कित्ताकाट खुलाउने निर्णय भयो । कित्ताकाट खुलाएपछि मन्त्रालयको विरोधसमेत भयो ।



भक्तपुरको याछेँ ६ स्थित ७४ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् 



१ सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्‌बीच सम्झौता भएको छ । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा भर्चुअल छलफलपछि अनलाइनमार्फत नै विश्वविद्यालयका प्रमुख डा. सुवास पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो । 



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ०७७ भदौ १८ गते जग्गा कित्ताकाट खुलाउन गरेको मन्त्रीस्तरीय निर्णय अर्थहीन रहेको संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले निष्कर्ष निकालेको छ ।

समितिको मंगलबार बसेको बैठकले उक्त निर्णयलाई कानुनले नचिन्ने भन्दै भूमिसम्बन्धी ऐन ०७६ काे नियमावली बनाउन निर्देशन दिएको छ ।



जारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएका छन्। बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए।



सरकारले बलात्कार जस्तो संवेदनशील विषयलाई महत्त्वका साथ सम्बोधन गर्न छोडेर सत्तामोहमै केन्द्रित भइरहेको बेला चित्रकारहरूले पनि कुची र रङले क्यानभासमा यसको विद्रोह जनाइरहेका छन् । चित्रकला सजावटको सामान मात्रै नभई समाजमा भइरहेका घटनालाई प्रस्तुत गर्ने र त्यसमा आवाज उठाउने राम्रो माध्यम पनि भएको भन्दै चित्रकारहरूले आफ्नो कलामार्फत विरोध र जनचेतना जगाइरहेका हुन् ।



कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गणअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसिसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हाे ।



 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको ६ महिना नबित्दै पछिल्लो समय दैनिकजसो आन्दोलन हुन थालेको छ । एउटा संस्थाको आन्दोलन किनारा नलाग्दै अर्को संस्थामा आबद्ध प्रतिष्ठानभित्रका चिकित्सक, कर्मचारी, नर्सहरू आन्दोलित हुन थालेका छन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रूपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । 



एकैपटक १ सय १४ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले १ सय १४ जना न्यायाधीशको सरुवा गरेको हो । 

परिषद्का अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा र सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी सरुवा गरिएको छ । त्यस्तै, अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा गरिएको छ । 



जिल्ला प्रहरी कार्यालय नवलपरासीले (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातासविरुद्धको अभियान तीव्र बनाइरहेका वेला जिल्लाकै सैनिक ब्यारेकभित्र जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गणअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसिसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हाे ।



नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । 

नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ । 



सरकारको कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागू गर्नुपर्ने सूचनाप्रति व्यवसायीहरुले स्वागत गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन) ले संयुक्त वक्तव्य जारी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयको आज जारी विज्ञप्तीप्रति स्वागत गरेका हुन् ।



अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । 

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीनवटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । 



सर्लाही सदरमुकाम मलंगवामा बुधबार नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

रामनगर गाउँपालिका– ७, सिसौटका महेन्द्र रामलाई गत २१ असोजमा स्थानीयले कुटपिट गरेको र भोलिपल्ट उपचारको क्रममा उनको निधन भएको थियो ।



विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । 

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाहगृह निर्माण गर्न लागिएको हो । 

महानगरपालिकाको आर्थिक वर्ष ०७७–७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुनेछ । 



पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीस्थित ओरिया खोलाको बगरमा बुधबार राति प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको छ ।

हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार पक्राउ परेका ४ जना स्थानीय नै हुन् ।



सियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो ।



बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताए । 



मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई चुमनुब्री गाउँपालिका–१ सामागाउँवासीले गत मंगलबार भव्य स्वागत गरे । स्थानीय पोसाक लगाइदिए । परम्परागत नृत्य देखाए । त्यति मात्रै होइन स्थानीय एक डाडाँको नाम नै बहराइनको राजपरिवारको नामबाटै नामकरण गरिदिए ।



 वीरेन्द्रनगरका किशोरी तथा बालिकाहरुले बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले बिहीबार र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।



दसैं नजिकिएसँगै लगानीकर्ता बाहिरिँदा यो साता नेप्सेमा बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो साता बजार परसूचक नेप्से २७.१८ अंकले घटेर १५६२.४६ अंकमा बन्द भएको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि ३७.९७ प्रतिशते घटेको छ । 



पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनालले फेसबुक स्टाटस लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य बताएका हुन् । गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।



काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकले विद्यालय घेराउ गरेका छन् । 

अभिभावकले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक