चिनिया कम्पनी बाइटडान्सले १२ महिनामा टिकटक नबेचे अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट ३६० मतका साथ पारित भएको यो बिल सिनेटबाट गएराती ७९ मतका साथ पारित भएको हो । बिलमा आज राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् । अब बाइटडान्सले सन् २०२५ सम्मको अप्रिलसम्म टिकटक नबेचेमा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ […]
विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् ।
जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ ।
१२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो …
रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो ।