तस्बिरमा हेर्नुहोस् निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ तर्फ गरी ६५ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनकर्मीले बताए।

आयोेजना प्रमुख मुनकर्मीका अनुसार धावनमार्ग (रनवे), ट्याक्सी मार्ग, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भइसकेको छ।

‘आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको। फिनिसिङ र डेकोरेशनको काम बाँकी छ’ प्रमुख मुनकर्मीले भने। आयोजनाको लागि २ सय ७० कामदार दैनिक खटिएको उनले जानकारी द

जसमध्ये चिनियाँ मजदुर १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरेको उनले बताए। इक्युपमेन्टको काम चार महिनामा सकिने उनले बताए।

डिसेम्बर भित्र सामान आए काम समयमा सम्पन्न हुने र सन् २०२१ जुलाई भित्रनै विमानस्थलको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६३ प्रतिशत सकियो

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति ६३ प्रतिशत पूरा भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्‍न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ।  यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ। विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्म...

थाहा खबर

यस्तो देखियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (फाेटाे फिचर)

कास्की – राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सकिएको छ ।  अहिलेसम्म विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, ह्याङ्गर, लाइटिङका काम सकिएको हो । गाडी गुड्ने रोड, एक्सेस रोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।&nb...

उज्यालो अनलाइन

लकडाउनले आयोजनाको काम करिब १३ प्रतिशत घट्यो

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सम्पन्न भएको छ । १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने भनेपनि हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभावपनि निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परेको विमानस्थल निर्माण आयोजना प्रमुख दिनेश मुनंकर्मीले बताए ।

नागरिक दैनिक

हाल ६२ प्रतिशत काम सम्पन्न, समयमै सक्ने प्रतिबद्धता

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ६२ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो । पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।

गोरखापत्र

पोखरा विमानस्थलको ४२ प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान सुरु गरिएको छ । पोखरा विमानस्थलको निर्माण कार्य तीव्र गतिले अघि बढिरहेको अवस्थामा पोखरा विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान कार्य सुरु गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले बताए ।

कारोबार दैनिक

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री

पोखरा, साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको...

गोरखापत्र

पोखरा विमानस्थलको प्रगति सात प्रतिशत - Naya Patrika

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम करिब ७ प्रतिशत सकिएको छ । कुल कामको ७ प्रतिशत सकिए पनि चालू आर्थिक वर्ष ०७४-०७५ मा सम्पन्न गर्नुपर्ने...पूरा पढ्नुहोस् »

Naya Patrika