यस साता : कोरोना प्रभाव (राष्ट्रिय )

पछिल्लो सातदिन भित्र देशभर कोरोनाले प्रभाव कस्तो रह्यो ? राजनीतिज्ञ एवं कलाकारहरू को-को कोरोना संक्रमित बने ? यस हप्ताभर नेपालभर कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू एकै ठाउँमा पढ्नुहोस्।



कोरोना भाइरसको संक्रमणबाट केही दिन पहिले मात्रै मुक्त भएका र अहिले पनि आइसोलेसनमा रहेका कांग्रेस सांसद श्रेष्ठले दसैं र तिहार निजिकिँदै गएको अवस्थामा सरकारले कडा लकडाउनको घोषणा नगर्ने हो भने काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा जाने बताए । अहिले लकडाउन गर्ने उपयुक्त बेला भएको सांसद श्रेष्ठको सुझाव थियो । 



कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा बसेका मैतिदेविका ४७ वर्षीया पुरुषलाई अचानक शनिबार बेलुका ज्वरो र श्वास फेर्न गाह्रो भयो । ती पुरुष होम आइसोलेसनमा बसेको ७ औं दिनमा उक्त समस्या देखिएको थियो । 

उनका आफन्तले अस्पताल लैजान वीर अस्पतालमा फोन गरे । तर बेड खाली छैन भन्‍ने जवाफ आयो । त्यसपछि पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,त्रिवि शिक्षणअस्पताल महाराजगञ्ज,ललितपुरको पाटन अस्पतालमा फोन गरे तर एउटै जवाफ आयो वेड खाली छैन् । 



विराटनगरमा नेपाल-भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्‍याएर आउने-जाने नागरिकबाहेकलाई आउजाउमा पूर्णत: बन्देज लगाइएको छ । तर, दसैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गइ किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ ।



उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ। 

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्णलगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन्।  



सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पजिटिभ देखिएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए ।



लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । 



काठमाडौं जोरपाटीकी आठ महिनाकी गर्भवती कमला तामाङले नेपाल मेडिकल कलेज अत्तरखेलमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् । तर, चिकित्सकले राम्रोसँग जाँच गर्न छाडेपछि थप स्वास्थ्य परीक्षणका लागि उनी सिभिल अस्पताल पुगिन् । त्यहाँ पनि उही समस्या दोहोरियो । अस्पताल गएर बुझ्दा डेलिभरी गराउन नसक्ने भन्दै अन्तै रिफर गर्ने बताएपछि उनी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन् । 



उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिस्ट्रार सीता रेग्मीले बताइन् । 



धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको कोभिड– १९ अस्पतालका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरूलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटरमध्ये ६ वटाले काम नगरेर थन्किएपछि भेन्टिलेटरकै अभावमा संक्रमितको ज्यान गएको थियो ।



पोखरा महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ । 

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।



ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रजिअलाई कोरोना पजिटिभ भएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ ।  



स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित आइसोलेसनमा नबसे संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिएको छ । तर, पोखरामा संक्रमित नै फेला नपर्ने समस्या देखिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार पछिल्ला हप्ता सातजना संक्रमित फेला परेका छैनन् । उनीहरूलाई खोजिएको भए पनि स्वाब परीक्षण गराउँदा नक्कली परिचय र नक्कली नम्बर टिपाएकाले समस्या आएको हो ।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले ट्विट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।

कोरोना भाइरसको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै अध्यक्ष थापाले केही दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।  



गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । 

उनले आज फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जनाएका छन् । 



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको मृत्युमासमेत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पार्टीले गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’ ले कोरोना महामारीसम्बन्धी तयार पारेको प्रतिवेदन बुझ्दै उनले यस्तो आरोप लगाएका हुन् ।  



काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो । कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।



गत आइतबारसम्म १,०७,७५५ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबारसम्म १,२९,३०४ पुगेको छ।

गत आइतबारसम्म कोरोना भाइरसका कारण ६३६ मृत्यु भएकोमा यस शनिबारसम्म ७२७

पुगेको छ।

गत आइतबारसम्म ७५,८०४ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ८९,८४० पुगेको छ।

यस्तै, हालसम्म १२,६९,६०५ जनाको पिसीआर टेस्ट भएको छ भने ४,७१५ जना क्वारेन्टाइनमा रहेका छन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक