वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरी छापा, २३ किलो बढी सुन बरामद

१ कात्तिक, वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहाँ बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

यो फ्लाट अशोक सिन्हाको भनिएको छ र यसबारे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

अपडेट*

सम्बन्धित सामग्री

वीरगञ्ज सुन अपरेशनको नालीबेली : मक्किएको दराजमा खजना !

१ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-५, रशमकोठीमा रहेको गणेश अपार्टमेन्ट आसपास दुई दिनदेखि नयाँ व्यक्तिहरु देखिएका थिए । शनिबार अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बर फ्ल्याटमा तिनै व्यक्तिलाई बर्दीमा देखेपछि स्थानीयले थाहा पाए- बिहीबारदेखि देखिएका नयाँ …

अनलाइनखबर

वीरगन्जको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद

काठमाडौं । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको छ ।

बाह्रखरी

वीरगंजको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?

वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको हो। अपार्टमेन्टको

पहिलो पोस्ट

विस्कुट र गहना गरी बरामद सुन करिब २३ किलो, कोही पक्राउ परेन

वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गाएको छ ।

गोरखापत्र

वीरगञ्जबाट २३ किलो सुन बरामद

पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेकाे छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा...

उज्यालो अनलाइन

पर्साको जगरनाथपुरबाट ३५ केजी चरेस बरामद

२१ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले बुधबार ३५ केजी लागूऔषध चरेस बरामद गरेको छ । जगरनाथपुर गाउँपालिका–६ झक्रा मसियानी टोलबाट सशस्त्र प्रहरीको टोलीले ७० वटा प्याकेटमा रहेको ३५ केजी चरेस बरामद गरेको हो …

अनलाइनखबर

पर्साबाट ४८० कार्टुन अगरबत्ती बरामद

२१ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले ४८० कार्टुन अगरबत्ती बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-२१ स्थित परवानीपुरबाट बाराको जीतपुरतर्फ जाँदै गरेको ना.२ ख ९०१५ नम्बरको ट्रक चेकजाँच गर्नेक्रममा उक्त परिमाणको अगरबत्ती बरामद गरेको प्रहरीले जनाएको छ …

अनलाइनखबर

भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद

२३ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जमा कपडा बरामद गरेको छ । रातको समयमा भन्सार छलेर ल्याउँदै गरेको चार लाख १८ हजार ३१ रूपैयाँ बराबर मूल्यको बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका-६ छपकैया …

अनलाइनखबर