काठमाडौं– नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित एक घरमा कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) […]
६ मङ्सिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको …
पोखरा। पृथ्वी राजमार्गअन्तर्गत विजयपुर खोलामा ग्रिडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ। पृथ्वी राजमार्गको पोखरास्थित विजयपुर पुलमा ग्रिडर लन्च गर्न आंशिक र पूर्ण रूपमा सडक बन्द गर्न लागिएको हो। यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधनलाई आयोजनाले आग्रह गरेको छ। पुल निर्माणका लागि प्रिकास्ट र प्रि-स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ। अहिले […]
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । सोमपाल र रोहितको प्रतिस्पर्धाशनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी […]
कोभिड कहरका बेला संगीत/सिनेमाजस्ता कला संसारभरिका धेरै मानिसमा आशाको सञ्चार गर्ने स्रोत बनेको थियो। त्यसैबीच बंगाली स्वरमा गाइएका केही पुराना नेपाली लोकगीत सामाजिक सञ्जालमा फैलिन थाले। तीमध्ये झलकमान गन्धर्वका दुई गीत चर्चित बने– ‘तिम्रै नै माया लाग्दछ साइँली’ र ‘अल्लारे नानी केसी’। स्वर थियो– कलकत्ताका गायक अर्को मुखर्जीको। नेपाली रियालिटी सो र युट्युबका कभर गीतहरूमा […]