लक्षण नदेखिने कोरोना संक्रमितको शरीरमा पनि हुन्छ यस्तो क्षति: अनुसन्धान

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिमध्ये झन्डै ४० प्रतिशत मानिसलाई लक्षण नै नदेखिने विज्ञले बताएका छन्। अर्थात् उनीहरूलाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिँदैन।  

तर त्यस्ता बिरामीले आफूलाई केही भएको छैन भन्ने नठान्न विज्ञले चेतावनी दिएका छन्।  

क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमितको पनि फोक्सोमा क्षति भएको अनुसन्धानबाट पत्ता लागेको हो। लक्षण नदेखिएका संक्रमितको फोक्सो परीक्षण गर्दा फोक्सोमा बादलजस्ता सेता प्याच देखिएको अनुसन्धानकर्ताले बताएका छन्। जसलाई ‘ग्राउन्ड ग्लास ओपासिटी’ भनिन्छ।  

डायमन्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरेका ७ सय १२ जना कोरोना संक्रमण भएकामा ३ सय ३१ जनामा यसका कुनै लक्षण देखिएको थिएन। तर तीमध्ये ७६ जनाको फोक्सो परीक्षण गर्दा आधाभन्दा बढीको फोक्सोमा त्यस्तो दाग देखिएको हो।  

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका प्राध्यापक डा। एलिन मार्टीका अनुसार कुनै लक्षण नदेखिएका ६७ प्रतिशत संक्रमितको फोक्सोमा क्षति भएको पाइएको हो। उनीहरूको फोक्सोको सिटी स्क्यान गरेर हेर्दा त्यस्तो पाइएको हो।  

यसर्थ लक्षण देखिएन भन्दैमा कोरोनाबाट संक्रमित भएकाले ढुक्क हुने स्थिति नरहेको अनुसन्धानकर्ताको भनाइ छ।  

प्रकाशित: १ कार्तिक २०७७ १३:०६ शनिबार

लक्षण फोक्सो

सम्बन्धित सामग्री

सुशान्त मृत्यु प्रकरण: रियाप्रति गरिएको शंकाविपरीत आयो भिसेरा रिपोर्ट

भारतीय सञ्चारमाध्यमका अनुसार एम्स प्यानलले सुशान्तको शरीरमा कुनै विष नदेखिएको भिसेरा रिपोर्ट घटना अनुसन्धान गरिरहेको सिबिआईलाई बुझाएको हो।

नागरिक दैनिक

इटहरीमा सय शय्याको आइसोलेसन तयार

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न १०० शय्याको आइसोलेसन सञ्चालन ल्याएको छ। इटहरी रंगशालामा १६ वटा शौचालय, चारवटा वाथरुम, दुईवटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा इन्टरनेट र सिसिटिभी जडान गरिएको छ। ...

थाहा खबर

कोरोना संक्रमितको सोलुखुम्बुमै उपचार

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमै कोरोना संक्रमितको उपचार गरिने भएको छ। लक्षण नदेखिएको तर कोरोना पुष्टि भएकाहरुको जिल्ला अस्पताल फाप्लुको कोभिड १९ आइसोलेसन कक्षमा राखेर उपचार गरिने अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्। स्वाब संकलन गरी पठाइएकामध्ये कोरोना पुष्टि भएकी एक युवतीलाई अहिले सोही अस्पतालमा र...

थाहा खबर

सबै कोरोना संक्रमितको जिम्मा लिन सरकारलाई निर्देशन

१४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका …

अनलाइनखबर

'शरीरमा भएको टी-सेल्सले कोरोनालाई रोकिरहेको छ' : अनुसन्धाता

शरीरमा चिसोका कारण लाग्ने भाइरसबाट कोरोना संक्रमण पहिचान गर्न सहयोग पुग्ने तथ्य पत्ता लागेको छ। अनुसन्धानकर्ताहरूका अनुसार हुने टी सेल्सले इम्युनिटी प्रणालीको क्षमतालाई बढाउन सक्छ। चिसोको कारण शरीरमा लाग्ने भाइरसको पहिचान गरी यसबाट बच्न सकिन्छ। विश्वका अधिकांश कोरोना संक्रमितमा हलुका लक्षण देखिएको छ। सामान्य लक्षण द...

थाहा खबर

धमाधम देखिन थाले लक्षणसहितका संक्रमित, आइसियुमा पनि चाप बढ्याे

काठमाडौं :  कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ। संक्रमितको बढेसँगै लक्षणसहितको संक्रमित बढन थालेको छन्। मुलुकभर सुरुवातीको दिनमा देखिएका संक्रमितमा कोरोनाको लक्षण नदेखिए पनि पछिल्लो केही दिनयता संक्रमितमा ज्वरो,रुघाखोकी र थकानको महसुस हुने लक्षण देखिन थालेको हो। लक्षण देखिन थालेपछि अस्पतालको भेन्टिले...

थाहा खबर

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

३० फागुन, काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ …

अनलाइनखबर

प्रमुख निर्वाचन आयुक्तको निवास परिसरमा विस्फोट

९ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवास परिसरमा बम विस्फोट भएको छ । धापाखेलस्थित निवासलाई लक्षित गराएर भएको विस्फोटबाट झ्यालका सिसाहरु फुटेका छन् । कमाउण्ड पर्खालमा पनि क्षति भएको प्रहरीले जनाएको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर