रसुवाको पर्यटकीयस्थललाई प्लाष्टिक मुक्त बनाइने

रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।  

दशै सकिए लगत्तै मंसिर १५ गतेसम्म अभियान सञ्चालन हुने छ। पर्यटकीय क्षेत्रहरूमा प्लाष्टिकजन्य फोहोर बढ्दै जाँदा पर्यटन क्षेत्रमा नकरात्मक असर पर्ने भएकाले दिगो वातावरणीय तथा पारिस्थितिक प्रणाली व्यवस्थापन (सिम) नेपालले हरियाली नेपाल अभियान अन्र्तगत अभियानलाई अघि बढाउन लागेको हो।  

यसका लागि पहिलो चरणमा गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकायसँग छलफल कार्य अघि बढाइएको छ। सिम नेपालका अनुसार क्यान्जिन लाङटाङ हुँदै स्याफ्रुबेसीसम्म, गोसाइँकुण्ड ठुलोस्याफ्रु हुँदै स्याफ्रुबेसीसम्म र गोसाइँकुण्डदेखि धुन्चेसम्म गरी तीनवटा पदमार्गमा अभियान सञ्चालन गरिने छ।  

अभियानमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने र लाङटाङ, क्यान्जिन, गोसाइँकुण्ड, ठुलोस्याफ्रु, स्याफ्रुबेसी लगायतका स्थान र पदमार्गमा भेटिएका पोलेथिनजन्य वस्तुको व्यवस्थापन गरिने शून्य पोलिथिन अभियन्ता एंवम सिम नेपालका संरक्षक ढाकामोहन अधिकारी (निपेश ढाका) ले बताए।  

पछिल्लो समय बढ्दै गएको पोलिथिन प्रयोगले वातावरणमा प्रतिकुल असर पारेको र अहिलेको परिवेशमा प्लास्टिकको प्रयोगमा बन्देज लगाउने कुरा सम्भव नभएकाले अभियान सञ्चालन गरिरहेको उनले बताए। प्लास्टिकले माटो र पानीका स्रोतलाई समेत दुषित गरि लाखौ जीवजन्तुहरुको नास भएको विभिन्न तथ्यांकले देखाएका छन्। पोलिथिन नकुहिने र जलाउँदा पनि असर गर्ने भएकाले यसको व्यवस्थापनमा नै उचित ध्यान दिनुपर्ने उनको भनाइ छ।  

पोलिथिनको प्रयोगलाई रोक लगाउने र विभिन्न सार्वजनिक स्थल, टोल छिमेक वरिपरि एकछत्र फालिएका पोलिथिनको व्यवस्थापन गर्नु आजको आवश्यकता रहेको संस्थाले जनाएको छ। संस्थाले माटो र पानीलाई असर गर्ने अव्यवस्थित फोहर सम्बन्धी विभिन्न समुदायमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापन कार्यलाई समेत सिकाउने काम गरिरहेको छ।  

जिल्लाको पर्यटकीयस्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुसदेखि विदेशी पर्यटकको आगमन शुन्य भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७७ १२:२८ शनिबार

प्लाष्टिक मुक्त पर्यटकीयस्थल

सम्बन्धित सामग्री

लाङटाङका पर्यटकीय होटेल आजदेखि सञ्चालनमा

कोरोना संक्रमित बढेपछि बन्द भएका रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल आज (आइतबार) देखि सञ्चालनमा आएका

नयाँ पत्रिका

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

नागरिक दैनिक

कुण्डै-कुण्डको जिल्ला रसुवा (फोटो फिचर)

रसुवा धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो। जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थुप्रै छन् लाङटाङ, गोसाइँकुण्ड, रसुवागढी लगायतका क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने गरेका छन् भने धेरै क्षेत्र प्रचारप्रसारको अभावमा अझै ओझेलमा छन्। रसुवा जिल्लालाई कुण्डै कुण्डको जिल्ला भनेर पनि चिनिन्छ।

नागरिक दैनिक

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन

मनाङ, साउन ४ गते । पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ । अन्नपूर्ण...

गोरखापत्र

पर्यटकीय जिल्ला मनाङमा पनि होमस्टे सञ्चालन

मनाङ : पर्यटकीय जिल्ला मनाङ आन्तरिक पर्यटनलाई सहज र गाउँ बस्तीको अवस्था चिनाउनको लागि होमस्टे सञ्चालन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा स्थानीयको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचनको लागि घरवास अर्थात होमस्टेको अवधारण ल्याइएको हो। यस जिल्ला पर्यटन पदमार्गको रूपमा विश्वभर परिचित भएता पनि आन्तरिक पर्यट...

थाहा खबर

लाङटाङको प्रचारलाई साहित्य

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ ।पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

नागरिक दैनिक

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

नागरिक दैनिक

मोदीको सुरक्षामा अन्‍नपूर्ण पदमार्ग तीन दिन बन्द गरिने

लमजुङः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणलाई केन्द्रित गरेर विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक लगाइने भएको छ। मोदीको सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो। पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने...

थाहा खबर