नारायणकाजी श्रेष्ठ एक्ला सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्

मुख्य समाचार प्रिन्ट संस्करण

नारायणकाजी श्रेष्ठ एक्ला  सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्

२०७७ कार्तिक १ शनिबार ०७:२३:००

संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् ।

तर, उनीहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ । 

त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ । 

मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन् । यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन् । 

याे पनि पढ्नुहाेस् : महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण

#नारायणकाजी श्रेष्ठ

सम्बन्धित सामग्री

दसैं भत्ता : सरकार र सभामुख चुक्दा सांसदको बदनाम

४ कात्तिक, काठमाडौं । गत असोज २६ गते संघीय संसद सचिवालयले सांसदहरुको बैंक खातामा चाडपर्व खर्च (दसैं भत्ता) सहित जोडेर असोज महिनाको तलब डिपोजिट गर्‍यो । ‘यसवर्ष दसैं भत्ता आउँदैन होला’ भनेर बसेका सांसदहरू झसंग …

अनलाइनखबर

प्रदेश २ का सभामुखद्वारा दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा

३ कात्तिक, जनकपुरधाम । प्रदेश २ का सांसदले पनि दसैँ भत्ता पाएका छन् । सांसदहरुको दसैँ भत्ता बैंक खातामा गइसकेको छ । कोरोना कहरसँग जुधिरहेको प्रदेशका सांसदले दसैँ भत्ता कानुन अनुसार नै पाएको प्रदेशका सभामुख सरोजकुमार …

अनलाइनखबर

दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय …

अनलाइनखबर

नेकपा सांसदहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने तयारी

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको …

अनलाइनखबर

संसद सचिवालयलाई भीम रावलको पत्र : मेरो दसैँभत्ता फिर्ता लिनुस्

२ कात्तिक, काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् । संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका …

अनलाइनखबर

महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण

सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा

नयाँ पत्रिका

दसैं भत्ताका लागि सरकारी कर्मचारीलाई साढे छ अर्ब निकासा

काठमाडौं : सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे छ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट ...

थाहा खबर

संसद सचिवालयका ३१ ल्यापटप पूर्वसभासदहरुबाट गायव

संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन् । ३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् । कानूनतः कार्यकाल सकिएको…

Setopati