कोरोना भाइरस नेपालः थप ४३ सय जनामा कोरोनाभाइरस, मृतकको कुल सङ्ख्या ७१५

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

नेपालमा विगत २४ घण्टामा ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

देशभरि विभिन्न जिल्लामा गरिएका १६,५३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको छ।

  • दशैँको मुखमा निषेधाज्ञाबारे काठमाण्डू उपत्यकाका तीन जिल्लाका प्रमुख के भन्छन्
  • पहिलेका कोरोनाभाइरस 'हटस्पट'का जनप्रतिनिधिका काठमाण्डूलाई पाँच सुझाव

चौबीस घण्टाको अवधिमा शुक्रवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

योसहित नेपालमा अहिलेसम्म ७१५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

कति जना भए निको?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,५२२ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ८८,०४० सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.८ प्रतिशत हो।

बिहीवार ३,७४९ जनामा सङ्क्रमण र १९ जनाको मृत्यु पुष्टि भएको थियो।

  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।

त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।

दश दिनको अवधिमा अहिले चौथो पटक दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४,००० नाघेको हो।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३७,३८२ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १२,३३६ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,०४६ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

  • कोभिड-१९ भाइरस ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्छ’
  • कोभिड उपचारमा रेम्डेसिभिर औषधिको प्रभावकारितामा प्रश्नचिह्न

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ नाघ्यो।

  • नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
  • कोरोनाभाइरससँग जुझ्न भिटामिन 'डी'को प्रभावकारिताबारे परीक्षण
भिडिओ क्याप्शन सुरु हुँदैछ,

हरिवंश आचार्य भन्छन्, 'दशैँमा टीका लगाउन आउँदिनँ, नरिसाउनुहोला!'