छोटकरीमा यस हप्ता : असोज १७ गतेदेखि असोज २५ गतेसम्म (राष्ट्रिय)

यस हप्ता देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। यस हप्ता मुलुकभर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



पछिल्लो सातदिन भित्र देशभर कोरोनाले प्रभाव कस्तो रह्यो ? राजनीतिज्ञ, स्थानीय प्रतिनिधि एवं कलाकारहरूमध्ये को-को कोरोना संक्रमित बन्न पुगे ? यस हप्ताभर नेपालभर कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू यहाँ पढ्नुहोस्।



यस साताभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।



प्रदेश-५ को राजधानी र नामाकरण टुंगाउने क्रममा यस हप्ता राजनीतिक वृतमा निकै विवाद देखियो । यस अलवा यस साता राप्रप्रा एकीकरण, वामदेव गौतम मुद्दा सुनुवाई, सचिवालय प्रस्तावित एजेन्डाकेन्द्रित नेकपा छलफल प्रमुख रुपमा देखे परे । यी सब घटनाहरूको सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा आज(आइबार) अनशन तोडेका छन् । यद्दपी यस साताभार चिकित्सा शिक्षा र सेवा सुधारको माग एंव डा.केसीको जीवन रक्षालाई जनसमुदायबाट सरकारसमक्ष के-कस्ता दबाबहरू दिइएका थिए ? डा. केसीको माग सुनुवाईको पक्षमा सरकारले कस्तो चरित्र देखायो ? यस हप्ताभरका सम्पुर्ण विवरणहरू एकसाथ यहाँ पढ्नुहोस् ।



धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण कोरोना महामारीका कारण पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले प्रतियोगिता यस वर्ष अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म (कात्तिक ८ देखि २२ सम्म) आयोजना गर्ने मिति तय गरेको थियो ।



सर्वोच्च अदालतले चीनले हुम्लामा नेपाली भूमि मिचेको भन्दै दायर रिटमा सरकारसँग जवाफ माग गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

निवेदकले माग दाबी गरेको कुरामा किन आदेश जारी गर्नुनपर्ने हो सोबारे १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश गरेको छ । 



थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।



लोबुचे हिमालको सफल आरोहण गरेको बहराइनका राजकुमार नासिर बीन हमद समेत सहभागी 'बहराइन रोयल फोर्स' टोली मंगलबारबाट दोस्रो मिसनमा लाग्ने भएको छ। करिब दुई महिना नेपाल बसाईका लागि आएको यो टोलीले शनिबार बिहान लोबुचे हिमाल आरोहण गरेको थियो।



 सम्पत्ति शुद्धीकरण विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको विभाग स्रोतले बताएको हो।



 विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विस्तार गर्न नागरिक उड्डयन प्राधिकरण, प्रदेश-१ सरकार र विराटनगर महानगरबीच सोमबार सम्झौता भएको छ। आन्तरिक उडान भइरहेको विराटनगर विमानस्थलको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने समझदारी पत्रमा उल्लेख छ। 



नेपालमा गाँजाखेती खुला गर्न संघीय संसदमा संकल्प प्रस्ताव समेत पेश भएको छ । कानुन नै बनाएर गाँजाखेती खुला गर्नुपर्ने बहस चलिरहँदा प्रहरीले गाँजा र भाँगोको बोट नष्ट गर्ने अभियान पनि तीव्र बनाएपछि बागलुङका कृषक रुष्ट बनेका थिए । स्थानीय कृषक रुष्ट बन्दै गर्दा गण्डकी प्रदेशसभामा पनि बागलुङका सांसदले गाँजा र भाङ खुलाउनुपर्ने विषय उठाए । 



 जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार भएको मिनी ट्रक दुर्घटनमा चालकसहित २ जनाको मृत्यु भएको छ । सवारी धनी सख्त घाइते भएका छन्  । 



अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गरेको हो।



अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 



कर्णाली प्रदेशको जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षअघि चोरी भएका बहुमूल्य मूर्तिहरूमध्ये थप दुई पुरातात्विक मूर्ति भेटिएका छन् । 

११ मंसिर ०७३ मा मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । 



 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको ६ महिना नबित्दै पछिल्लो समय दैनिकजसो आन्दोलन हुन थालेको छ । एउटा संस्थाको आन्दोलन किनारा नलाग्दै अर्को संस्थामा आबद्ध प्रतिष्ठानभित्रका चिकित्सक, कर्मचारी, नर्सहरू आन्दोलित हुन थालेका छन् ।



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ। प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो।

विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क्यान ल्याउने प्रतिवद्धता जनाउन सकेका छैनन्।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रूपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । 



एकैपटक १ सय १४ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले १ सय १४ जना न्यायाधीशको सरुवा गरेको हो । 

परिषद्का अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा र सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी सरुवा गरिएको छ । त्यस्तै, अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा गरिएको छ । 



जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा भे.१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्ष ६ जनाको मृत्यु भएको छ। जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको हो।



सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ।यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने छ।



विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ ।  

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो ।



नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । 

घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् ।  



मुगु जिल्लामा दुई महिनामा ६८ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ । साउन र असोज महिनामा मात्रै ६८ जना कुपोषणका बिरामी भेटिएका हुन् ।



तनहुँकाे भानु नगरपालिकाको कार्यालय अन्यत्र तत्काल नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नगरपालिका कार्यालय तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो ।



विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना र लकडाउनले पर्यटन पर्यटन क्षेत्रमा पुर्याएको असरका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान गरेको छ।



फिल्म तथा टेलिश्रृङ्खालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सो कार्य गर्नेलाई प्रचलिति कानुन बमोजिम कानुनी कारबाही गर्ने बताएको छ । प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने छ।



 त्रिभुवन विश्वविद्यायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि चार दिनअघि विश्वविद्यालय परिसरमै आक्रमण गर्नेहरुको पहिचान भएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताएका छन् । आक्रमणमा गम्भीर घाईते भएका चलाउने मेडिसिटी अस्पतालमा उपचाररत छन् । प्रहरीले घटनामा संलग्नलाई पहिचान गरी प्रक्राउ गर्न नसकेको भन्दै प्राज्ञिक क्षेत्रमा आलोचना भइरहेको छ ।



भू-उपयोग ऐन, २०७६ बनेको लामो समयसम्म पनि कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो दिएको छ ।



चाडपर्वलाई लक्षित गरेर कुलेखानी जलविद्युत् आयोजना पूर्णरुपमा सञ्चालन हुने भएको छ । यस वर्षको वर्षातसँगै पूर्णरुपमा सञ्चालनमा रहेको कुलेखानी जलविद्युत् आयोजनाअन्तर्गत् तीनवटा आयोजना चाडपर्वको समयमा पनि पूर्णरुपमा सञ्चालन हुने भएको हो ।



धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २० असोज २०७७ भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ मा सम्झौता गरेको थियो । त्यसलगत्तै रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो । 



नेपाल राष्ट्र बैंकले विभिन्‍न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्‍चालकबाट भुक्तानी हुने राजस्‍वमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था लागु गरेको हो । 



नेपाली इतिहास, संस्कृति एवं पुरातत्त्वका अध्येता डा. गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू' शीर्षकको पुस्तक बजारमा आएको छ । साङ्‍ग्रिला बुक्सले प्रकाशन गरेको उक्त पुस्तकमा ऐतिहासिक एवं पुरातात्त्विक स्थल, लिच्छविकालिक समाज एवं इतिहासका विविध पक्ष, मठ-मन्दिर, सम्पदा, गुठी व्यवस्था, धर्म,संस्कृति, इतिहास,साँस्कृतिक सम्पदा संरक्षण-सम्वर्द्धनलगायत केही इतिहासपुरुषबारे चर्चा गरिएको छ।



कोरोना भाइरसको संक्रमणको उच्चवृद्धिकै बाबजुत खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले ६ करोड रुपैयाँबराबरका खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । 

संस्थानले करिब तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी सो खसी, बोका र च्याङ्ग्रा ल्याउने प्रस्ताव संस्थानले गरेको छ ।



पाल क्रिकेट संघ (क्यान)लाई खुला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाब आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आह्वान गरिसकेको छ । 

दरखास्त दिने मिति सकिएको छ । तर, अहिलेसम्म को–कसले दरखास्त दिएको सर्वाजनिक भने गरिएको छैन ।



कोरोना महामारी भयाभह बन्दै गर्दा भक्तपुर नगरपालिकाले पुनः निषेधाज्ञा लागू गर्न माग गरेको छ । नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको दर बढेकाले संघीय सरकारअन्तर्गतको जिल्ला प्रशासन कार्यालयलाई पुनः निषेधाज्ञा लागू गर्न माग गरेको हो ।



रौतहटका किसानहरूले श्रीराम सुगर मिल्सबाट उखु बेचेबापतको भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार पुगेका किसानहरूले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक