यस साता : 'प्रदेश-५ विवाद' एवं अन्य राजनीतिक घटनाहरू

प्रदेश-५ को राजधानी र नामाकरण टुंगाउने क्रममा यस हप्ता राजनीतिक वृतमा निकै विवाद देखियो । यस अलवा यस साता राप्रप्रा एकीकरण, वामदेव गौतम मुद्दा सुनुवाई, सचिवालय प्रस्तावित एजेन्डाकेन्द्रित नेकपा छलफल प्रमुख रुपमा देखे परे । यी सब घटनाहरूको सम्पूर्ण जानकारी एकैठाउँमा पढ्नुहोस् ।



प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ। तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए।



 प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।



प्रदेशसभामा पार्टीका सांसदहरूले विरोध गरिरहेका बेला कांग्रेसका केही केन्द्रीय सदस्य र संघीय सांसदहरूले भने प्रदेश ५ सरकारले ल्याएको राजधानी र नामको प्रस्तावमा समर्थन गरेका छन् । 



नेपाली कांग्रेसका पाँच नम्बर प्रदेशसभा सदस्य वसीउद्दिन खाँले लोकतन्त्र बचाउन, संसदीय मर्यादा कायम राख्‍न तोडफोडमै उत्रनु परेको प्रतिक्रिया दिएका छन् ।खाँले सोमबार दिउँसो प्रदेश पाँचको संसद् बैठक सुरु हुनेबित्तिकै उठेर कुर्सी, टेबल तोडफोड सुरु गरेका थिए । उनले अमर्यादित, अराजक गतिविधिको गरेको भन्दै विरोध–निन्दा भइरहेको छ । संसदीय गरिमाको मानमर्दन भएको टिप्पणी भइरहेको छ ।



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा उत्रएिका सांसद्माथि कारबाही गर्ने भएको छ । सोमबार प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका तीन जना प्रदेश सांसदहरुलाई कांग्रेसले कारबाही गर्ने भएको हो ।



प्रदेशसभाको आजको बैठकबाट प्रदेश-५ को नाम 'लुम्बिनी' र स्थायी राजधानी दाडको 'देउखुरी क्षेत्र' राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ। लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका थिए।



राजनीतिक विवाद र सत्तारुढ दलकै नेताहरूबीच प्रतिष्ठा बनेको प्रदेश ५ को राजधानीको विषय अन्ततः टुंगिएको छ । 

राजधानी दाङ र बुटवल बनाउने विषयमा नेकपा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । मुख्यमन्त्रीले दाङ र महासचिव बुटवल स्थायी राजधानीको पक्षमा थिए ।



मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बहुमतका आधारमा नभई संसदीय सुझाव समितिको राय र विज्ञ समूहको सुझावअनुसार नै राजधानी दाङ तोकिएको बताए । समिति र विज्ञको सुझावमा पहिलो नम्बरमा दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानीका लागि उपयुक्त स्थान भएको सुझाव दिएको उनले जनाए ।



मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गा किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । 

प्रदेशको राजधानी र नामकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले अब गुरुयोजनाको टुंगाे नलाग्दासम्म नयाँ घर किनबेच रोक्नुपर्ने बताएका छन् । 



गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए । 



नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) की नवनियुक्त प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

जर्मन नागरिक स्पानुथ वर्मा नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा नयाँ जिम्मेवारी सम्हाल्न भदौ ३० गते काठमाडौं आइपुगेकी थिइन् ।



 चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।



निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।



पर्यटनमन्त्री योगश भट्टराईले कोरोनाका कारण बन्द भएका धार्मिक स्थलहरू १ कात्तिकदेखि खोल्ने तयारी भएको बताएका छन् ।

भट्टराईले सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकमा लगिने उनले जानकारी दिए । 



राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दा दसैंअघि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु होम आइसोलेसनमा रहेकाले दसैंअघि संवैधानिक इजलाश बस्‍ने सम्भावना टरेको छ। गौतमको नियुक्ति असंवैधानिक भएकाले बदर हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। 



 प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शोषणरहित प्रजातन्त्रको बाटो समातेको बताएका हुन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली रोग र भोकले मर्न नपरोस् भनेर सरकारले सुरुदेखि नै प्रयास रहेको बताएका छन् । एनआरएन विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले नेपालीको जीवनरक्षामा सरकार लागिरहेको बताएका हुन् । 



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । सिहंदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिबारे कुराकानी भएको थियो ।



सार्कका शिक्षामन्त्रीस्तरीय अर्चुअल बैठकमा कोभिड–१९ ले शिक्षामा पारेको प्रभावका विषयमा नयाँ अभ्यास र अनुभव आदानप्रदान भएकाे छ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको सार्क शिक्षामन्त्रीस्तरीय भर्चुअल बैठकमा सबै सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो । 



कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । 



राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सय २७ सदस्यीय जम्बाे केन्द्रीय समिति बनाएको छ । 

संघीय संसदमा जम्मा एक सिट रहेको राप्रपा एकीकरणपछि जम्मा तीन सय २७ केन्द्रीय सदस्य रहेकोमा आइतबार चार सयजना थपिएका छन् । 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार(आज) नियमित छलफल सुरु भएको छ । 

केहीबेर अघि प्रचण्ड छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन् । आजको छलफलमा केन्द्रीय सचिवालय बैठकका प्रस्तावित एजेन्डा मन्त्रिमण्डल पुनर्गठन, पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने तथा राजनीतिक तथा संवैधानिक नियुक्तिमा केन्द्रित हुने स्रोतले जनाएको छ । 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक