आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
बुधबार ३,४३९जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४,२५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५७८ पुगेको छ। हालसम्म नेपालमा ६८,६६८ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १४,२०९ => Recovered Today: १,१२६
सम्बन्धित :
पर्यटनमन्त्री योगश भट्टराईले कोरोनाका कारण बन्द भएका धार्मिक स्थलहरू १ कात्तिकदेखि खोल्ने तयारी भएको बताएका छन् ।
भट्टराईले सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकमा लगिने उनले जानकारी दिए ।
सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ।यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने छ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन् । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।
जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा भे.१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्ष ६ जनाको मृत्यु भएको छ। जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणसँगै कोरोना संक्रमितको उपचारका लागि अस्पतालले भार धान्न नसक्ने जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापनमा थप चुनौती बढ्दै गएकाले अस्पतालले भार थेग्न नसक्ने बताए ।
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
एकैपटक १ सय १४ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले १ सय १४ जना न्यायाधीशको सरुवा गरेको हो ।
परिषद्का अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा र सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी सरुवा गरिएको छ । त्यस्तै, अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रूपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाहविरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ ।
सत्याग्राही डा. गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले भोलिबाट आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको छ । संघले एक विज्ञप्ति जारी गर्दै डा.केसीको सत्याग्रहको २४ दिनपुग्दा समेत सरकारले वार्ता टोली पनि गठन गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको जनाएको छ ।
समबन्धित :
चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ। प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो।
विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क्यान ल्याउने प्रतिवद्धता जनाउन सकेका छैनन्।
सन् २०२० को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जिन सम्पादन सम्बन्धी प्रविधिको विकास गर्ने दुई जना वैज्ञानिकहरुले पाउने भएका छन् । जिनोम इडिटिङ विधिको विकास गर्ने वैज्ञानिकद्वय इम्मानुएल सार्पेन्टिर र जेनिफर डाउड्नालाई सो पुरस्कार पाएका हुन् । पुरस्कारको राशी १ करोड स्वीडस कोर्नर रहेको छ ।
अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरूले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ ।
अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ ।
बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५:३० बजे भायखला जेलबाट रिहा भएकी हुन् ।
बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन ।
बलिउड अभिनेत्री ऋचा चड्डाले सोमबार अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी अभिनेत्री पायल घोषविरुद्ध मानहानिको मुद्दा दर्ता गरेकी थिइन । साथै रिचाले १.१ करोड रुपैंया क्षतिपूर्तिको माग पनि गरेकी थिइन् ।
ऋचाको यही मुद्दाको सुनुवाईको क्रममा बुधबार अदालतले पायल घोषलाई बयान फिर्ता लिने बारेमा सोधेको छ ।
अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेदवार जो बाइडेनले राष्ट्रपति ट्र्म्प कोरोना संक्रमित भइरहे आगामी डिबेट हुननसक्ने बताएका छन् ।
बाइडेनले मंगलबार भने, "मलाई लाग्छ, यदि उहाँलाई कोरोना संक्रमण भइरहे आगामी डिबेट हुनसक्दैन ।"
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । व्हाइट हाउसका सल्लाहकार स्टफेन मिलर र उच्च सैन्य अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ ।
भारतमा वैज्ञानिकहरुको एउटा टोलीले एकदमै सस्तो पर्ने कागजमा आधारित कोभिड परीक्षण उपकरण निर्माण गरेका छन्, जसले प्रग्नेन्सी टेस्ट जत्तिकै छिटो र सजिलै नतिजा देखाउन सक्ने बताइएको छ । सो परीक्षण किटलाई अहिले भारतका एक काल्पनिक जासुस पात्र, फेलुदाको नाम दिइएको छ । यो वास्तवमा, ‘क्रिस्पर’ नामक जिन संसोधन प्रणालीमा आधारित छ । य
ओमानले नेपाली कामदारको कोटा बढाउने तयारी गरेको छ। ओमानका श्रम मन्त्री डाक्टर महदविन सइद विन अलि बाउइनले ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीसँगको भेटमा नेपाली कामदारको कोटा बढाउन आफूहरु इच्छुक रहेको बताएका हुन।