आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
सोमबार २,४४० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९,२६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। हालसम्म नेपालमा ६५,२०२ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १३,८७१ => Recovered Today: १,१३३
सम्बन्धित :
कोरोना नियन्त्रण समबन्धमा माग एवं निर्णयहरू :
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ । सोमबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।भेटवार्ताले भोलिका लागि बैठक तय गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
प्रदेश-५ विवाद :
गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विस्तार गर्न नागरिक उड्डयन प्राधिकरण, प्रदेश-१ सरकार र विराटनगर महानगरबीच सोमबार सम्झौता भएको छ। आन्तरिक उडान भइरहेको विराटनगर विमानस्थलको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने समझदारी पत्रमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरण विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको विभाग स्रोतले बताएको हो।
लोबुचे हिमालको सफल आरोहण गरेको बहराइनका राजकुमार नासिर बीन हमद समेत सहभागी 'बहराइन रोयल फोर्स' टोली मंगलबारबाट दोस्रो मिसनमा लाग्ने भएको छ। करिब दुई महिना नेपाल बसाईका लागि आएको यो टोलीले शनिबार बिहान लोबुचे हिमाल आरोहण गरेको थियो।
थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।
डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै साेमबार दिउँसो १ बजेबाट ३ बजेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सक लगायत डाक्टरहरुले कोभिड–१९ र आकस्मिक बाहेकका सम्पूर्ण गतिविधि छोडेर अस्पताल बाहिर शान्तिपूर्ण र्याली गरेका छन् । डा. केसीसँग सरकारले वार्ताको वातावरण नबनाए आन्दोल्न अझ सशक्त बनाउने चिकित्सकहरुले बताए ।
सम्बन्धित :
चाडबाड नजिकिएसँगै उडान संख्या बढाउनुपर्ने बेला नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान १३ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।निगमका एक प्राविधिकका अनुसार उक्त विमान असोज ७ गते मेडिकल कार्गो लिन चीनको कुनमिङ उडानमा रहेका बेला सिन्धुलीको आकाशबाटै फर्किएको थियो । नेपाली नाम मकालु भएको वाइडबडीको दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेत पाइएपछि पाइलटले उडान रद्द गरेका थिए ।
सर्वोच्च अदालतले चीनले हुम्लामा नेपाली भूमि मिचेको भन्दै दायर रिटमा सरकारसँग जवाफ माग गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।
निवेदकले माग दाबी गरेको कुरामा किन आदेश जारी गर्नुनपर्ने हो सोबारे १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश गरेको छ ।
प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण, २ रजत र एक कांस्य पदक जितेका छन् । १३ औं सागकी दोहोरो स्वर्णधारी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन् ।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण कोरोना महामारीका कारण पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले प्रतियोगिता यस वर्ष अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म (कात्तिक ८ देखि २२ सम्म) आयोजना गर्ने मिति तय गरेको थियो ।
कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।
यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने गर्ने छ । दिल्लीले केही बेरमा बैंगलोरविरुद्ध ब्याटिङ गर्ने छ ।
यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो। विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ।
बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो जीवनीमाथि लेखेको संस्मरण पुस्तक 'अनफिनिस्ड'को आवरण सार्वजनिक गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पुस्तकको आवरण तस्बिर सार्वजनिक गर्दै 'प्रि-अर्डर'को घोषणा पनि गरिन् ।
भारतमा ६ महिनादेखि ठप्प हलहरु खुल्ने भएका छन् । भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि हल खोल्ने अनुमति दिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।
भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई लगभग क्लिन चिट दिएको बताइएको छ । लागूऔषध मामिलामा यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो ।
कोरोना संक्रमणको उपचारका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार समर्थकलाई अभिभावदन गर्न एकाएक अस्पतालबाट निस्किएपछि उनको आलोचना भइरहेको छ ।
शुक्रबार कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल पुगेका राष्ट्रपति ट्रम्पले आइतबार अस्पतालबाट निस्किएर आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै अभिवादन गरेका थिए ।
राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उप-मुख्यमन्त्री तेजस्वी यादव र उनका दाइ एवं पूर्वमन्त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता गराइएको छ ।
तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया जिल्लामा प्राथमिकी (एफआईआर) दर्ता गराइएको ले समाचारमा जनाएको छ ।
कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् । यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भएपनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।