अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताउनुभएको थियो । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको थियो ।

ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

काठमाण्डाै – युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार ...

उज्यालो अनलाइन

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले

बाह्रखरी

अमेरिकी राष्ट्रपति ट्रम्प क्वरेण्टीन जाने तयारीमा

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वरेण्टीनमा जाने तयारी भएको छ ।  आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि ट्रम्प आफ्नी श्रीमती मेलानियासहित क्वरेण्टीनमा जाने तयारी भएको बीबीसीले जनाएको छ । हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको...

उज्यालो अनलाइन

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसअघि दिल्लीका उप मुख्यमन्त्री मन...

उज्यालो अनलाइन

पर्सामा ६१ जना काेराेना जितेर घर फर्किए

पर्सा – पर्सामा आज  ६१ जना काेराेना सङ्क्रमित निकाे भएर घर फर्किएका छन् । विभिन्न समयमा भएका परीक्षणमा कोरोना भाइरसको  सङ्क्रमण पुष्टि भएकाहरु लगातार दुई पटकको परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ५ जना कोरोना भाइरसको ...

उज्यालो अनलाइन

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना सङ्क्रमण

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको हो । उच्च ज्वरोका कारण गएको सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो । हिजो आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण द...

उज्यालो अनलाइन

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो । राष्ट्रपति ट्रम्पले भन्नुभएको छ – अमेरिकाभर कोरोना भाइरसको सङ्क्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उहाँले शनिबार आफ्नो ट्विटर अकाउन्टमा लेख्नुभएको छ – यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको सङ्क्रमणमा कमी आएको छ ।

गोरखापत्र

अमेरिकी उपराष्ट्रपतिका प्रेस सेक्रेटरी कोरोनाभाइरसबाट सङ्क्रमित

उपराष्ट्रपतिको प्रेस सेक्रेटरीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई दैनिक रुपमा कोरोनाभाइरसको परीक्षण सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ ।

गोरखापत्र