छोटकरीमा : आज - २०७७ असोज १५, बिहीबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बिहीबार १,९११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९,७२८ पुगेको छ भने मृत्यु हुनेको संख्या ५०९पुगेको छ।हालसम्म नेपालमा ५७,३८९ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १२,४४४ => Recovered Today: ९६१

सम्बन्धित :

  • काठमाडौं उपत्यकामा बिहीबार थप नौ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • देशभर पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको निधन भएको छ ।निधन हुनेमा एक महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोड-१९ (कोरोना) संक्रमण भएको छ । ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्‍जालमार्फत जनाएका छन् । 
  • नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआमा कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आजै कोभिड १९ को रिपोर्ट आएको जानकारीका साथ आफू कोरोना संक्रमित भएको बताएकी हुन्।



कोरोना नियन्त्रणको सम्बन्धमा भएका माग एवं निर्णयहरू :

  • चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा काम गर्ने कामदारको कोरोना परीक्षण चीनले गर्ने भएको छ । नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने भएको हो । 
  • बजार खुल्यो, यातायात खुल्यो हवाई सेवा सुरु भै सक्यो तर सरकारले धार्मिक मठ मन्दिरमा जान भने रोक लगाएको छ। चाडपर्वको मौसम सुरु भएपनि सरकारले मन्दिर दर्शन गर्न रोक लगाएको छ। स्वस्थ्यलाई ध्यानमा राखेर एक पटकमा २५ जनालाई दर्शन गराउने र दर्शन गरेर फर्किएपछि अरुलाई मन्दिर प्रवेश गर्न दिने माग गरिएको छ।


 सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।



सरकारले डा. गोविन्द केसीलाई उनको माग पुरा भएर कार्यन्वयनको चरणमा रहेको बताउँदै अनशन तोड्न आग्रह गरेको छ। डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको सरकारको भनाइ छ। 



सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। 

सम्बन्धित :

पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद जन्मेको छ । पार्टी निर्णयको २० दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा महत्वपूर्ण नियुक्ति गरेपछि नेकपामा केही दिन अगाडिमात्रै शान्त भएको विवाद फेरि उठेको हो ।



पछिल्लो समय बझाङकी १२ बर्षिया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना लिएर सामाजिक सन्जालहरुमा बहस एवं देशका विभिन्‍न भागमा विरोध प्रदर्शन भइरहेका छन् ।

काठमाडौंको माइतीघरलगायत १७ जिल्लाका जिल्ला प्रशासन र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि बिहीबार धर्ना एवं विरोध प्रदर्शन गरिएको छ ।



लमजुङ जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको संख्या पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १६ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ ।



नेपाल नागरिक उड्‍डयन प्राधिकरणले थाई एयर र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला यस्तो निर्णय आएको हो।



नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एक सर्वेक्षण सार्वजनिक गर्दे नेपालीहरुले नुन बढी खाने गरेको देखाएकाे छ ।

सर्वेक्षणले नुन सेवनमा खाना खानुअघि वा खाइरहँदा खानामा नुन वा थपेर खाने बानी ९.२ प्रतिशतमा पाइएको देखाएको छ । त्यसैगरी औसत नुन सेवन प्रतिदिन(ग्राममा) ९.१ प्रतिशतले खाने गरेको सर्वेक्षण देखाउँछ ।

त्यसैगरी मुख स्वास्थ्यको कुरा गर्दा दिनमा एक पटक वा सो भन्दा बढी दाँत सफा गर्ने ८९.९ प्रतिशत रहेका छन् । अध्ययनमा ९० प्रतिशत पुरुष र ८९.९ प्रतिशत महिलाले दाँत माझ्ने गरेको बताउँछ ।



टेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाई दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले बिहीबार पुनरावलोकनका लागि ‘निस्सा हुने’ आदेश गरेको हो । 



नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो ।



नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ ।



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्। तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।



पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार नियुक्त गरेका हुन् । 



लेखक तथा पत्रकार विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता ‘खुशी’का लेखकको यो दोस्रो कृति हो ।



दुई दिनअघि उपचारका क्रममा मृत्यु भएकी भारतको उत्तरप्रदेश हाथरसकी दलित युवतीको परिवारलाई भेट्न हिँडेका विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनकी बहिनी प्रियंकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना कार्यकर्तासहित यमुना एक्सप्रेसबाट दिल्लीबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको हाथरसतर्फ जाँदै गर्दा बाटोमै प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो । 



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिड– १९ का कारण जारी लकडाउन हट्न अझै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् । ‘यो लकडाउनबाट बिस्तारै र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने । 



अमेरिकी कम्पनी मोडेर्नाको खोप सम्बन्धी गरिएको प्रारम्भिक सुरक्षा परीक्षणमा यसले बढी उमेरका सहभागीमा पनि युवामा जत्तिकै भाइरसलाई निर्मुल बनाउने एन्टिबडिज उत्पादन गर्न सक्ने देखिएको छ । यसको साइड इफेक्ट उच्च डोजमा फ्लुको सुइ जस्तै हुने अनुसन्धानकर्ताहरुले जानकारी गराएका छन् । 



कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ । अनलक—५ अन्तरगत केन्द्र सरकारले लकडाउन थप खुकुलो गर्दै स्कुलक तथा कलेज यही अक्टुबर १५ बाट खोल्ने अनुमति दिएको हो ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक