पाँच करोडको दैनिक व्यापार सुक्याे, पारि सुनसान वारि गुलजार

६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यति मात्र होइन धेरैले घरमै तरकारी उतपादन समेत गर्न थाले । नेपाली उपभोक्ताको भरमा ६ महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो रुपैडियामा । तर कोरोनाका कारण जारी लकडाउन र सीमामा कडाइ गरिँदा वारिबाट नेपाली पारि जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।