हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमालयन एयरलाइन्सले पाएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको छ । मन्त्री योगेश भट्टराईले आइतबार नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाण पत्र यथास्थितमा राख्न निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार, मन्त्री भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को कार्यान्वयन कार्यान्वयन अहिलेलाई स्थगित गरेर प्राविधिक पक्षको थप मूल्याङ्कन गरेर मात्र अधिकार प्रदान गर्न निर्देशन दिए ।
प्राधिकरणले भने आवश्यक कार्यविधि र कानुनमा रहेर हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङको अधिकार प्रदान गरिएको जनाएको छ । तर मन्त्री भट्टराईले प्राविधिक मूल्याङकन आवश्यक परे फेरि प्रक्रिया पूरा गरेर निर्णय लिनू भन्दै पुनरावलोकन गर्न तर तत्काललाई भने दिएको अधिकार रोक्न भनेको स्रोतले जनाएको छ । मन्त्रीले अनुमति पाएका अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि तोकिएको मापदण्ड पूरा गरे नगरेको हेरेर आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्राधिकरणले हिमालय एयरलायन्सलाई असोज ४ गते सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाणपत्र प्रदान गरेको थियो । सातामा ३५ भन्दा बढी उडान भर्ने विमान कम्पनीलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङ पाउने गरी प्राधिकरणको ‘ग्राउन्ड ह्याण्डलिङ–२०७२’ अनुसार प्रमाण पत्र दिन पाउने कानुनी व्यवस्था रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये अधिकांशको ग्राउन्ड ह्याण्डलिङ व्यवस्थापन नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिन छलफल

१२ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ  सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव …

अनलाइनखबर

हिमालयनको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ सुविधा पर्यटन मन्त्रीले रोकिदिए

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा तत्काललाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयनले प्राप्त गरेको ग्राउण्ड हृय...

थाहा खबर

हिमालय एयरलाइन्सले पायो सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

काठमाडौं : सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ। हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ। हाल यस्तो सुवि...

थाहा खबर

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

८ असोज, काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय …

अनलाइनखबर