छोटकरीमा यस हप्ता : असोज ०३ गतेदेखि असोज ११ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (भदौ ०३-असोज ११ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण गतिविधिहरू एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म ३,१०,०८,४२४ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ३,३१,८४,७८४ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण ९,६१,७३३ जनाको मृत्यु भएकोमा यस शनिबार १०,००,३६७ पुगेको छ।हालसम्म विश्वमा २४,५०८,१५८ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि बेलायत सरकार थप कठोर देखिएको छ। भाइरस संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम उल्लंघन गरे सरकारले १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने भएको हो।
  • बेलायत फेरि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्ने देखिएको छ। भाइरसको संक्रमणबाट युरोपकै सबैभन्दा बढी प्रभावित बेलायतले पहिलो संकट सामना गर्न नभ्याउँदै दोस्रो लहरको अनुभवसमेत गरेको छ। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन्।
  • भारतमा कोरोना भाइरस संक्रमित बढिरहे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालय स्थानीय प्रशासनले खुला गरेको छ। गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनसँगै पर्यटकीय स्थल ताजमहल पनि बन्द भएको थियो।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ। ट्रम्पले भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्। त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कुनै पनि देशसँग शीतयुद्ध गर्ने चीनको नियत नरहेको’ बताएका छन्।
  • अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी डिन जोन्सको बिहीबार ह्रदयघातका कारण निधन भएको छ। इन्डियन प्रिमियर लिगको कमेन्ट्रीका लागि उनी भारतको मुम्बईमा थिए।
  • भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।
  • सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना महामारीका कारण आ-आफ्नो देशमा फर्किएका विदेशीहरू झण्डै ४ महिनापछि चीन फर्कन पाउने भएका छन्। चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरूलाई पुनः चीन फर्किन सक्ने जनाएको हो।
  • कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहको चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले यस वर्षको अन्तिम चरणको मानव परीक्षणको विश्लेषण यही वर्षभित्र सम्पन्‍न गर्ने अपेक्षा गरिएको छ। यो खोप प्रभावकारी छ भए-नभएको विश्लेषण गरी नियमनकारी निकायबाट यही वर्षभित्र स्वीकृत लिइसक्ने सिनोभ्याकले जनाएको छ।
  • भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण उनको आज दिउँसो चेन्नईमा निधन भएको हो। उनी अगस्टको पहिलो साता अस्पताल भर्ना भएका थिए। 
  • राष्ट्रिय दिवस तथा मध्य शरद पर्वको अवधिमा लगातार ८ दिन लामो बिदा नजिकिँदै गर्दा चीनले आफ्नो सुरक्षा आफै गर्न सर्वसाधारणसमक्ष अपिल गरेको छ।बिदाका बेला पर्यटन क्षेत्र चलायमान हुने पूर्वसन्ध्यामा चीनले यस्तो सूचना जारी गरेको हो । चीनमा कोरोना भाइरसको महामारी लगभग शून्यमा झरे पनि उच्च सतर्कताका लागि ध्यानाकर्षण गराइएको छ। 
  • खोप आइसकेपछि पनि कोरोना भाइरसका कारण विश्वव्यापी मृत्यु हुनेको सङ्ख्या २० लाख पुग्ने प्रबल सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । खोप निर्माण भएपनि त्यसलाई सर्वत्र रुपमा उपलब्ध गराउन र यसको व्यापक प्रयोग हुन समय लाग्‍न सक्ने हुँदा मृतकको तथ्याङ्क सोचेभन्दा अझ बढी हुन सक्ने डब्लूएचओका आपत्कालीन प्रमुख डाक्टर माइक रायनले बताएका हुन् । 



यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • सुडान काउन्सिलका प्रमुख अब्देशल फताह अल-बुर्हान यूएई पुगेका छन्। उनले यूएईमा इमिरेट्स र अमेरिकी अधिकारीसँग छुट्टाछुट्टै वार्ता गर्ने बताइएको छ। सुडानी सञ्‍चारमाध्यम अनुसार अल-बुर्हानले सुडानलाई अमेरिकाको 'आतंकवादको प्रायोजन' गरेको मुलुकको सूचीबाट हटाउने विषयमा अमेरिकी अधिकारीहरुसँग छलफल गर्नेछन्। 
  • एचएसबीसी बैंकले घोटालाबारे खुलासा भएको थाहा पाए पनि उक्त कार्यमा संलग्‍न रहेकाहरूलाई विश्वभर लाखौं डलर पठाउन दिएको पाइएको छ। बेलायतको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम ट्रान्सफर गरेको थियो। 
  • बेलायतको सबैभन्दा ठूलो बैंक एचएसबीसीको सेयरमा २५ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । बैंक घोटाला गरेको खुलासा भए पनि बैंकले आफ्ना कर्मचारीहरुलाई अन्य बैंकमा पैसा पठाएको दिएको भन्‍ने फिनसेन फाइल्स सार्वजनिक भएपछि बैंकको सेयरमा सन् १९९५ यताकै सबैभन्दा ठूलो गिरावट आएको हो। 
  • भारतमा कृषिसम्बन्धी विधेयकलाई लिएर विवाद उत्पन्न भएको छ। भारतको दुवै सदन लोकसभा र राज्यसभाबाट पारित भएको कृषि उपज व्यापार तथा वाणिज्य (संवर्द्धन एवं सरलीकरण) विधेयक २०२०, कृषक (सशक्तीकरण एवं संरक्षण) मूल्य आश्वासन तथा कृषि सेवा करार विधेयक २०२० प्रति विपक्षी भारतीय राष्ट्रिय कंग्रेस, तृणमूल कंग्रेसले मात्र नभई सत्तारूढ गठबन्धनकै साझेदार शिरोमणि अकाली दलले समेत चर्को विरोध गरेका छन्।
  • अमेरिकी सरकारले विच्याट र छोटा भिडियो सेयरिङ मोबाइल एप्स टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध भोलि आइतबारबाट लागू हुनेछ । प्रतिबन्धसँगै अब अमेरिकामा नयाँ प्रयोगकर्ताले विच्याट र टिकटक डाउनलोड गर्न सक्दैनन्। 
  • अस्ट्रेलियाले विदेशीलाई नागरिकता दिने प्रावधानमा परिवर्तन गरेको छ। अस्ट्रेलियाका निमित्त अध्यागमन तथा नागरिकतामन्त्री एलज टजले एक दशकअघिदेखि निरन्तर चलिआएको परीक्षा प्रणालीलाई परिवर्तन गर्ने बिहीबार घोषणा गरेका हुन्। 
  • चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचक तथा पूर्व घरजग्गा व्यापारी रेन सिचियाङलाई भ्रष्टाचार आरोपमा १८ वर्षको जेल सजाय तोकिएको छ। बेइजिङ अदालतले सिचियाङलाई 'भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको अपचलनको लागि दोषी' ठहर गरेको चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।
  • अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकुहरूले भीषण हमला गरेका छन्। तालिबानी सशस्त्र लडाकुहरूले गरेको सो हमलाबाट २१ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्। उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानमा उनीहरूले हमला गरेका हुन्। ती हमलामा परी १७ जना तालिबानी लडाकु नै मारिएका बताइएको छ । साथै चारजना प्रहरी पनि मारिएका छन्।
  • दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी हत्या गरेको र उनीहरुको शव जलाएको दाबी गरेको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले यस घटनाको निन्दा गर्दै 'क्रुर कार्य' को संज्ञा दिएको छ । ती कर्मचारी दुई देशको जलसीमा नजिकै गस्ती गर्ने एउटा डुंगाबाट बेपत्ता भएका थिए। उनीहरुको शव जलेको अवस्थामा उत्तर कोरियाको भेटिएको थियो। 
  • चीनको उत्तरपश्‍चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा धेरै ठूलो हिरासत केन्द्रहरुको नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। अस्ट्रेलियन थिंक ट्यांकका अनुसन्धानर्कताहरुले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएका छन्। तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ।
  • न्यून जन्मदरको समस्या झेलिरहेको जापानले नवविवाहित जोडीका लागि ६ लाख जापनिज रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ।
  • उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन्।नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनलाई पत्र पठाउँदै 'नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको' दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
  • नरेन्द्र मोदी सरकारले हालै संसदबाट पारित गराएको कृषि क्षेत्र सुधारसम्बन्धी कानुनको विरोधमा शुक्रबार भारत बन्द आह्वान गरिएको थियो । करिब ३ दर्जन किसान संगठनहरुले बन्दको आह्वान गरेका हुन्।
  • यसमा विपक्षी दलहरुको पनि समर्थन रहेको छ। दिल्ली, उत्तरप्रदेश, हरियाणा पन्जाब, पश्चिम बगाल र कर्नाटकलगायतका दक्षिण भारतीय राज्यहरुमा बन्दको बढी प्रभाव परेको छ।
  • संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन्। सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका हुन्। ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई 'अतुलनीय उपलब्धी हासिल गर्ने' महिलाका रुपमा परिभाषित गरेका छन्। 
  • भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो। सिंहले अटल बिहारी वाजपेयी सरकारमा विदेश, रक्षा तथा वित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनामा मेजरसमेत भएका थिए ।  



विविध :

  • चीनको दक्षिण पश्‍चिममा पर्ने चोङचिङ नगरपालिकाको कोइला खानीमा आइतबार बिहान भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो। 
  • विवादित भूभाग नागोर्नो-कारबखको विषयमा तनाव बढ्दै गएपछि अर्मेनियाले अजरबैजानको एक सैन्य हेलिकोप्टर खसालेको छ।अर्मेनियाले अजरबैजानले हवाई र सैन्य आक्रमण सुरु गरेपछि त्यसको प्रतिकार गरेको बताएको छ। त्यसैगरी अर्मेनियाले मार्सल कानुनको घोषणा गर्दै पूर्ण सैन्य परिचालन गरेको छ। 
  • भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ। मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ ।
  • चीनको उत्तरपश्‍चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा धेरै ठूलो हिरासत केन्द्रहरुको नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। अस्ट्रेलियन थिंक ट्यांकका अनुसन्धानर्कताहरुले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएका छन्। तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ।

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक