हिमालयनको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ सुविधा पर्यटन मन्त्रीले रोकिदिए

मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयनले प्राप्त गरेको ग्राउण्ड हृयाण्डलिङ सुविधा तत्लकालाई रोक्न निर्देशन दिएका हुन्। 

'यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजानु', भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्नू।'

प्राधिकरणका महानिर्देशक पोखरेलले हिमालयन एयरलाइन्सबाट ग्राउण्ड हृयाण्डलिङ निर्देशका पूरा गरी आवेदन आएकाले विधिपूर्वक सुविधा दिइरिएको जानकारी मन्त्रीलाई दिएका बताइएको छ। 

मन्त्री भट्टराईले राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग सल्लाह र सुझाव लिन प्राधिकरणलाई निर्देशन दिएका छन्। तर यो अधिकार दिने प्राधिकरणका अध्यक्ष मन्त्री भट्टराई नै हुन्। 

 त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ। यस्तोमा हिमालयनलाई पनि त्यही सुविधा दिएको भन्दै चर्को आलोचना भएको थियो।

यो सुविधा थाई एयर र एयर इण्डियाले लिएका छन्। हिमालय एयरलाइन्सले थाई र एयर इन्डियालाई दिइएको प्रावधान अनुसार ग्राउण्ड हृयाण्डलिङ सुविधान लिन आवेदन दिएको थियो। तर त्यसका लागि आवश्यक उपकरण, जनशक्ति र अन्य क्षमता भए-नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका हुन्।

मापदण्ड नपुग्‍ने कम्पनीको पनि सुविधा खोस्‍नू

मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा लिइसकेका कम्पनीको पनि मापदण्ड अध्ययन गर्न मन्त्री निर्देशन दिएका छन्।

मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयरको पनि सुविधा खोसेर नेपाल एयरलाइन्सलाई नै दिन मन्त्री भट्टराईले निर्देशन दिएका छन्। 

उड्‍यन प्राधिकरणले प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको जनाएको थियो। उक्त दफामा हप्तामा ३५ भन्दा बढी उडान गर्नेले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने व्यवस्था छ।

हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि २०७६ चैत ७ गते निवेदन दिएको थियो। निर्देशिकाको प्रावधान पूरा भएको जनाउँदै प्राधिकरणले भदौ २८ गते अनुमति दिएको थियो।

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ को भित्रीकथा

२२ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ (भुमिस्थ सेवा) सुविधा उपलब्ध गराएपछि यो विषय गत साता यो राष्ट्रिय मुद्दा बन्यो । प्राधिकरणको नियमित काममा समेत विभागीय मन्त्रीले …

अनलाइनखबर

हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमालयन एयरलाइन्सले पाएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको छ । मन्त्री योगेश भट्टराईले आइतबार नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाण पत्र यथास्थितमा राख्न निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार, मन्त्री भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को कार्यान्वयन कार्यान्वयन अहिलेलाई […]

कारोबार दैनिक

अब देशमा दुई धारका पार्टीको मात्र प्रतिस्पर्धा : मन्त्री भट्टराई

दाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब देशमा दुई वटा राजनीतिक विचार धार भएका पार्टीहरूका बीच मात्र प्रतिस्पर्धा हुने बताए। शुक्रबार दाङको तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्स संघले आयोजना गरेको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। मन्त्री भट्टराईले भन...

थाहा खबर