हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्नू : मन्त्री भट्टराई

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एअरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई त्याे निर्णय यथास्थितिमा राख्न आग्रह गर्नुभएको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएकाे छ । मन्त्रीले हिमालय एअरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिनुभएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन निर्देशन दिनुभएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिइ त्याे निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरणले जनाएको छ । केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।

पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरि ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एअरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एअरलाइन्सलाई दिन निर्देशन दिनुभएको छ । 

एअर इण्डिया र थाई एअरवेजले आवश्यक मापदण्ड पूरा नगरि ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएको स्रोतले जनाएको छ । प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एअरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । 

यसैबीच प्राधिकरणले विज्ञप्ति निकाल्दै हिमालय एअरलाइन्सलाई आफै गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।  

ग्राउण्ड ह्याण्डलिङ निर्देशिका व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गएकाे चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार त्याे एअरलाइन्सलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिमालयबाहेक एअर एण्डिया र थाई एअरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राधिकरणले अहिले नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायु सेवा निगमलाई मात्र अनुमति दिएको छ । निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायु सेवालाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमालयन एयरलाइन्सले पाएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको छ । मन्त्री योगेश भट्टराईले आइतबार नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाण पत्र यथास्थितमा राख्न निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार, मन्त्री भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को कार्यान्वयन कार्यान्वयन अहिलेलाई […]

कारोबार दैनिक

हिमालयनको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ सुविधा पर्यटन मन्त्रीले रोकिदिए

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा तत्काललाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयनले प्राप्त गरेको ग्राउण्ड हृय...

थाहा खबर

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, सपथ आजै

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाइ नियुक्त गर्नु भएको छ ।   बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएकाे छ ।  तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेल...