संघीय संसद् सचिवालय संसद्को अधिवेशनका लागि तयार

काठमाडौं :  संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका लागि तयार रहेको बताएको छ।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापनभइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको बताए। सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ। उनले संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहे

सम्बन्धित सामग्री

नवनिर्वाचित संसदलाई सपथ गराउने गृहकार्यमा संघीय संसद सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश […]