डाक्टर केसीको पक्षमा वीरगञ्जका चिकित्सक, हातमा कालोपट्टी बाँधेर काम गर्दै

८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ । शाखा सचिव उदय नारायण सिंहले विज्ञप्ति जारी गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।

१९ ब्ुँदे माग अघि सार्दै डा. केसीले जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौर स्थित बाविरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि अनसन सुरु गरेका हुन् । स्वास्थ्य विग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरमा जान डा. केसीले नमानेपछि उनकै इच्छाअनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

सम्बन्धित सामग्री

लागूऔषधसहित तीन जना भारतीय पक्राउ

२५ असोज, काठङ्गाडौं । वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया-४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८ …

अनलाइनखबर

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

२१ असोज, वीरगञ्ज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले …

अनलाइनखबर

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

९ असोज, वीरगञ्ज । डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले …

अनलाइनखबर

डाक्टर केसीलाई वीरगंजका डाक्टरहरुको साथ, समर्थन गर्दै उत्रे आन्दोलनमा

वीरगंज : १९ औं सत्याहग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा वीरगंजका चिकित्सकहरुले समर्थन जनाउँदै आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघ वीरगंज नारायणी शाखामा आवद्ध चिकित्सकहरुले बिहीवार हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेका छन्। शाखाले निकालेको विज्ञप्तिमा नेपाल प्रहरीले गरेको दुर्व्यवहारको घोर निन्दा गर्दै उनको जायज माग सम्बोधन गर्न

पहिलो पोस्ट

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

२५ असार, वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ । वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा …

अनलाइनखबर

‘प्रचण्डमाथि अभद्र व्यवहार भएको छैन’

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।  दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना ...

उज्यालो अनलाइन