आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
मंगलबार १,३५६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।
हालसम्म नेपालमा ४८,०६१ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : ११,१५४ => New Recovered : ८२३
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रणको सम्बन्धमा माग एवं निर्णयहरू :
नेकपाले लामो समयदेखिको पार्टी र सरकार समन्वयको विवाद यसपटक व्यवस्थापनको कोसिस गरेको छ। ७९ औं दिनमा सकिएको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनको सिलसिलामा बसेको सचिवालय बैठकमार्फत नेकपाले पार्टी र सरकारबीच समन्वयको कोसिस गरेको हो। यद्यपि निर्णय व्यवहारमै कार्यान्वयनको पाटो भने टुंगिन बाँकी छ।
मंगलबार दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्याएका डा. गोविन्द केसी साँझ अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका छन्। उनका सहयोगी प्रितम सुवेदीका अनुसार सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन्।
सम्बन्धित :
गोरखा नगरपालिकाको एक तला माथिको टपबाट झ्यालको अगाडि उभिएर जोखिमसाथ सेवा लिइरहेको तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएका छन्। मंगलबार एक महिलासहित ३ सेवाग्राही झ्यालमा उभिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाले पनि स्वीकारेको छ।
कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन्। जिल्लाको पाँचखाल नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन शुरु गरेको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न शैक्षिक मुद्दाहरु सुनुवाइको माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ त्रिवि समितिकी अध्यक्ष सम्झना केसीको नेतृत्वमा गएको नेविसंघको टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो।
यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ। राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ।
सरकारले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०७७ जारी गर्दै तोकिएको १५ वटा अस्पतालबाट सेवाग्राहीले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने बताएको छ।
अस्ट्रेलियाले विदेशीलाई नागरिकता दिने प्रावधानमा परिवर्तन गरेको छ। अस्ट्रेलियाका निमित्त अध्यागमन तथा नागरिकतामन्त्री एलज टजले एक दशकअघिदेखि निरन्तर चलिआएको परीक्षा प्रणालीलाई परिवर्तन गर्ने बिहीबार घोषणा गरेका हुन्।
बेलायत फेरि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्ने देखिएको छ। भाइरसको संक्रमणबाट युरोपकै सबैभन्दा बढी प्रभावित बेलायतले पहिलो संकट सामना गर्न नभ्याउँदै दोस्रो लहरको अनुभवसमेत गरेको छ। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन्।
अस्ट्रेलियाको तास्मेनियाको समुद्री तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। उद्धाकर्ताहरुले अझै धेरै मर्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन्। उक्त समुद्री तटमा सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचक तथा पूर्व घरजग्गा व्यापारी रेन सिचियाङलाई भ्रष्टाचार आरोपमा १८ वर्षको जेल सजाय तोकिएको छ। बेइजिङ अदालतले सिचियाङलाई 'भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको अपचलनको लागि दोषी' ठहर गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।
प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति र सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो।
सरकारले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोभिड-१९ का कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता विधि अपनाएर सिकाइ सहजिकरण गर्ने गरि आकस्मिक कार्ययोजना ल्याइएको बताइएको छ।