बोरुसियाको जीतमा हालन्डको दुई गोल, दुई एसिस्ट

अर्लिङ ब्राउट हालन्डले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गर्दा बोरुसिया डर्टमन्टले एइन्ट्राक्ट फ्राङ्कफर्टविरुद्ध शानदार जीत हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड ५–२ गोलले विजयी भएको हो ।खेलको २३ औँ मिनेटमा हालन्डले मोर्को रिउसका लागि गोलको अवसर सिर्जना गरे । बुन्डेस लिगामा रिउसको क्लबका लागि यो १ सयौँ गोल थियो । तर, लगत्तै फेलिक्स पासल्याकले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो ।त्यसको ५ मिनेट पछि नै हालन्डको पासमा गोल गर्दै थ्रोगान हजार्डले पुनः डर्टमन्