आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
शुक्रबार २,०२० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१,५९३ पुगेको छ भने मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
हालसम्म नेपालमा ४३,८२० जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : ११,४५८ => New Recovered : ८७१
सम्बन्धित :
कोरोना नियन्त्रणको सम्बन्धमा माग एवं निर्णयहरू :
कृषि मल कारखाना स्थापनाको काम अगाडि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमै कृषि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
सम्बन्धित :
सरकारका अनुसार प्राकृतिक प्रकोप बाढी, पहिरो र चट्याङका कारण मुलुकका ४९ जिल्लाका ३७४ जनाले ज्यान गुमाएका छन् भने १०१ बेपत्ता भएका छन्। विपद् जोखिम व्यवस्थापन कोषबाट निकासा गराएर ५ करोड ६९ लाख राहत रकम तत्काल उपलब्ध गराइएको बताइएको छ।
गाँजा तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई चितवन प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ आँपपानीका २५ वर्षीय दोर्जे तमाङ र सोही ठाउँका २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्। विपिन अधिकारीद्वारा सम्पादित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्।
एउटा इन्जिन र चारवटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे २ बजेतिर जनकपुर आइपुगेकाे छ। नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर रेल स्टेसन आइपुगेकाे रेलका तस्बिरहरू र भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आवश्यक परेको खण्डमा केही बुँदा सच्याएर वा हटाएर भएपनि एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन्। पार्टीको स्थायी समिति बैठकले पनि सम्झौताका केही बुँदा परिमार्जन गरेर भएपनि अनुमोदन गर्ने निर्णयको उनले बताए।
संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ। सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न समस्याले ४१ प्रतिशत मात्र काम सम्पन्न भएको हो।
रियल म्याड्रिडमा सातवर्षे उपाधिमय यात्रापछि गारेथ बेल इंग्लिस प्रिमियर लिगको टोली टोटेनहम हटस्पर फर्किने भएका छन्। स्पेनिस राजधानी म्याड्रिडमा उनको बिदाइमा धन्यवादभन्दा पनि निराशाको ठूलो भावना देखिएको छ।
दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आफ्नो टिममा खेलाडीबीच सुरुआती ११ स्थानका लागि चर्को प्रतिस्पर्धा रहेको बुधबार बताएका छन्। इन्डियन प्रिमियर लिग २०२० को आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबको सामना गर्नेछ । यो खेल आइतबार दुबईमा हुनेछ र दिल्लीले यसको तयारी गरिरहेको छ।
बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छन्। त्यसैगरी उनले पश्चीमी सीमा पोल्यान्ड र लुथियानासँगको सीमानाका पनि बन्द गर्न निर्देशन दिएका छन्।
अमेरिकी प्रतिनिधिको ताइवान भ्रमणकै समयमा चीनले 'ताइवान स्ट्रेट' मा सैन्य अभ्यास सुरु गर्ने भएको छ। बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धमा तनाव सिर्जना भएका बेला अमेरिकी अधिकारीको ताइवान भ्रमण हुन लागेको हो । यही समयमा चीनले लाइभ-फायर ड्रिल गर्ने भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना सम्बन्धी जानकारीमा आफ्नै प्रशासनका स्वास्थ्य प्रमुखको भनाइलाई खण्डन गर्दै दुई तीन हप्ता भित्रै खोप सबैका लागि उपलब्ध भइसक्ने बताएका हुन्। उनले संक्रमणबाट जोगिन लगाउने मास्क र खोप बजारमा आउने समयबारे, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडीसीका प्रमुख डाक्टर रोबर्ट रेडफिल्ड भन्दा फरक वक्तव्य दिँदै नयाँ विवाद सुरु गरेका हुन्।