छोटकरीमा : नेपालमा भदौ २०७७

भदौ महिनाभर कोरोनाको संक्रमणदर कस्तो रह्यो ? महिनाभर राष्ट्रियस्तरमा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण जानकारीहरू एकसाथ एकैठाउँमा थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

पहिलो हप्ता :

साउन ३२ गतेसम्म २६,०१९ जनामा देखिएको कोरोना भाइरस बढेर भदौ ०६ गतेसम्ममा ३१,११७

पुगेको थियो।

साउन ३२ गतेसम्म कोरोना भाइरसका कारण १०२ जनाको मृत्यु भएकोमा भदौ ०६ गतेसम्ममा १४६

पुगेको थियो।

भदौ ०६ गतेसम्म नेपालमा १८,३५० जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने ११,६५८

जना क्वारेन्टाइनमा रहेका थिए।


दोस्रो हप्ता :

भदौ ०६ गतेसम्म ३१,११७ जनामा देखिएको कोरोना भाइरस बढेर भदौ १३ गतेसम्ममा ३७,२४०

पुगेको थियो।

भदौ ०६ गतेसम्म कोरोना भाइरसका कारण १४६ जनाको मृत्यु भएकोमा भदौ १३ गतेसम्ममा २०७

पुगेको थियो।

भदौ ०६ गतेसम्म १८,३५० जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर भदौ १३ गतेसम्म २०,५५५ पुगेको थियो।

यस्तै, भदौ १३ गतेसम्म ६,६९,६२६ जनाको पिसीआर टेस्ट भएको थियो भने ८,०३५

जना क्वारेन्टाइनमा रहेका थिए।


तेसो हप्ता :

भदौ १३ गतेसम्म ३७,२४० जनामा देखिएको कोरोना भाइरस बढेर भदौ २० गतेसम्ममा ४५,२७७ पुगेको थियो।

भदौ १३ गतेसम्म कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएकोमा भदौ २० गतेसम्ममा २८०

पुगेको छ।

भदौ १३ गते'सम्म २०,५५५ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर भदौ २० गतेसम्ममा २७,१२७ पुगेको थियो।

यस्तै,भदौ २० गतेसम्म ७,५७,९६३ जनाको पिसीआर टेस्ट भएको थियो भने ६,७०१

जना क्वारेन्टाइनमा रहेका थिए।


चौथो हप्ता :

भदौ २० गतेसम्म ४५,२७७ जनामा देखिएको कोरोना भाइरस बढेर भदौ ३१ गतेसम्ममा ५८,३२७ पुगेको थियो।

भदौ २० गतेसम्म कोरोना भाइरसका कारण २८० जनाको मृत्यु भएकोमा भदौ ३१ गतेसम्ममा ३७९

पुगेको थियो।

भदौ २० गतेसम्म २७,१२७ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर भदौ ३१ गतेसम्ममा ४१,७०६ पुगेको थियो।

यस्तै, हालसम्म ८,८२,९१५ जनाको पिसीआर टेस्ट भएको थियो भने ७,८८३

जना क्वारेन्टाइनमा रहेका थिए।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

पहिलो हप्ता :

  • कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका थिए। कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका थिए।
  • कोरोना भाइरस फैलिन नदिनप्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको थियो। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेका थिए।
  • होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको थियो। टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ। 
  • टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको थियो। नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो।
  • काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लासहित बिहीवारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको थियो। सङ्घीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा उल्लेख वृद्धि देखिएको छ।
  • सरकारले कोरोना भारइसको पिसिआर परीक्षणको लागि हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको बताएको थियो। हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ। सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।
  • सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।

दोस्रो हप्ता :

  • लकडाउनका ११७ दिन (चैत ११ गतेबाट साउन ४ गतेसम्म) मा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ। यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ। प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन्। सरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको हो।
  • सरकारले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको तथा हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाएको छ।
  • उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।

तेस्रो हप्ता:

  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको थियो। यस्तै, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण भएको थियो।
  • प्रधानमन्त्री केपी ओलीले समाजमा ‘प्रतिपक्ष मनोविज्ञान’ हाबी हुँदै गएकाले सरकारले हरसम्भव प्रयास गर्दा पनि कोभिड–१९ को संक्रमण समुदायमा फैलिँदै गएको बताएका थिए । सरकारले स्रोतसाधनले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने, परीक्षण बढाउने, उपचारको व्यवस्था मिलाउनेलगायतका काम गर्दै आए पनि ती सबै कामलाई चुनौती दिने प्रवृत्ति र मनोविज्ञान समाजमा हाबी हुँदै गएको ओलीको भनाइ थियो।
  • नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको सरकारले जनाएको थियो। अन्य व्यक्तिहरुमा पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाले कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको बताइएको हो।
  • पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ। ७० वर्षिय चालिसे मुटुसम्बन्धी रोगबाट पीडित थिए। राजधानीको गंगालाल हृदय केन्द्रमा उनको निधन भएको हो। परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। 
  • प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 
  • ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर पुस महिनादेखि भदौसम्म २४६ डेंगुका बिरामी देखिएका छन्। ४६ जिल्लामा डेंगुका बिरामीहरु भेटिएका हुन्। डेंगुसँगै कलाजारका १४३ र मलेरियाका ५६ बिरामी पनि यो अवधिमा भेटिएका छन्।

चौथो हप्ता :

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
  • कोभिड-१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नु परेको बताईएको थियो।
  • कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन्। लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।
  • कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको बताइएको छ। 
  • कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेकाहरुले मंगलबारसम्म ६ हजार ९५ जना नेपालीले श्रम स्वीकृति पाएका थिए। यसरी श्रम स्वीकृति पाउनेमा ५ हजार ६५५ पुरुष र ४४० महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
  • कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन्। रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो।
  • प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका थिए। शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
  • भारतले नेपाललाई कोरोनाविरुद्ध लड्न दुई हजार भाइल रेम्डेसिभिर उपहारस्वरूप प्रदान गरेको थियो। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार भाइल रेम्डेसिभिर औषधि हस्तान्तरण गरेका हुन्। 
  • हिमाली जिल्ला मनाङमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार एकजना स्थानीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको थियो। 
अलपत्र श्रमिकको आक्रोश : विदेशमै लाग्यो सरकार विरोधी नारा || ok

साउदीमा ‘केपी ओली देश छोड्’ भन्दै नाराबाजी || onlinekhabar.com

Posted by OnlineKhabar on Tuesday, September 8, 2020


कोरोना भाइरस नियन्त्रण सम्बन्धमा माग एवं निर्णयहरू :

पहिलो हप्ता :

  • कोडिभ-१९ का कारण विदेशमा विभिन्‍न ठाउँमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत दैनिक ५ सयको संख्या नबढाइ ल्याउने निर्णय सरकारले गरेको थियो। तर, कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन लगाएकाले केही दिनका लागि उद्धार उडान पनि रोकिएको बताइएको थियो
  • सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको थियो।सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ । धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेका छैनन्।
  • कोभिड-१९ का कारण सर्वोच्च अदालतलगायतका सबै अदालतले सेवा कटौती गरेका छन्। अत्यावश्यक प्रकृतिका विषयमात्र अदालतले हेर्ने गरेको थियो। अदालतमा भिडभाड हुँदा कोरोनाको संक्रमण बढ्ने भन्दै सर्वोच्च अदालतसहितका अदालतहरुले सेवा कटौती गर्नुपरेको बताएका थिए।
  • मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले भदौ १६ सम्म सार्वजनिक यातायात नचल्ने निर्णय गरेकाले हदम्याद, म्याद, तारिखमा उपस्थित हुनुपर्ने अवस्थाका सेवाग्राहीलाई भदौं १६ गतेदेखि बाटाको म्यादबाहेक ३० दिनभित्र उपस्थित भए हुने सूचना जारी गरेको थियो।
  • सरकारले कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने बताएको थियो। कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो।
  • पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको थियो। कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको थियो।
  • सरकारले कोरोना संक्रमण रोकथामका लागि हरेक प्रदेशमा एक उच्चस्तरीय समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको थियो। समितिले प्रदेशमा पुगी त्यहाँका अस्पताल, स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालासँग समन्वय गरी ‌संक्रमितहरुको व्यवस्थापन एवं कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सघाउने छ।
  • निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको थियो।
  • सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ। विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने थियो। यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन्। यसमा खाना खाजाको खर्च पनि जोडिएको छ।
  • सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको थियो।
  • सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको थियो। त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटलको क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको थियो।
  • प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको हो।
  • नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्दै कोरोना भाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्ने बताएका थिए। रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउने बताइएको छ।

दोस्रो हप्ता :

  • प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने घटनाप्रति दुःख व्यक्त गरेको थियो। 
  • सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गरेको थियो। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ।
  • घरघरबाट स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिने गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशाालाहरूलाई तत्काल सो कार्य (होम कलेक्सन) बन्द गर्न निर्देशन दिएको थियो। प्रयोगशालाले पिसिआर परीक्षण गर्न चाहने व्यक्तिलाई सरकारले तोकेको ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न अनुरोध गरेको हो।
  • कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई "तत्काल पक्राउ गरी कारबाही गर्न" माग गरेको थियो। 
  • बाग्लुङ नगरपालिकामा जारी निषेधाज्ञा एक साता थपिएको थियो । ३ भदौदेखि जारी निषेधाज्ञा एक साता लम्ब्याएर १५ भदौसम्म पुऱ्याइएको हो। 
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका थिए। विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।
  • उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको थियो। 
  • सरकारले प्रत्येक प्रदेशमा २-२ जिल्ला छनोट गरेर ४-४ वटा भेन्टिलेटर र १०-१० वटा आइसीयू बेड निर्माण गर्नका लागि २-२ करोड बजेट निकासा गरेको छ। ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी सरकारको रहेको छ। 
  • निषेधाज्ञाको अवस्थामा सर्वधारण जनतालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न टोल–टोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको थियो। शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको भर्चुअल बैठकले साना पसलहरु खोल्ने व्यवस्था गरि एकै पल्ट भिड हुने स्थितिलाई अन्त्य गर्न निर्देशन दिएको हो।
  • पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका मंगलबार स्वीकृत गरेको थियो। मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर चार हजार तीन सय २२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये एक हजार चार बालिका र तीन हजार तीन सय १५ बालक रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। 
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता अर्थात् १७ भदौसम्म लम्बिएको थियो। निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गरेकाले दुई सातापछि यसको प्रभाव देखिने सरकारको तर्क छ।
  • बुधबार स्वास्थ्य तथा नसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप ४ दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो। अस्पतालमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा सरकारले शोधभर्ना नगर्ने बताइएको थियो। 
  • सरकारका अनुसार भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने छ। तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि सुरक्षाका सावधानी अपनाउनु पर्नेछ भने नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गर्नुपर्नेछ।
  • सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ। कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी दिन रोकेको थियो।
  • राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ। बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो। खाना डेलिभरीमा खटिएकाले डेलिभरीको काम रोकिए दैनिकी चलाउनै अप्ठ्यारो हुने बताइरहेका छन्।
  • कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ। नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन्।
  • कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ। नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन्।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ। काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो।
  • सरकारले कोरोना रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करिब ६,२०२ शय्या थप गरेको छ। यस्तै सरकारले वीरगन्जको नेसनल मेडिकल कलेज, काठमाडौंका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड– १९ अस्पतालमा परिणत गरिएको बताएको छ
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताएका छन्। उनले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।

तेस्रो हप्ता :

  • मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा संचालन गर्न स्वीकृति दिएको थियो 
  • सरकारले रोजगार खुलाएका विभिन्‍न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो।
  • सरकारले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । साथै सरकारले नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई चर्को भाडा नलिन निर्देशन समेत दिएको छ।
  • विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नेलगायत विषयको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो।
  • मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सारेको थियो।
  • मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भर्चुअल बैठकले गृह मन्त्रालयबाट स्वीकृति लिएरमात्रै निषेधाज्ञा सम्बन्धी विषयमा निर्णय लिने निष्कर्ष निकालेको थियो। दैनिक उपभोग्य बस्तु विक्रि वितरणमा बिहान ९ बजेसम्म कायम गरिएको समयसीमा हेरफेर गर्ने, अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक सावधानी अपनाएर सुचारु गर्नेलगायत विषयमा पनि कुरा उठेको बताइएको छ
  • कोरोना भाइरससम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका थिए।
  • ई–कमर्स पुनः सञ्‍चालनमा आएको छ। अत्यावश्यक सेवाअन्तर्गत तोकिएका औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ साथै प्याकेजिङका सामग्रीहरू मात्र होम डेलिभरी गरिएको मेरो किरानाका सागरदेव भट्टले जानकारी दिए।
  • बुधबार काठमाडौं उपत्यकामा भदौ २४ गते सम्मका लागि थप गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाइएको थियो। अब होटल/रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालनको अनुमति सहित बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न दिइने भएको थियो। त्यसैगरी विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय साथै छोटो दुरीका ढुवानीका लागि प्रयोग हुने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्नेछ।
  • सरकारले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा र २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरेको थियो।
  • उपत्यकालगायत सातै प्रदेशमा समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोगमा आगामी साताबाट सातै प्रदेशको समुदायमा एन्टिबडी परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन ) अघि बढाउने तयारी भएको जनाएको छ।  
  • काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टले खानेकुरा उत्पादन गरी टेक अवे तथा होम डेलिभरीमार्फत ग्राहकसमक्ष पुर्‍याउन पाउने भएका थिए।

चौथो हप्ता :

  • सर्वसाधारणले शुल्क तिरेर जुनसुकै बेलामा पनि सबै सरकारी प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न पाउने भएका छन्  यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको सरकारले बताएको थियो।
  • संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले कोरोना भाइरसको भ्याक्सिन 'कोभ्याक्स सुविधा' तर्फबाट नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ।
  • कोरोना संक्रमण भएका व्यक्तिको उपचार र सामान्य बिरामीको उपचार एउटै अस्पतालमा गर्दा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना बढेको स्वास्थ्यकर्मीले बताएका थिए। कोभिड- १९ डेडिकेटेड अस्पतालको संख्या बढाएर अरु बिरामीलाई उपचार गर्ने अस्पतालमै कोरोना संक्रमितलाई राख्न नहुने उनीहरूले बताएका छन्। 
  • बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले २० सिटभन्दा ठूला सार्वजनिक यातायातलाई जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। यस्तै, सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ । तर, सबै दिन खुल्न पाउने छैनन्। रेस्टुरेन्टहरूको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ।
  •  भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको थियो।
  • काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि खुकुलो भएर जोर—बिजोर प्रणालीमा सवारी साधन सञ्चालन हुने भए पनि यसको फाइदा मनोरञ्जन क्षेत्रले भने उपयोग गर्न पाउने छैन। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे पनि शैक्षिक संस्था, सिनेमा हल, नाटक घर, जिमखानालगायत यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन्।
  • उपत्यकाका २० सांसदले लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाव दिएका थिए। साथै उनीहरूले उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गर्न सरकारलाई सुझाब दिएका छन्।
  • सरकारले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ। १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय गरेको सरकारले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको बताएको हो। 
  • बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए।यस्तै, विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ ।
  • बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको थियो।
  • शुक्रबार सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका कैदीबन्दीलाई छोड्न आदेश दिएको थियो। त्यसका लागि माफी मिनाहाको सुविधा उपलब्ध गराउन परमादेश जारी गरेको हो।
  • नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा रुसको खोप, अक्सफोर्ड ग्रुपले उत्पादन गरेको खोप र चीनमा उत्पादित खोप नेपालमा 'क्लनिक ट्रायल' गर्ने जनाएको हो।  
  • यातायात व्यवसायी र मजदुर संगठनले आगामी असोज १ देखि लामो दूरीका गाडी चलाउन लागेको जानकारी सरकारलाई गराएका थिए।
  • सार्स–कोभ–२ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि गरिने आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएका १३ मध्ये १२ वटा निजी प्रयोगशालाहरुले सरकारले आइताबार घटाएर कायम गरेको शुल्क २ हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका थिए। 
  • सरकारले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली PCR परीक्षण नगर्न र नगराउन निर्देशन दिएको थियो। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ। यस्तै, PCR परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिन प्रयोगशालालाई आग्रह गरेको हो।


महिनाभरका राजनीतिक गतिविधिहरू :

पहिलो हप्ता :

  • पार्टीको आन्तरिक विवाद समाधानको मस्यौदा बनाउन दुई अध्यक्षको पहलमा गठित कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल गरेर अगाडि बढाउन तयार भएपछि नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ओली र दाहालले ६ सदस्यीय कार्यदल बनाएका थिए। 
  • अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्दै आलोचना भए पनि सांसदहरुलाई नयाँ लोग प्रदान गरिएको थियो। स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न भए पनि लोगो ग्रहण गरिएको सांसदहरुले बताएका थिए।
  • सोमबार बसेको ‘नेपाल–भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) को बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको गत्यावरोध अन्त्य गर्ने विषयमा आज पनि छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन–चारदिनभित्रै निकास निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी रहेको थियो।
  • ईजरायल र नेपालबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशआज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्वन्धी सम्झौता भएको छ। यो सम्झौतासँगै अब कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु पर्दैन।
  • आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

दोस्रो हप्ता :

नेकपा विवाद :

  • ठूलै आन्तरिक सङ्घर्षमा फसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यदलले 'सहमतिको प्रतिवेदन' सर्वसम्मत रूपमा तयार पारेपछि त्यहाँभित्रको विवाद अहिलेलाई अन्त्य हुने ठानिएको छ। महासचिव विष्णु पौडेलको नेतृत्वमा दुवै अध्यक्ष र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू रहेको कार्यदलले तयार गरेको प्रतिवेदन सोमबार दुवै अध्यक्षले बुझेका थिए।
  • नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अधिकार बाँडफाँडलाई लिएर भएको संघर्ष टुंग्याउन पार्टी महासचिवको नेतृत्वमा गठित कार्यदलले चारबुँदे प्रस्ताव अगाडि सारेको छ। ‘कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्ने’ शीर्षकमा कार्यदलको प्रतिवेदनमा पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्न सुझाव छ। 
  • मंगलबार पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको थियो। कति संख्यामा र कुन मापदण्डका आधारमा मन्त्री हेरफेर गर्ने भन्ने कार्यदल प्रतिवेदनमा यकिन किटान नभए पनि कार्यदल प्रतिवेदनअनुसार विवाद टुंगिएलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तयार भएका हुन्।
  • विवाद समाधान गर्न गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमाथि छलफल गर्न नेकपाले भदौ १३ गते सचिवालय बैठक बोलाएको थियो। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो। 

अन्य खबरहरू :

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन्। उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए। 
  • पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा डा. उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरिएको छ। मंगलबार बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी कोइरालालाई सदस्यमा नियुक्त गरिएको हो। कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन्।
  • राजनीतिक सहयात्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछीको ‘विशिष्ठ परिस्थिति’ मा २०७६ साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न पुगेका योगेशकुमार भट्टराईले आफ्नो एक वर्षे कार्यकालमा कोभिड १९ का कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। उड्डयन, पर्यटन र संस्कृति हेर्ने मन्त्रालयको एक आर्थिक वर्षमा भए/गरेका गतिविघि समेटेर तयार पारिएको ‘वार्षिक प्रगति पुस्तिका’ सार्वजनिक गर्दै मंगलबार पर्यटन मन्त्री भट्टराईले भर्खरै सकिएको आर्थिक वर्ष ०७६/७७ मा प्राप्त २१ अर्ब रुपैयाँ बजेटको झन्डै ५९ प्रतिशत मात्रै खर्च गरेर चित्त बुझाउनु परेको बताए।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका थिए। मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा रुस सरकारले लगानीसहित सहकार्य गर्नेबारे छलफल भएको थियो । 
  • उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका थिए। उनले आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका हुन्। \
  • विवेकशील नेपाली दलले राष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीको चयन प्रत्यक्ष निर्वाचित प्रणालीबाट हुनुपर्ने एजेन्डाका साथ अघि बढ्ने जनाएको छ। दलले गतिशील लोकतान्त्रिक बहुलवादलाई दलको दर्शन मान्ने जनाएको छ । त्यसैगरी सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, दिगो आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्याय गरी चारखम्बे सिद्धान्तलाई आधार बनाएर अघि बढ्ने विवेकशीलले जनाएको छ।
  • प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले विभिन्न देशबाट उद्धार गरिएका श्रमिकको सामाजिक पुनर्स्थापनामा समस्या आउन नदिने गरी व्यवस्थापन गर्न–गराउन, उद्धार गरिएका महिला गर्भवती भएको देखिएकाले उनीहरूको मर्यादित र सुरक्षित व्यवस्थापन गर्न शीघ्र कार्यविधि बनाई कार्यसम्पादन गर्न–गराउन ध्यानाकर्षण गराएको थियो। समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो। 
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका थिए।
  • नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले मुख खोलेको थियो। बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताएका हुन्। 
  • हाल जुम्लामा रहेका चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन्। गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।

तेस्रो हप्ता :

  • संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्। पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार (पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन) उपज सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।
  • नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भएको थियो।
  • कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ।भिजिट भिसा कति समयसम्मका लागि नवीकरण हुन्छ भनेर मिति भने खुलाइएको छैन।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘शुभेच्छुक संस्था समन्वय’ विभाग विस्तार गरेका छन् उनले बिहीबार बेलुकी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको विभाग विस्तार गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
  • अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट शुक्रबार राजीनामा दिएका छन्।राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ। उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन्।
  • आधा वर्ष लामो पौंठेजोरीपछि नेकपा पुरानै ठाउँमा फर्किएको टिप्पणी हुन थालेको छ । पार्टी सचिवालयको बैठकले राष्ट्रियसभाको रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेपछि नेकपा फागुन १४ मै फर्किएको नेकपाका नेताहरूको दाबी छ ।
  • सत्तारूढ नेकपाको सचिवालयको बिहीवार राष्ट्रिय सभामा नेता वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिमण्डल पुनर्गठन र नयाँ अर्थमन्त्रीको चर्चा चुलिएको छ। सरकारले शुक्रवार नै नेकपा सचिवालयको निर्णयानुरूप गौतमको नाम राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने चर्चा चलेको थियो। तर अपराह्ण बसेको मन्त्रिपरिषद्को बैठकले त्यससम्बन्धी कुनै निर्णय नगरेको विवरणहरू आएका छन्।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न महाधिवेशनको निश्पक्षतामा नै प्रश्न उठेको भन्दै सभापति शेरबहादुर देउवासँग वार कि पार गर्ने तयारी गरेको छ। पार्टीमा सभापतिको स्वच्छचारिताले सीमा नाघेको भन्दै नेताहरूले अब चुप बस्न नहुने निश्कर्ष निकालेका हुन।

चौथो हप्ता :

  • राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको एक नम्बरको पुरस्कार चार वर्षदेखि सरकारले कसैलाई दिन सकेको छैन। सरकारसँग सङ्घमा करिब ५० हजार, प्रदेशमा करिब २२ हजार र स्थानीय तहमा करिब ६७ हजार कर्मचारी रहेको बताइन्छ। ती मध्ये सङ्घअन्तर्गत रहेका कर्मचारीमध्येबाट सर्वोत्कृष्ट रोज्ने हो।
  • नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रममात्र भएको निष्कर्ष निकालेको थियो। गत शनिबार र आइतबार बसेको प्रचार विभागको ‘भर्चुअल’ बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारले गरेका भ्रष्टाचारहरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको हो।
  • सहकारी पार्टी नेपाल नामको राजनीतिक दल विवेकशील नेपाली दलमा विलय भएको छ। यसबारेमा दुवै दलका अध्यक्षले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका छन्। पार्टी एकीकरणपछि अब सशक्त राजनीतिक दल बनाउने भनाइ दुवै दललका नेताहरूले राखेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
  • तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले आफ्नो मन्त्रालयले "पहिले गरेको निर्णय त्रुटिपूर्ण" रहेको बताएकी छन्। सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो। तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले बनाएको निर्देशक समितिले जग्गालाई खेतीयोग्य र अन्य भनी वर्गीकरण गर्न अनुमति दिएको थियो।
  • अलग्गै बैठक सम्पन्न गर्ने तहसम्म चुलिएको विवाद मत्थर पार्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबारको छलफलपछि ओली र प्रचण्डले शुक्रबार (२६ भदौ)का लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।
  • भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर दक्षिण ओलाङचुङगोला सडकको ट्रयाक जोडिन अब पाँच किलोमिटर मात्र बाँकी रहेको छ। पूर्वको समृद्धिको ढोका मानिएको उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पारेका थिए। पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका हुन्। 
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन्। बुधबार रोल्पाको लिवाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए।
  • यस वर्षको संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्जवलन गरिने भएको छ। सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी 'स्लोगन' वेबसाइटमा प्रकाशित गर्नेछन्। सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने बताएको छ।
  • सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ। सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो। अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन्।
  • नेकपाको स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ। आज बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाएको छ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि 'नोट अफ् डिसेन्ट' राखेका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। पोखरेलले त्यसमा नोट अफ् डिसेन्ट राखेका हुन्।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन्। मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए। मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।नेता पौडेलले अख्तियारमा भइरहेका लापरबाहीको छानबिन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन्।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार, अनियमितता र घूसखोरी नियन्त्रण गर्न नयाँ कानुन आवश्यक रहेको बताएका छन्। स्थायी कमिटीको शुक्रबारको बैठकमा बोल्दै नेता खनालले शासन–प्रशासनमा भ्रष्टाचार व्याप्त रहेको र अनियमितता बढेको निष्कर्ष निकाल्दै आफूले नयाँ कानुन निर्माण गर्नुपर्ने बताएको जानकारी दिए।
  • सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो।
  • नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन-५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टीमातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको बताए। यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको हो। 


महिनाभरका आर्थिक एवं न्यायीक गतिविधिहरू :

पहिलो हप्ता :

  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको थियो। सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेको बताइएको हो।
  • सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसविच महेश दाहाललाई नियुक्त गरेको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दाहाललाई नियुक्त गर्ने निणृय भएको हो। बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो।
  • निर्वाचन आयोगले ‘नेकपा एमाले’ नामको नयाँ दल दर्ता गरेको थियो। खाली रहेको नेकपा एमाले नामको दल दर्ता गराउन १२ असारमा निवेदन परेको थियो। नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि नेकपाभित्र तरंग पैदा भएको थियो। 
  • कोरोनाका कारण महाधिवेशन हुन नसक्ने अवस्था भएको बताउँदै नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थपिएको थियो। नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदै थियो । ६ महिना थपिएपछि फागुनसम्मका लागि वर्तमान कार्यसमितिले काम गर्नेछ ।
  • सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। यो आदेशसँगै सरकारले नै तोकेको कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीले काम गर्न नपाउने भएकी छन्। त्यसो हुँदा यसअघिकै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले निरन्तर काम गर्न पाउनेछन्।
  • सरकारको आय व्ययको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयले क्रियाकलापमा आधारित खर्चको विवरण राख्ने लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम) सुरुवात गरेको छ। बिहीबारदेखि तीनै तहका सरकारले गर्ने खर्च यही लेखा प्रणालीमा विवरण राखिने भएको हो।
  • सीमा सुरक्षा मात्र हेर्ने जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले तराईका आठ जिल्लामा रिजर्भ गण स्थापना गरेको छ। यसअघि भन्सार, राजस्व तथा औद्योगिक गुल्ममा खटाइएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाइएको हो। झापा, सुनसरी, महोत्तरी, बारा, कपिलवस्तु, बाँके, कैलाली र दार्चुलामा रिजर्भ गण स्थापना भएको हो। 
  • नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा सेयर वृद्धि गर्ने भएको छ। आईएफसी विश्व बैंक समुहअन्तर्गत रहेका ६ वटामध्ये एक निकाय हो। यसले खासगरी विश्वभर निजी क्षेत्रमा ऋण लगानी प्रवाह गर्छ।
  • सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ। मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ। यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
  • सरकारले सोसक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट २३ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ। यस्तै सरकारले नर्वे सरकारले दिने भनेको ४ अर्ब १८ करोड बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

दोस्रो हप्ता :

  • केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले मात्र कमी आएको छ । सोमबार नेपाल राष्ट्र बैंकले आफूले गरेको अनुमान तथा विश्व बैंकले गरको प्रक्षेपणलाई चुनौती दिने तथ्य सार्वजनिक गरेको हो।
  • नागरिक उड्डयन मन्त्रालय र संसदीय समितिले आर्थिक र प्राविधिक रूपमा अनुपयुक्त भनेको काभे्रको नागीडाँडामा १७ अर्ब लागतमा विमानस्थल बनाउने तयारी थालिएको छ। काभ्रेमा १ हजार मिटर रनवे भएको सानो आन्तरिक विमानस्थल बनाउन जापानी सहयोग नियोग (जाइका)सँग अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा बढी १७ अर्ब रुपैयाँ ऋण लिने तयारी शुरु गरिएको हो।
  • रौतहटस्थित हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको हो। 
  • सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदाले यस्तो प्रावधान समेटेको हो।

तेस्रो हप्ता :

  • भदौ १४ गते बसेको मन्त्रिपरिषद्ले चैत १६ गते अगाडि सिपिङ भइसकेको मरिच र केराउ आयात गर्न स्वीकृति दिए पनि निकै ढिलो भएको खुलेको छ। पाँच महिना बन्दरगाहमा रोकिँदा कुहिसकेको मरिच र केराउ सरकारले आयात गर्न अनुमति दिए पनि त्यस्ता सामग्री कामै नलाग्‍ने स्थितिमा पुगेको हो। विदेशी मुद्रा बाहिरिन रोक्न भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्ले मरिच र केराउनसँगै मदिरा, छकडा र महंगा गाडी आयात रोकेको थियो।
  • नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् । यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए। 
  • वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) बुझाउनु पर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'नो अब्जेक्सन लेटर' नेपाली राजदूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो। 
  • रौतहटको माधवनारायणस्थित नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेकामा नरेश राउत पटेल र बालकुमार पटेल छन्। पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।
  • कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी मोहिनप्रसाद जोशीले बताए। अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश दिएकाे छ।

चौथो हप्ता :

  • अफवाह फैलाई सार्वजनिक शान्ति भंग गर्न खोज्‍ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ। यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। 
  • अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन्। ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ। यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन्। 
  • घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो।
  • कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन्। अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ।
  • मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन्। अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ। नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन्। साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो।
  • रेल विभागले विवादित टेन्डर अन्ततः रद्द गरेको छ। प्रभावित जनतालाई मुआब्जा नदिई रेलमार्गको ठेक्का दिने र साइट क्लियर नभएको भन्दै आयोजना अलपत्र पार्ने योजना रोकिएको छ। 
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को बेला पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताएका छन्। उनले निर्यातको स्थिरता रहनुका साथै आयातमा भएको व्यवस्थापनसाथै चालू खाता घाटामा उल्लेख्य सुधार भएको बताए । शोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उनले बताए।
  • नेपाल वायुसेवा निमगले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ। निगमले उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर यसको अध्ययन गरिरहेको छ। ६ वटा चिनियाँ जहाज चलाउन नसकेर थन्काएर राखेको निगमले नयाँ जहाज खरिद गर्न लागेको हो।
  • उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले सशस्त्र प्रहरी बिओपीलाई बेलौरी नगरपालिकाले उपभोगका लागि दिएको जमिन प्रकरणमा एक महिनाअघि दिएको अन्तरिम आदेश बदर गरेको छ। गत असारमा बेलौरी नगरपालिका– २ खैरानी थापा चौराहमा सशस्त्र प्रहरी बलको बिओपी राखिएको थियो। सशस्त्र प्रहरी बसेको जमिन आफ्नो भन्दै स्थानीय जनक भण्डारीले दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो। 
  • भुकम्पबाट धेरै क्षति ब्यहोर्नेमध्येको पूर्वी पहाडी जिल्ला दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण सम्पन्न हुँदा १८ अर्ब ४४ करोड ९३ लाख खर्च भएको छ। विनाशकारी भुकम्प गएको ५ वर्ष बित्नै लाग्दा दोलखामा ६० हजार ७ सय २६ घरको पुनर्निर्माण सकिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म दोलखामा निजी आवास निर्माणका लागि मात्रै १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रकम खर्च भइसकेको छ। 
  • गरुडा ८ जिगडियाका बिजय महराको हिरासतमा मृत्यु भएको घटनामा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) सहित ६ जना विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन्। 
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए।
  • सर्वोच्च अदालतले कोरोना महामारीलाई कारण देखाउँदै असल चालचलन भएका र नकारात्मक सूचीमा नरहेका कैदीबन्दीलाई रिहा गर्न परमादेश जारी गरेको छ। विभिन्‍न कारागारमा रहेका कैदीहरुलाई कोरोना संक्रमण भएको खबर आइरहेका बेला सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।
  • बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन्। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो। १८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो।
  • भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने भएको छ। यातायात कार्यालयले लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकलाई आउने बुधबारभित्रमा नवीकरण गरिसक्न आग्रह गरेको हो।
  • भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनदेखि रोकेर राखिएका दुई रेल भदौभित्रै नेपाल ल्याइने तयारी गरिएको छ। गत फागुनदेखि नै जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि ल्याइएका ती रेल कोभिड–१९ का कारण बीचबाटोमै अड्किएका हुन्।




महिनाभरका शैक्षिक गतिविधिहरू :

पहिलो हप्ता :

  • विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा प्रकाशन गरेको थियो। यसवर्ष सार्वजनिक गरिएको नतिजामा जिपिएको विवरण खुलाइएको छैन्। पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिएको ( कोभिड–१९) को संक्रमण बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि सबै कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। सबै कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा बस्ने र अनलाइनबाट काम गर्न मिल्ने भए सोही अनुसार गर्ने विश्वविद्यालयले आइतबार गरेको निर्णयमा उल्लेख छ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले न्यूनतम ६ महिनाको कोभिड- १९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक साताभित्र सार्वजनिक गर्न सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका थिए। मन्त्री पोखरेलले कोरोना महामारीको सामना गरेको ५–६ महिना बितिसकेको र यस अवधिमा सबै विश्वविद्यालयले आफ्ना विद्यार्थी ट्रयाकिङ गरिसकेको हुनुपर्ने बताए। यसैगरी उनले इन्टरनेट भएन, सबै विद्यार्थीको पहुँचमा पुग्न सकिएन, विद्युत् भएनजस्ता विषय बैठकमा नराख्न पनि अनुरोध गरेका थिए।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको थियो।

दोस्रो हप्ता :

  • काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएसँगै उक्त कदमको विद्यार्थीद्वारा विरोध भएको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन्। चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो। 
  • डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ।१३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ। कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ।
  • चलचित्र बिकास बोर्डले विद्यालय र माध्यमिकस्तरमा फिल्मसम्बन्धी पढाइ संचालन गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रसँग छलफल अगाडि बढाएको छ। र, यसमा केन्द्र सकारात्मक देखिएको पनि बोर्डले दावी गरेको हो।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ। कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

तेस्रो हप्ता :

  • पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ।नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो।
  • शिक्षा मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन तथा होम स्कुलिङकोबाट भएको पठनपाठनलाई शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिएको छ। अहिलेको पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ। यससँगै सरकारले स्थानीय तहको अनुमति लिएर निजी विद्यालयलाई शुल्क उठाउन बाटो खुला गरिदिएको छ।
  • राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा‍.डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाउनुभयो।

चौथो हप्ता :

  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अध्ययनरत विद्यार्थीको शैक्षिक सत्र खेर नजाने व्यवस्था गर्न सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल (सीटीएसएन) ले माग गरेको छ। सीटीएसएनले विज्ञप्ती जारी गर्दै शिक्षण गतिविधि पुनः ढुक्कले सञ्‍चालन गर्ने व्यवस्था गर्न माग गरेको हो।
  • कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । ओपन बुक पद्धति अपनाउने, कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने लगायतका विकल्प प्रतिवेदनमा सुझाइएको छ ।
  • सरकारले मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने अभियान चलाएको १२ वर्ष बित्यो। यसबीचमा सात अर्ब ४० करोड १३ लाख ७५ हजार खर्च भएको छ। तर, संघीय राजधानी रहेका काठमाडौं जिल्ला र महानगर नै पूर्ण साक्षर घोषणा हुन सकेका छैनन्।
  • उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्। कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो। 
  • प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्। डा. केसीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै वरिष्ठताको आधार भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएकोमा आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संज्ञा दिएका छन्। मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले अर्थोपेडिक सर्जन प्राडा दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 


विविध :

पहिलो हप्ता :

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरेले बताएका थिए। उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काव्य उनको चर्चित पुस्तक हो।
  • राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानसहित बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। घिमिरेको एक सय एक वर्षको उमेरमा आफ्नै निवासमा मंगलबार साँझ निधन भएकाे थियाे। बुधबार नेपाली सेनाले अन्तिम सलामी अर्पण गरेर घिमिरेको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको हो। 
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ। 
  • अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने सम्झौता भएको थियो। एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन्।

दोस्रो हप्ता :

  • आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको छ। मेचीनगर–१३ चारआलीका पूर्व सेना दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन्।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो। कालीमाटीलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
  • कास्कीको हेम्जा केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको थियो। हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
  • डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ।

तेस्रो हप्ता :

  • नेपाल प्रहरीले प्रदेश र स्थानीय तहबाट बजेट पाउन थालेपछि पूर्वाधार विकासमा केही सुधार गरेको छ। स्रोतसाधनको अभाव झेल्दै आएको प्रहरीले यो वर्ष ३९ वटा नयाँ भवन र ९२ वटा ब्यारेक बनाउने भएको छ।  
  • नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको 'वास्तविक उचाइ यकिन गरिसकेको' अधिकारीहरूले बताएका छन्। तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र 'प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिने' उनीहरूको भनाइ छ।
  • असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ। मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ। यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन्।
  • चितवनमा युरिया मलको हाहाकार भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको छ। जिल्ला मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति चितवनको बुधबार बसेको बैठकले जिल्लामा थप मल आपूर्तिको लागि सरकारसँग पाँचसय मेट्रिक टन मलको माग गरेको हो। 

पुल्चोक घटना :

  • उपत्यकामा जारी निषधाज्ञा अवज्ञा गर्दै बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गरिएपछि युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा केही प्रदर्शनकारी, पत्रकार सहित ४ प्रहरी जवान घाइते भएका थिए।
  • पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई आक्रोशित भिडले आक्रमण गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। आक्रमणमा पर्ने जवान घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए।
  • एकातिर संक्रमण नियन्त्रणका लागि आममानिसलाई घरबाहिर निस्कन दिइएको छैन भने अर्कातिर रथ सञ्चालनका लागि भिड जम्मा हुँदा पनि प्रशासनले सुइको नपाउनु वा स‌ंयोजन हुन नसक्नु स्वयं प्रशासनकै लापबाही र हेलचेक्राइँ मानिएको छ।

चौथो हप्ता :

  • सरकारले चैतमा लकडाउन घोषणा गरेपछि बन्द भएको सदर चिडियाखाना आर्थिक अभावमा पर्न थालेको छ। १ सय १० प्रजातिका १ हजार ५० प्रकारका जीवजन्तु र चराचुरुंगी रहेको यो चिडियाखाना आर्थिक संकटमा परेपछि यहाँ कार्यरत ७५ जना कर्मचारीको तलब कटौती गरिएको चिडियाखानाका प्रमुख चिरञ्जिवीप्रसाद पोखरलले बताए।
  • भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ
  • प्रधानमन्त्री केपी ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए। उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो।’ 

सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक