कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ । पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।

सम्बन्धित सामग्री

कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ' - BBC News नेपाली

एउटा अध्ययनका अनुसार शरीरमा जति धेरै एन्टिबडी भयो फेरि सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुने देखाएको छ।

बीबीसी नेपाली

कोरोना भाइरसविरुद्धको खोप

खोप भाइरसको निष्क्रिय रूप वा यसको जिन प्रोटिनबाट तयार गरिन्छ । खोप लगाएपछि स्वस्थ व्यक्तिको शरीरमा रोगसँग लड्ने एन्टिबडीको विकास हुन्छ । एकपटक एन्टिबडी सक्रिय भएपछि त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गरे पनि शरीरले त्यसलाई चिन्छ अनि नष्ट गर्दछ । एकपटक खोप लगाएपछि त्यसले आजीवन काम गर्न पनि सक्छ, छोटो अवधि काम गर्न पनि सक्छ । छोटो अवधिमात्र काम गर्ने खोप उत्पादन भयो भने बुस्टर डोज दिनुपर्ने हुन्छ । खोप निर्माणका लागि विभिन्न चरण हुन्छन् जस्तै, प्रयोगशा

गोरखापत्र

कोरोना निस्तेज पार्न ‘एन्टिबडी’ को आशा

कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७डि११) वैज्ञानिकहरूले

नयाँ पत्रिका

एन्टीबडी परीक्षणले पत्ता लाग्दैन कोरोना भाइरस

अमेरिकामा सटडाउनपछि एक पटक फेरि सबै कुरा खोल्नेबारेमा छलफल भइरहेको छ। यस्तोमा एन्टीबडी परीक्षणलाई यो निर्णयका लागि सहयोगी मानिएको छ। तर यस परीक्षणमा कयौँ समस्या पनि देखिएका छन्। एक अध्ययन अनुसार अहिलेसम्म भएका कयौँ एन्टीबडी परीक्षणको नतिजा गलत आएको छ। तर पनि यस परीक्षणमार्फत कुनै व्यक्ति कोरोनाको चपेटामा पर्न सक्ने नसक्ने...

थाहा खबर

हेटौंडामा र्‍यापिड टेस्टमा ४ जनामा कोरोना एन्टीबडी पोजेटिभ

४ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको …

अनलाइनखबर

चीनमा १५ मिनेटमै कोरोनाको नतिजा पत्ता लगाउन सकिने टेस्ट किटको विकास

बेइजिङ । चिनियाँ चिकित्सा वैज्ञानिकहरुले एन्टीबडी परीक्षणबाट १५ मिनेटमा कोरोना भाइरस भए-नभएको पत्ता लगाउन

बाह्रखरी