छोटकरीमा यस हप्ता : भाद्र १४ गतेदेखि भाद्र २१ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (भाद्र १४ देखि भाद्र २१ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना अपडेट :

गत शनिबारसम्म २,४९,६६,७१२ जनामा देखिएको कोरोना भाइरस बढेर यस आइतबार २,७२,८३,७१८ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ८,०५,०६८ जनाको मृत्यु भएकोमा यस आइतबार ८,८७,३०५ पुगेको छ।

हालसम्म विश्वभर १,९३,७९, ५३० जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • ८४ वर्षीय भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। उनकाे मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो। शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुगेका थिए।
  • कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा करिब ३८हजार मानिसहरु सडकमा उत्रिएका थिए। 
  • विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र समान वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने बताएको छ। विश्व स्वास्थ्य संगठन भएकै कारण अमेरिका कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने ट्रम्प प्रशासनले जनाएको थियो। 
  • यस आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ। अप्रिलबाट शुरु हुने भारतको आर्थिक वर्ष २०२०–२१ को जुनसम्मका तीनमध्ये दुई महिनामा लकडाउन रहेकाले अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको त्यहाँको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ। 
  • सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुङले कोरोना भाइरस प्रकोपको सामना गर्न सरकारबाट गरेको गल्ती स्वीकार गर्दै माफी मागेका थिए। यीमध्ये महामारीका समयमा भएको एउटा त्रुटि आप्रवासी कामदारहरूसँग सम्बन्धित रहेको जनाइएको छ। महामारीका समयमा समेत एकै कोठामा २० जनाभन्दा बढीलाई राखिएका कारण पनि कोरोना फैलिएको बताइएको छ।
  • कोभिड-१९ महामारीको घरेलु मामिला घटे पनि बाहिरी मुलुकबाट भित्रिनेको संख्या यथावत् रहेपछि चीनको नागरिक उड्डयन ब्युरोले अन्तर्राष्ट्रिय हवाई उडानमा अझै कडाइ गर्न थालेको छ। ब्युरोले अन्तर्राष्ट्रिय हवाई उड्डयनका प्रतिउडानमा यात्रुको संख्या ७५ प्रतिशतभन्दा कम हुनुपर्ने नियम जारी गरेको हो। साथै हरेक एअरलाइन्स कम्पनीले सबै यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्नुपर्ने आदेश पनि ब्युरोले दोहोर्‍याएर दिएको छ।
  • कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अतिगरिबीतर्फ धकेलिने अनुमान गरिएको छ।संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको जनाइएको छ। 
  • अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्वास्थय अधिकारीहरुलाई ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्न आग्रह गरेको छ। २७ अगस्तमा पठाइएका तीनवटा डकुमेन्टले दुईवटा खोप वितरणको विस्तृत विवरण सेट गरेको न्युयोर्क टाइम्सले जनाएको छ।
  • हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि आफू र परिवारका सदस्यहरू काेराेना संक्रमित भएकाे र अहिले सबैजना निकाे भएकाे बताएका छन्। इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।
  • कोरोना भाइरसको संक्रमणको प्रभावकारी नियन्त्रण भएको भनिएको न्यजिल्यान्डमा मेको अन्तिमपछि पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार अकल्यान्ड अस्पतालमा मृत्यु भएको छ । उनको केही दिनदेखि सघन उपचार कक्षमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
  • विश्‍वकै सम्पन्‍न राष्ट्रहरुमध्येको एक साउदी अरेबियाले हजारौं अफ्रिकी आप्रवासीहरुलाई कोभिड-१९ नियन्त्रणको प्रयास भन्दै जघन्य अवस्थामा थुनिएका छन्। अनुसन्धानका क्रममा उक्त हिरासतमा रहेका आप्रवासीले मोबाइलबाट पठाएका तस्बिरहरुमा दर्जनौं पुरुषहरुलाई दयनीय अवस्थामा एउटा सानो बन्द कोठामा राखिएको देखिन्छ। अरबको गर्मीमा कमिजविहीन देखिएका ती पुरुषहरुलाई खाँदेर लाइनबद्ध राखेको देखिन्छ। 
  • हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण देखिएपछि 'ब्याटम्यान' सुटिङ रोकिएको छ। फिल्म निर्माण कम्पनी वार्नर ब्रदरले प्रोडक्सन टिमकै एकजना आइसोलेसनमा बस्न गएको बताएका छन्।
  • आवश्यक सावधानी नअपनाए जनवरी १ सम्ममा अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दुई गुणाले बढेर ४ लाख पार गर्ने शुक्रबार वरिष्ठ स्वास्थ्य विद्हरुले बताएका छन्। कोभिड–१९ सम्बन्धी तयार पारिएको नयाँ मोडलका अनुसार अबको चार महिनामा अमेरिकामा थप २ लाख २४ हजार मानिसले ज्यान गुमाउन सक्छन् । 
  • अष्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको कडा लकडाउन दुई हप्ताका लागि थप गरिएको छ । कोभिड-१९ को नयाँ केसहरु पर्याप्त मात्रामा कम नभएकाले लकडाउन दुई हप्ता थप गरिएको मेलबर्नका अधिकारीले बताएको बीबीसीले जनाएको छ। 
  • विश्व स्वास्थ्य संगठनले कोभिड– १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्ने बताएका हुन्। 


अमेरिकाको पोर्टल्यांड झडप एवं चुनावी माहोल :

  • अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप-प्रत्यारोपमा उत्रिएका छन्। ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरलाई 'सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको' आरोप लगाएका छन्। बाइडनले भने राष्ट्रपति ट्रम्पले 'गैरजिम्मेवार तरिकाले हिंसा उकासेको' र अमेरिकामा 'घृणा र विभाजनको आगो फुकेको' आरोप लगाएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंसक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका थिए। उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका हुन्।
  • आउँदो अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा गलत हो भन्न चुनौती दिएका छन्। बाइडनले ट्रम्पलाई 'देशमा हिंसा भड्काउने कमजोर र विशाक्त नेता' भनेका थिए।
  • संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केनोशा पुगेसँगै प्रहरीको गोली लागेर घाइते भएका अश्वेत ज्याकोब ब्लेकका बाबुले छोराको जीवनमाथि राजनीति नगर्न आग्रह गरेका थिए। ब्लेकलाई प्रहरीले गोली हानी घाइते बनाएपछि पछिल्ला साताहरुमा अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन थप चर्किएको हो। राष्ट्रपति ट्रम्पले केनोशा भ्रमणका क्रममा प्रहरी अधिकारीहरुसँग भेट गर्नेछन्। तर, ब्लेकको परिवारलाई भने उनले नभेट्‌ने जनाइएको थियो। 
  • संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नर्थ क्यारोलिना राज्यका मतदाताहरुलाई नोभेम्बर निर्वाचनमा दुई पटक मतदान गर्न आग्रह गरेका छन्। उनीले मतदाताहरुलाई एकपटक प्रत्यक्ष र अर्कोपटक हुलाकमार्फत मतदान गर्न आग्रह गरेका हुन्। 
  • संयुक्त राज्य अमेरिकाको प्रहरीले पोर्टल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा चलाइएको गोली व्यक्ति पक्राउ गर्ने क्रममा दाबी गरेको छ। यसअघि पोर्टल्यान्डमा 'ब्ल्याक लाइफ म्याटर्स' का प्रदर्शनकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबीच भएको झडपमा गोली चलाउने ४० वर्षीय माइक रेनोहीमाथि अनुसन्धान भइरहेको थियो। 



यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • भारतको सर्वोच्च अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ। सोमबार सर्वोच्च अदालतले फैसला सुनाउँलै भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो। भारतीय सर्वोच्च अदालतले अधिवक्ता भूषणका दुई वटा ट्वीटले मानहानी भएको फैसला गरेको हो।
  • नवौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चअन्तर्गत साहित्यिक गतिविधि सुरू गरिएको छ। विविध सौन्दर्य विषयक चिनियाँ र दक्षिण एसियाली युवाहरूको साहित्यिक वाचनको पहिलो श्रृंखला सोमबारदेखि शुरू भएको हो।कोभिड-१९ का कारण अनलाइनबाट गरिएको यस गतिविधिको पहिलो चरणमा चीन, भारत र बंगलादेशका युवाहरूले भाग लिएका छन् भने क्रमशः नेपाल, श्रीलंका, पाकिस्तान लगायत दक्षिण एसियाली युवाहरूले यो गतिविधिमा भाग लिने कार्यक्रम छ।
  • भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ। चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ।
  • आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ। आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहड्तालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो। भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।
  • भारतसँग सीमा क्षेत्रमा जारी तनावका बीच चीनका राष्ट्रपति सि जिनपिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणको प्रयास गर्न आह्‍वान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षसमेत रहेका जिनपिङले बेइजिङमा तिब्बतका विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो आह्वान गरेका हुन्।
  • इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको पहिलो व्यापारिक उडान दुबई उत्रिएको छ। बेन गुरिओन विमानस्थलबाट इजरायल तथा अमेरिकाका उच्च अधिकारीहरुसहित उडेको इजरायली ध्वजाबाहक अल–एल विमान यूएईको अबुधाबीमा अवतरण गरेको हो।
  • गत मे ६ देखि बेपत्ता नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले एलिस होल्ट जंगलमा एउटा शव फेला पारेको बताइएको छ। प्रहरीले मोरिसको निधनलाई शंकास्पद नमानेको पनि बेलायती सञ्‍चारमाध्यमले उल्लेख गरेका छन्।
  • कम्बोडियाको भूतपूर्व खमेर रुज शासकनकालमा कमान्डर रहेका ‘कामरेड डच’ को बुधबार मृत्यु भएको छ। कम्बोडियामा खमेर रुज समूहले सत्ता चलाएका बेला ‘कामरेड डच’ कुख्यात ‘तुओल स्लेङ’ जेलका जेलर रहेका थिए। जहाँ कम्तीमा १४ हजार कम्बोडियाली नागरिकको नरसंहार भएको थियो।
  • भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन एक केन्द्रीय मन्त्रीले सुझाब दिएका छन्। कंग्रेस पार्टीमा उनीहरूको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाब दिएका हुन्। कंग्रेसका वरिष्ठ नेताहरू गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ। 
  • अष्ट्रेलिया सरकारले अन्य देशसँग गरिने विकास तथा रणनीतिक परियोजनासम्बन्धी सम्झौता गर्न राज्य सरकारलाई दिइएको अधिकार खारेज गर्न नयाँ विधेयक ल्याउने भएको छ। यस घोषणा गरेको नयाँ विधेयकअनुसार विदेशमन्त्रीले राज्य सरकार, स्थानीय सरकार र विश्वविद्यालयद्वारा गरिएका सहमति तथा सम्झौताहरू राष्ट्रिय हितविपरीत देखिए खारेज गर्न सक्नेछन्। 
  • श्रीलंकाले सन् २०२१ मा बिमस्टेकको पाँचौं शिखर सम्मेलन गर्ने तयारी गरेको छ। सोहि तयारी अनुसार अर्को वर्षको सुरुआतमा बिमस्टेक मुलुकका परराष्ट्र मन्त्री स्तरीय बैठक हुने भएको छ। नेपालले सन् २०१८ मा काठमाडौंमा विमस्टेकको चौथो शिखर सम्मेलन गरेको थियो।
  • पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि समय मागेका छन्। ‘द इन्डियन एक्सप्रेस’ अखबारमा प्रकाशित समाचारअनुसार दुवै नेताहरु अहिले सांघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि रुसको मस्कोमा छन्। अखबारले चिनियाँ रक्षामन्त्रीले शुक्रबारका लागि छलफल गर्ने पहल गरेको उल्लेख छ।
  • बेइरुतमा रहेका खोजकर्ताहरूले एक महिनाअघि त्यहाँ भएको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने सङ्केत पाएको बताएका छन्।बुधवारदेखि लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए।


विविध :

  • जापानमा हेसेन टाइफून आउनसक्ने भन्दै दुई लाखभन्दा बढी मानिसहरुलाई ठाउँ खाली गर्न आदेश दिइएको छ। आइतबार १६० किलोमिटर प्रतिघण्टाको गतिमा आउने उक्त आँधीसँग भारी वर्षा हुनसक्ने बीबीसीले जनाएको छ। यो आँधी आइतबार जापानको क्युशुमामा आइपुग्‍ने र सोमबार दक्षिण कोरिया पुग्‍न जनाइएको छ। 
  • उत्तर भारतस्थित तीर्थस्थल हृषीकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन्। ती महिलाले 'लक्ष्मण झुला' भनिने उक्त पुलमा खिचेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको थियो।ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो।
  • नवौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चअन्तर्गत साहित्यिक गतिविधि सुरू गरिएको छ। विविध सौन्दर्य विषयक चिनियाँ र दक्षिण एसियाली युवाहरूको साहित्यिक वाचनको पहिलो श्रृंखला सोमबारदेखि शुरू भएको हो। कोभिड-१९ का कारण अनलाइनबाट गरिएको यस गतिविधिको पहिलो चरणमा चीन, भारत र बंगलादेशका युवाहरूले भाग लिएका छन् भने क्रमशः नेपाल, श्रीलंका, पाकिस्तान लगायत दक्षिण एसियाली युवाहरूले यो गतिविधिमा भाग लिने कार्यक्रम छ।
  • स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ। सोमबार सार्वजनिक २०२०-२१ खेल तालिकाअनुसार नयाँ सिजन पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ। तालिका अनुसार बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ। यस्तै दोस्रो एल क्लासिको सान्टियागो बर्नाबेउमा भिडन्त अप्रिल ११ हुनेछ।
  • बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजका निम्ति यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ। गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो। 
  • भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ। लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव शुरु भएपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो।
  • भारतको बेंगलुरुमा सेप्‍टेम्बर ७ देखि मेट्रो रेल सञ्चालनको तयारी थालिएको छ । तर, रेल सञ्‍चालनसँगै केही प्रावधानहरु पनि तोकिएका छन्। बेंगलुरु मेट्रो रेल कर्पोरेसनले बेंगलुरु सहरको नम्मा मेट्रो रेल सेवा ७ सेप्टेम्बरबाट पुन: नियमिह हुन थालेको जनाएको छ। तत्कालका लागि मेट्रो सेवा बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछ।
  • अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६,००० अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ। फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन्। गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक