भारतमा कोरोना सङ्क्रमितको संख्या ४० लाख नाघ्यो

काठमाण्डाै – भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।

एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा दुई लाख ८८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीकाे ज्यान गैसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् ।

विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिए

काठमाण्डाै - भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन् । एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ । यस्तै एकैदिन १ हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० हजार ६ सय नाघेको छ । भारतमा अहिल...

उज्यालो अनलाइन

भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि, ९४२ जनाको ज्यान गयो

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमित र ज्यान जानेको संख्या दैनिक रेकर्ड बन्न थालेको छ ।  भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि भएको छ । ९ सय ४२ जनाको ज्यान गएको छ ।  गएको २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए...

भारतमा एकैदिन ५० हजारमा काेराेना सङ्क्रमण, ७ सय ८ जनाको ज्यान गयाे

काठमाण्डौ - भारतमा एकैदिन झण्डै ५०  हजार जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९  हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेकाे छ । यस्तै भारतमा काेराेनाका कार...

भारतमा कोरोनबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो

काठमाण्डाै - छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको संख्या चार लाख ४० हजार नाघेको छ । १४ हजार १५ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । वल्र्डओमिटरका अनुसार विश्वमा ९१ लाख ९२ हजार ७ सय भन्दा धेरै सङ्क्रमित भएका छन् । अहिलेसम्म कोरोना महामारीका कारण चार लाख...

उज्यालो अनलाइन

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख नाघ्यो

२४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गोरखापत्र

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघ्यो

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघेको छ ।  अहिलेसम्म १८ हजार ६ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा कोरोना सङ्क्रमणबाट सबभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो जहाँ अहिलेसम्म ४ हजार ६ सय ६६ जना सङ्क्रमित भएका छन् भने २ स...

उज्यालो अनलाइन

भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक

काठमाण्डौ - भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ ।  यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ...

उज्यालो अनलाइन