सुदूरपश्चिममा भूकम्पकाे धक्का महशुस

२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।