आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, काठमाडौंसहित ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा, ढोरपाटन बाढीपहिरो : ११ को शव भेटियो, २५ जना सम्पर्कविहीन, अमेरिकाले भन्यो- नोभेम्बर १ देखि खोप वितरणको तयारी गर्नू, चीनसँग तनाव बढेपछि सेनालाई भारतको निर्देशन- लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्नू लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बिहीबार १,२२८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२,८७७ पुगेको छ भने मृत्यु हुनेको संख्या २५७ पुगेको छ।
हालसम्म नेपालमा २४,२०७ जना कोरोना संक्रमित निको भएका छन्।
=> New PCR Test : १३,४१३ => New Recovered : ९१७
सम्बन्धित :
पुल्चोक घटना :
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न तयार भएका छन्। ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेको भए पनि गौतम आफैँले राष्ट्रियसभामा जाने चाहना व्यक्त गरेपछि ओली दबाबमा परेका बताइएको छ।
सम्बन्धित :
कोरोना नियन्त्रण सम्बन्धी निर्णयहरू :
बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए।
सम्बन्धित :
पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा वैकल्पिक विधि प्रयोग गरी घरबाटै (टाइम–बाउन्ड होम एक्ज्याम) लिने भएको छ। विश्वविद्यालयले कोभिड– १९ का कारण असहज परिस्थिति उत्पन्न भएपछि आगामी असोजमा घरबाटै परीक्षा लिने भएको हो।
चितवनमा युरिया मलको हाहाकार भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको छ। जिल्ला मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति चितवनको बुधबार बसेको बैठकले जिल्लामा थप मल आपूर्तिको लागि सरकारसँग पाँचसय मेट्रिक टन मलको माग गरेको हो।
सम्बन्धित :
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६८-६९ को बजेटमा नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको एक दशक बितिसक्दासमेत कारखाना स्थापनाको प्रक्रिया नै अघि बढेको छैन। तर, यही १० वर्षमा नेपालमा एक खर्ब २८ अर्ब रुपैयाँबराबरको रासायनिक मल आयात भइसकेको छ।
कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ।
भिजिट भिसा कति समयसम्मका लागि नवीकरण हुन्छ भनेर मिति भने खुलाइएको छैन।
काठमाडौंस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा बिहीबार एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ। पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘शुभेच्छुक संस्था समन्वय’ विभाग विस्तार गरेका छन् उनले बिहीबार बेलुकी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको विभाग विस्तार गरेका हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अतिगरिबीतर्फ धकेलिने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको जनाइएको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्वास्थय अधिकारीहरुलाई ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्न आग्रह गरेको छ। २७ अगस्तमा पठाइएका तीनवटा डकुमेन्टले दुईवटा खोप वितरणको विस्तृत विवरण सेट गरेको न्युयोर्क टाइम्सले जनाएको छ।
भारतको बेंगलुरुमा सेप्टेम्बर ७ देखि मेट्रो रेल सञ्चालनको तयारी थालिएको छ । तर, रेल सञ्चालनसँगै केही प्रावधानहरु पनि तोकिएका छन्।
बेंगलुरु मेट्रो रेल कर्पोरेसनले बेंगलुरु सहरको नम्मा मेट्रो रेल सेवा ७ सेप्टेम्बरबाट पुन: नियमिह हुन थालेको जनाएको छ। तत्कालका लागि मेट्रो सेवा बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म सञ्चालन हुनेछ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नर्थ क्यारोलिना राज्यका मतदाताहरुलाई नोभेम्बर निर्वाचनमा दुई पटक मतदान गर्न आग्रह गरेका छन्।
उनीले मतदाताहरुलाई एकपटक प्रत्यक्ष र अर्कोपटक हुलाकमार्फत मतदान गर्न आग्रह गरेका हुन्।
हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि आफू र परिवारका सदस्यहरू काेराेना संक्रमित भएकाे र अहिले सबैजना निकाे भएकाे बताएका छन्। इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।
अस्ट्रेलिया सरकारले अन्य देशसँग गरिने विकास तथा रणनीतिक परियोजनासम्बन्धी सम्झौता गर्न राज्य सरकारलाई दिइएको अधिकार खारेज गर्न नयाँ विधेयक ल्याउने भएको छ। यस घोषणा गरेको नयाँ विधेयकअनुसार विदेशमन्त्रीले राज्य सरकार, स्थानीय सरकार र विश्वविद्यालयद्वारा गरिएका सहमति तथा सम्झौताहरू राष्ट्रिय हितविपरीत देखिए खारेज गर्न सक्नेछन्।