आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, नेपालमा कोरोना भाइरसको खोपको तत्काल परीक्षण नहुने, पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान, नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो, ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक,यूएई पुग्यो इजरायलको पहिलो व्यापारिक उडान लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
मंगलबार १,०६९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४०,५२९ पुगेको छ भने मृत्यु हुनेको संख्या २३९ पुगेको छ।
हालसम्म नेपालमा २२,१७८ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ७,०५,५६० => क्वारेन्टाइनमा : ७,३९०
सम्बन्धित :
कोरोना नियन्त्रण सम्बन्धी निर्णयहरू :
भदौ १४ गते बसेको मन्त्रिपरिषद्ले चैत १६ गते अगाडि सिपिङ भइसकेको मरिच र केराउ आयात गर्न स्वीकृति दिए पनि निकै ढिलो भएको खुलेको छ। पाँच महिना बन्दरगाहमा रोकिँदा कुहिसकेको मरिच र केराउ सरकारले आयात गर्न अनुमति दिए पनि त्यस्ता सामग्री कामै नलाग्ने स्थितिमा पुगेको हो।
विदेशी मुद्रा बाहिरिन रोक्न भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्ले मरिच र केराउनसँगै मदिरा, छकडा र महंगा गाडी आयात रोकेको थियो।
सम्बन्धित :
परीक्षणकालभित्रै बिनाजानकारी स्वदेश फिर्ने श्रमिक अर्को काम गर्न तुरुन्तै कतार जान नपाइने भएको छ। परीक्षणकाल ६ महिनाको हुनेछ। कतारले भदौ १४ गते जारी गरेको रोजगारदाता परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति नचहिनेसम्बन्धी जारी गरेको नयाँ नियमले यस्तो व्यवस्था गरेको हो।
नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको 'वास्तविक उचाइ यकिन गरिसकेको' अधिकारीहरूले बताएका छन्।
तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र 'प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिने' उनीहरूको भनाइ छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड– १९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसिआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो।
निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।
नेपाल चिकित्सक संघले कोरोना संक्रमण भइ निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न आग्रह गरेको छ।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण भइ निको भएका व्यक्तिहरुले दान गरेको ‘एक पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने भएकाले निको भएका व्यक्तिहरुले प्लाज्मा दान गर्न आग्रह गरेको हो। प्लाज्मा दान गर्दा कुनै पनि शारीरिक र मानसिक असर नगर्ने बताइएको छ।
नेपाल प्रहरीले प्रदेश र स्थानीय तहबाट बजेट पाउन थालेपछि पूर्वाधार विकासमा केही सुधार गरेको छ। स्रोतसाधनको अभाव झेल्दै आएको प्रहरीले यो वर्ष ३९ वटा नयाँ भवन र ९२ वटा ब्यारेक बनाउने भएको छ।
बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजका निम्ति यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ। गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो।
कोरोना भाइरस महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ।
पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ। सोमबार सार्वजनिक २०२०-२१ खेल तालिकाअनुसार नयाँ सिजन पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ।
तालिका अनुसार बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ। यस्तै दोस्रो एल क्लासिको सान्टियागो बर्नाबेउमा भिडन्त अप्रिल ११ हुनेछ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंसक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन्।
उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन्।
सम्बन्धित :
गत मे ६ देखि बेपत्ता नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले एलिस होल्ट जंगलमा एउटा शव फेला पारेको बताइएको छ। प्रहरीले मोरिसको निधनलाई शंकास्पद नमानेको पनि बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको पहिलो व्यापारिक उडान दुबई उत्रिएको छ।
बेन गुरिओन विमानस्थलबाट इजरायल तथा अमेरिकाका उच्च अधिकारीहरुसहित उडेको इजरायली ध्वजाबाहक अल–एल विमान यूएईको अबुधाबीमा अवतरण गरेको हो।