छोटकरीमा यस हप्ता : भाद्र ०६ गतेदेखि भाद्र १३ गतेसम्म (राष्ट्रिय)

यस हप्ता (भाद्र ०६-भाद्र १३ गते) भित्र राष्ट्रियस्तरमामा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

गत शनिबारसम्म ३१,११७ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ३७,२४०

पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण १४६ जनाको मृत्यु भएकोमा यस शनिबार २०७

पुगेको छ।

गत शनिबार सम्म १८,३५० जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज २०,५५५ पुगेको छ।

यस्तै, हालसम्म ६,६९,६२६ जनाको पिसीआर टेस्ट भएको छ भने ८,०३५

जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै दोस्रोपटक निषेधाज्ञाको म्याद थपिएको थियो। जिल्ला सुरक्षा समितिको बैठकले १५ भदौसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो। 
  • प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने घटनाप्रति दुःख व्यक्त गरेको थियो। प्रतिकूल वातावरण र सामग्री अभावबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्टलाइन’मा रहेर उच्चमनोबलले कार्य गरिरहेको भन्दै देउवाले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण बनाइदिन पनि सरकारको ध्यानाकर्षण गराएका थिए। 
  • सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गरेको थियो। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ।
  • घरघरबाट स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिने गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशाालाहरूलाई तत्काल सो कार्य (होम कलेक्सन) बन्द गर्न निर्देशन दिएको थियो। प्रयोगशालाले पिसिआर परीक्षण गर्न चाहने व्यक्तिलाई सरकारले तोकेको ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न अनुरोध गरेको हो।
  • विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट र रुकुम पश्चिममा निषेधाज्ञा गरिएको हो।
  • कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई "तत्काल पक्राउ गरी कारबाही गर्न" माग गरेको थियो। नेपाल प्रहरीले भने पहिले नै देशैभरिका प्रहरी कार्यालयहरूलाई त्यस्ता कार्यबारे जानकारी आए तुरुन्त कारबाही अघि बढाउन निर्देशन दिइएको जनाएको थियो।
  • बाग्लुङ नगरपालिकामा जारी निषेधाज्ञा एक साता थपिएको थियो । ३ भदौदेखि जारी निषेधाज्ञा एक साता लम्ब्याएर १५ भदौसम्म पुऱ्याइएको हो। 
  • उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएकाे थियो। 
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका थिए। विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।
  • उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको थियो। मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन्।
  • सरकारले प्रत्येक प्रदेशमा २-२ जिल्ला छनोट गरेर ४-४ वटा भेन्टिलेटर र १०-१० वटा आइसीयू बेड निर्माण गर्नका लागि २-२ करोड बजेट निकासा गरेको छ। ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी सरकारको रहेको छ। साथै आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको बताइएको छ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोभिड– १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका थिए। रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समूहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको हो
  • निषेधाज्ञाको अवस्थामा सर्वधारण जनतालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न टोल–टोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको थियो। शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको भर्चुअल बैठकले साना पसलहरु खोल्ने व्यवस्था गरि एकै पल्ट भिड हुने स्थितिलाई अन्त्य गर्न निर्देशन दिएको हो।
  • पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका मंगलबार स्वीकृत गरेको थियो। मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो। मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो।
  • लकडाउनका ११७ दिन (चैत ११ गतेबाट साउन ४ गतेसम्म) मा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ। यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ। प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन्। सरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको हो।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर चार हजार तीन सय २२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये एक हजार चार बालिका र तीन हजार तीन सय १५ बालक रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। 
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता अर्थात् १७ भदौसम्म लम्बिएको छ। निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गरेकाले दुई सातापछि यसको प्रभाव देखिने सरकारको तर्क छ।
  • बुधबार स्वास्थ्य तथा नसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप ४ दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो। अस्पतालमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा सरकारले शोधभर्ना नगर्ने बताइएको छ। 
  • मुलुकभरका कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको थियो। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा समेत कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
  • धरान उपमहानगरपालिकामा थप एक सातालाई लकडाउन थपिएको छ। कोरोना संक्रमण बढ्ने खतरा अझै रहेकाले भदौ १७ गते मध्यरातिसम्म लकडाउन गर्ने निर्णय भएको उपमहानगर प्रमुख तिलक राईले बताए। समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि उपमहानगरले साउन २२ गतेदेखि किस्ताबन्दी रुपमा लकडाउन गर्दै आएको छ।
  • बुधबार कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न भोजपुर जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि सिल गरिएको स्थानीय प्रशासनले जनाएको थियो। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भोजपुर नगरपालिका ६ देउरालीमा रहेको क्वारेन्टाइन स्थलमा २० बेड, पर्यटन सूचना केन्द्र टक्सारमा १६ बेड, जिल्ला अस्पतालमा १० बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो। 
  • बुधबार नेपाली कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको थियो। समितिले बुधबार प्रेस नोट मार्फत सरकारलाई कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे सुझाव दिएको हो। 
  • सरकारका अनुसार भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने छ। तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि सुरक्षाका सावधानी अपनाउनु पर्नेछ भने नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गर्नुपर्नेछ।
  • कोरोना भाइरस संक्रमणको अवस्था तत्काललाई स्थिर देखिएपछि जिल्लाका वेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा १५ दिनयता जारी निषेधाज्ञा हटाइएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बिहीबारको संयुक्त बैठकले सीमामा कडाई गर्दै शनिबार (भदौ १३) देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो। 
  • सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ। कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी दिन रोकेको थियो।
  • बिहीबार संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको थियो। विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए) का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो।
  • गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको थियो। बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन्।
  • सरकारले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको तथा हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाएको छ।
  • उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।
  • राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ। बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो। खाना डेलिभरीमा खटिएकाले डेलिभरीको काम रोकिए दैनिकी चलाउनै अप्ठ्यारो हुने बताइरहेका छन्।
  • कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ। नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन्।
  • सरकारले शुक्रबार नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको तथा हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाएको थियो।
  • उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
  • राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ। बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो। खाना डेलिभरीमा खटिएकाले डेलिभरीको काम रोकिए दैनिकी चलाउनै अप्ठ्यारो हुने बताइरहेका छन्।
  • कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ। नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन्।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ। काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो।
  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको छ। जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो।
  • वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ। भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड-१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो।
  • चितवनमा फेरि थप ७ दिनका लागि निषेधाज्ञा लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको आदेश बिहीबार राति सकिने भएपछि पुनः ७ दिनका लागि थप गरिएको हो। निषेधाज्ञाको समयमा विहान ५ देखि ८ बजे र बेलुका ६ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य सामग्री किन्न नजिकको पसलमा पैदल हिँडेर जान मात्र पाइनेछ।
  • कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
  • संखुवासभा जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक साताको लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि आगामी १८ भदौकाे राति १२ बजेसम्मका लागि संखुवासभा जिल्लामा निषेधाज्ञा जारी गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए। 
  • सरकारले कोरोना रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करिब ६,२०२ शय्या थप गरेको छ। यस्तै सरकारले वीरगन्जको नेसनल मेडिकल कलेज, काठमाडौंका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड– १९ अस्पतालमा परिणत गरिएको बताएको छ
  • कास्कीमा शनिबारदेखि यातायातमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार राति १२ बजेदेखि भदौ २० गते राति १२ बजेसम्म निजी सवारी साधन तथा टयाक्सी चलाउन दिने निर्णय गरेको हो। बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म जोर–बिजोर प्रणालीमा निजी सवारी साधन र टयाक्सी सञ्चालन हुनेछन्।
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताएका छन्। उनले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।


यस हप्ताका राजनीतिक गतिविधिहरू :

नेकपा विवाद :

  • ठूलै आन्तरिक सङ्घर्षमा फसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यदलले 'सहमतिको प्रतिवेदन' सर्वसम्मत रूपमा तयार पारेपछि त्यहाँभित्रको विवाद अहिलेलाई अन्त्य हुने ठानिएको छ। महासचिव विष्णु पौडेलको नेतृत्वमा दुवै अध्यक्ष र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू रहेको कार्यदलले तयार गरेको प्रतिवेदन सोमबार दुवै अध्यक्षले बुझेका थिए।
  • नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अधिकार बाँडफाँडलाई लिएर भएको संघर्ष टुंग्याउन पार्टी महासचिवको नेतृत्वमा गठित कार्यदलले चारबुँदे प्रस्ताव अगाडि सारेको छ। ‘कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्ने’ शीर्षकमा कार्यदलको प्रतिवेदनमा पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्न सुझाव छ। 
  • मंगलबार पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको थियो। कति संख्यामा र कुन मापदण्डका आधारमा मन्त्री हेरफेर गर्ने भन्ने कार्यदल प्रतिवेदनमा यकिन किटान नभए पनि कार्यदल प्रतिवेदनअनुसार विवाद टुंगिएलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तयार भएका हुन्।
  • विवाद समाधान गर्न गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमाथि छलफल गर्न नेकपाले भदौ १३ गते सचिवालय बैठक बोलाएको थियो। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो। 

अन्य खबरहरू :

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन्। उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए। 
  • पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा डा. उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरिएको छ। मंगलबार बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी कोइरालालाई सदस्यमा नियुक्त गरिएको हो। कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन्।
  • राजनीतिक सहयात्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछीको ‘विशिष्ठ परिस्थिति’ मा २०७६ साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न पुगेका योगेशकुमार भट्टराईले आफ्नो एक वर्षे कार्यकालमा कोभिड १९ का कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। उड्डयन, पर्यटन र संस्कृति हेर्ने मन्त्रालयको एक आर्थिक वर्षमा भए/गरेका गतिविघि समेटेर तयार पारिएको ‘वार्षिक प्रगति पुस्तिका’ सार्वजनिक गर्दै मंगलबार पर्यटन मन्त्री भट्टराईले भर्खरै सकिएको आर्थिक वर्ष ०७६/७७ मा प्राप्त २१ अर्ब रुपैयाँ बजेटको झन्डै ५९ प्रतिशत मात्रै खर्च गरेर चित्त बुझाउनु परेको बताए।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका थिए। मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा रुस सरकारले लगानीसहित सहकार्य गर्नेबारे छलफल भएको थियो । 
  • उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका थिए। उनले आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका हुन्। \
  • विवेकशील नेपाली दलले राष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीको चयन प्रत्यक्ष निर्वाचित प्रणालीबाट हुनुपर्ने एजेन्डाका साथ अघि बढ्ने जनाएको छ। दलले गतिशील लोकतान्त्रिक बहुलवादलाई दलको दर्शन मान्ने जनाएको छ । त्यसैगरी सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, दिगो आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्याय गरी चारखम्बे सिद्धान्तलाई आधार बनाएर अघि बढ्ने विवेकशीलले जनाएको छ।
  • प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले विभिन्न देशबाट उद्धार गरिएका श्रमिकको सामाजिक पुनर्स्थापनामा समस्या आउन नदिने गरी व्यवस्थापन गर्न–गराउन, उद्धार गरिएका महिला गर्भवती भएको देखिएकाले उनीहरूको मर्यादित र सुरक्षित व्यवस्थापन गर्न शीघ्र कार्यविधि बनाई कार्यसम्पादन गर्न–गराउन ध्यानाकर्षण गराएको थियो। समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो। 
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका थिए।
  • नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले मुख खोलेको थियो। बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताएका हुन्। 
  • हाल जुम्लामा रहेका चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन्। गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।



यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले मात्र कमी आएको छ । सोमबार नेपाल राष्ट्र बैंकले आफूले गरेको अनुमान तथा विश्व बैंकले गरको प्रक्षेपणलाई चुनौती दिने तथ्य सार्वजनिक गरेको हो।
  • नागरिक उड्डयन मन्त्रालय र संसदीय समितिले आर्थिक र प्राविधिक रूपमा अनुपयुक्त भनेको काभे्रको नागीडाँडामा १७ अर्ब लागतमा विमानस्थल बनाउने तयारी थालिएको छ। काभ्रेमा १ हजार मिटर रनवे भएको सानो आन्तरिक विमानस्थल बनाउन जापानी सहयोग नियोग (जाइका)सँग अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा बढी १७ अर्ब रुपैयाँ ऋण लिने तयारी शुरु गरिएको हो।
  • रौतहटस्थित हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको हो। 
  • सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदाले यस्तो प्रावधान समेटेको हो।


यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएसँगै उक्त कदमको विद्यार्थीद्वारा विरोध भएको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन्। चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो। 
  • डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ।१३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ। कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ।
  • चलचित्र बिकास बोर्डले विद्यालय र माध्यमिकस्तरमा फिल्मसम्बन्धी पढाइ संचालन गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रसँग छलफल अगाडि बढाएको छ। र, यसमा केन्द्र सकारात्मक देखिएको पनि बोर्डले दावी गरेको हो।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ। कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।


विविध :

  • आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको छ। मेचीनगर–१३ चारआलीका पूर्व सेना दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन्।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो। कालीमाटीलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
  • कास्कीको हेम्जा केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको थियो। हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
  • डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ।

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक