बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन् : ट्रम्प

१२ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी उम्मेदवार जो बाइडनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरे उनले अमेरिकाको सपना चकनाचुर पार्ने बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनको प्रचारमा रहेका ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनमा बोल्दै विपक्षीले जित हात पारे हिंस्रक अराजकता बढ्ने बताएका हुन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको मिति आउन अब ६८ दिन बाँकी छ । यस्तोमा अहिले बाइडन ट्रम्पभन्दा केही अगाडि रहेको मत सर्वेक्षणले देखाएको छ । बिहीबार रिपब्लिकनको सम्मेलनमा बोल्दै ट्रम्पले अबको चार वर्ष आफूलाई नै राष्ट्रपतिको रुपमा निरन्तरता दिन आग्रह गरे ।

उनले आगामी दिनमा अमेरिकी अर्थतन्त्रलाई तहसनहस पारेको कोरोना भाइरसको महामारी र अफ्रिकी अमेरिकी नागरिक मारिएपछि सुरु भएको अशान्तिलाई शान्त पार्ने वाचा गरे ।

ट्रम्पले आगामी निर्वाचनले अमेरिकको सपना बचाउने वा नबचाउने निर्क्योल गर्ने बताएका छन् ।

स्रोत : बीबीसी

सम्बन्धित सामग्री

ट्रम्पले हार स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडन

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनको नतिजा स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । डेलावेयरमा बोल्दै बाइडनले ट्रम्पले सहकार्य नगरेको अवस्थामा …

अनलाइनखबर

ट्रम्पले पहिलोपटक ट्वीटर सन्देशमा 'बाइडनले जितेको' लेखे - BBC News नेपाली

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले हार स्वीकार नगर्दा ज्यानुअरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ।

बीबीसी नेपाली

ट्रम्पले हार स्वीकार नगर्नु ‘लज्जास्पद’ : बाइडन

२६ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले गत साता भएको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार स्वीकार नगर्नु ‘लज्जास्पद’ भएको बताएका छन् । यद्यपि राष्ट्रपतिमा निर्वाचित भएसँगै बाइडनले …

अनलाइनखबर

अमेरिकामा निर्वाचन नतिजाबारे ट्रम्पको पार्टीभित्रै मतभेद

२४ कात्तिक, काठमाडौं । अमेरिाकामा राष्ट्रपति निर्वाचनको नतिजना आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीभित्रै मतभेद सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले डेमोक्रेटिक पार्टीका जो बाइडनले निर्वाचनमा जित हासिल गरेको भन्दै उनलाई बधाई …

अनलाइनखबर

जो बाइडनले जिते अमेरिकी राष्ट्रपतिको चुनाव

२२ कात्तिक, काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा …

अनलाइनखबर

कोरोना महामारीसँग लड्ने ट्रम्पको तरिका ‘घृणित’

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग लड्ने तरिका घृणित र 'लगभग आपराधिक' रहेको बताएका छन् । ट्रम्पले कोरोना भाइरसको महामारीलाई कमजोर …

अनलाइनखबर

ट्रम्प हिंसा भड्काउने विषालु नेता : बाइडन

१६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हिंसा भड्काउने विषालु नेता भएको आरोप लगाएका छन् । बाइडनले ट्रम्प कमजोर तथा विषालु हुनुका साथै उनले मुलुकमा हिंसा भड्काएको आरोप लगाएका …

अनलाइनखबर

ट्रम्पले 'अमेरिकालाई लामाे समयसम्म अन्धकारमा राखे' : जाे बाइडन

काठमाण्डौ – डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले 'देशलाई निकै लामो समयसम्म अन्धकारमा राखेको' बाइडनले बताउनुभएको छ ।   अमेरिकाका उपराष्ट्रपति भइसक्नु भएका बाइडनले आफ्नो प्रतिद्वन्द...

उज्यालो अनलाइन

अमेरिकाको निर्वाचन प्रकाश र अन्धकारको युद्ध : बाइडन

५ भदौ, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनको लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म अमेरिकालाई अन्धकारमा राखेको आरोप लगाएका छन् । बाइडनले आगामी निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वीसमेत रहेका ट्रम्पले 'धेरै क्रोध, …

अनलाइनखबर