आज कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति, भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडानबाट विदेश जान पाइने, विदेश पढ्न जान चाहने विद्यार्थीलाई एनओसी दिइने, सार्क मन्त्री स्तरीय अनौपचारिक बैठक हुने, टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा, अफगानिस्तानमा बाढीले ७० को मृत्यु लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बिहीबार १,१११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५,५२९ पुगेको छ भने मृत्यु हुनेको संख्या १८३ पुगेको छ।
हालसम्म नेपालमा २०,०७३ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ६,४७,८८१ => क्वारेन्टाइनमा : ९,४८८
सम्बन्धित :
कोरोना नियन्त्रण सम्बन्धित गतिविधिहरू :
सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) बाट करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ।
भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले इफाडबाट लिने ऋणका लागि अर्थ मन्त्रालयलाई आवश्यक वार्ता टोली गठन गरेर सम्झौता अगाडि बढाउन स्वीकृति दिने निर्णय गरिएको हो।
सम्बन्धित :
सरकारले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्री स्तरीय अनौपचारिक बैठक आयोजना गर्ने भएको छ। भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो बैठक गर्ने निर्णय लिएको हो।
झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो।
सम्बन्धित :
नागरिक उड्डयन मन्त्रालय र संसदीय समितिले आर्थिक र प्राविधिक रूपमा अनुपयुक्त भनेको काभे्रको नागीडाँडामा १७ अर्ब लागतमा विमानस्थल बनाउने तयारी थालिएको छ। काभ्रेमा १ हजार मिटर रनवे भएको सानो आन्तरिक विमानस्थल बनाउन जापानी सहयोग नियोग (जाइका)सँग अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा बढी १७ अर्ब रुपैयाँ ऋण लिने तयारी शुरु गरिएको हो।
हाल जुम्लामा रहेका चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन्। गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन्।
चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले विभिन्न देशबाट उद्धार गरिएका श्रमिकको सामाजिक पुनर्स्थापनामा समस्या आउन नदिने गरी व्यवस्थापन गर्न–गराउन, उद्धार गरिएका महिला गर्भवती भएको देखिएकाले उनीहरूको मर्यादित र सुरक्षित व्यवस्थापन गर्न शीघ्र कार्यविधि बनाई कार्यसम्पादन गर्न–गराउन ध्यानाकर्षण गराएको छ।
समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन्।
सम्बन्धित :
कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ। हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले नियुक्त भएको तीन महिनामै अर्थात् बिहीबार राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन्।
अफगानिस्तानको उत्तरी प्रान्त(पर्वान पान्तको चरिकर सहर)मा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ। बाढीको समयमा मानिस सुतिरहेका थिए भने मृत्यु हुनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु रहेको बताइएको छ।
न्युजिल्यान्डको दुई मस्जिदमा ५१ जनाको मृत्यु हुने गरी आक्रमण गर्ने व्यक्तिलाई 'पेरोल' बिना जन्मकैदको फैसला सुनाएको छ। न्यूजिल्यान्डको इतिहासमा यस्तो सजाय पाउने उनी पहिलो व्यक्ति हुन्।
सन् २०१९ मो मार्चमा श्वेतहरुको अग्राधिकारका पक्षपाति अस्ट्रेलियन ब्रेन्टोन टारन्टले क्राइस्ट चर्चका दुई मस्जिदमा आक्रमण गर्दा ५१ जना मुसलमानको मृत्य भएको थियो।
फिनल्यान्डकी प्रधानमन्त्री सना मेरिनले काम गर्ने समयलाई ८ घण्टाबाट घटाएर ६ घण्टा बनाउन प्रस्ताव गरेकी छन्। सोमबार सोसल डेमोक्रेटिक पार्टी समक्ष वाचन गर्दैगर्दा उनले उत्पादकत्व बढाइ काम गर्ने समय कटौति गर्न सकिने तर्क गरेकी हुन्। सो प्रस्ताव पारिद गराउन मेरिनले चार अन्य पार्टीबाट स्वीकृति हासिल गर्नुपर्ने हुन्छ।